चर्चाको चुलीमा ‘मझेरीबाट हेर्दा कर्णाली’


मंगलबार, १६ माघ २०७४

कर्णाली पोष्ट दैनिक
जुम्ला ः आर्थिक, सामाजिक एवं विकासका दृष्टिले पछि परेको कर्णाली अञ्चललाई समेटेर तयार पारिएको ‘मझेरीबाट हेर्दा कर्णाली’ नामक कृति सार्वजनिक भएसँगै चचर्चामा आएको छ ।

सो कृति लेखक खडानन्द चौलागाईंले कर्णाली क्षेत्रका विविध पक्ष खोज गरी पुस्तक तयार पार्नुभएको हो । उक्त कृति यहि माघ ११ गते बिहीबार राजधानिमा आयोजित पुस्तक लोकार्पण समारोहमा बिमोचन भएको छ । निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान र जुम्लेली समाजले आयोजना गरेको पुस्तक लोकार्पण समारोहमा संस्कृतिविद् डा जगमान गुरुङले कर्णाली नेपालको सांस्कृतिक ढुकुटीका रुपमा रहेको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले कर्णालीकै स्थायीवासीले लेखेको पुस्तकका सूचना आधिकारिक हुने विश्वास व्यक्त गर्नुभयो । प्रा डा सुरेन्द्र केसीले कर्णालीको यातायात संरचनामा वार्षिक सयौँ मानिस मर्ने गरेकोप्रति राज्य संयन्त्रको ध्यान जान नसकेको सुनाउनुभयो ।

कार्यक्रममा देउडा गायक एवं संस्कृतिविद् नन्दकृष्ण जोशी, पत्रकार प्रेम कैदीलगायतले कर्णालीको संस्कृतिका विषयमा अझै पर्याप्त चर्चा हुन नसकेको गुनासो गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया