संघिय नेपालको प्रथम राष्ट्रपति चयनका लागि मतदान सुरू


काठमाडौं ः नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । मंगलबार बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८७९ जना मतदाता निर्वाचनमा सहभागी हुँदै छन्। राष्ट्रियसभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राई तथा प्रदेशतर्फका सांसद दीपक मनांगे गरी चार जना मतदाता सूचीमा नभएका र रेशम चौधरी मतदानमा सहभागी हुन नपाउने भएकाले कुल ८८४ जना मतदातामध्ये ८७९ जना मात्रै सहभागी हुन लागेका हुन्। राष्ट्रपतिका लागि एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट लक्ष्मी राई प्रतिस्पर्धामा छन्।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ। ८८० जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ। राष्ट्रपतिमा बहुमतसहित निर्वा्चित हुन २६ हजार २ सय १२ मतभार आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया