मुगुमा एसईई परिक्षामा हजार बढी परिक्षार्थी सहभागी हुने


शुभाकर विश्वकर्मा

मुगु ः चैत ८ गते बाट शुरु हुने एसईई परिक्षामा १ हजार ४ सय २५ जना परिक्षार्थी सहभागि हुने भएका छन् । १० वटा मात्र माद्यमिक विद्यालय रहेको मुगु जिल्लामा १० वटा परिक्षा केन्द कायम गरिएको छ । जिल्लाका चार वटा स्थानिय तह मध्य मुगुम कार्मारो¨ गाउँपालिकामा बाहेक अन्य स्थानिय तहमा परिक्षा केन्द्र तोकिएको छ ।

भौगोलिक विकटता रहेको मुगुमा सुरक्षा व्यवस्था मजबुत बनाउनको लागि आवश्यकताको आधारमा १ परिक्षा केन्द्र १५ जना सम्म सुरक्षाकर्मी खटाईने भएको छ । परिक्षाको लागि प्रत्यक्ष रुपमा ४सय ३ जना जनशक्ति खटिने छन् । परिक्षा संचालनको लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको सुरक्षा तर्फ मात्र १ लाख ३२ हजार ६ सय ५० रुपैया खर्च हुने जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । जम्मा खर्च ५लाख ३ हजार २ सय ५० रहेको छ । जिल्लाका १० वटा परिक्षा केन्द्रमा १ जना मात्र महिला केन्द्राध्यक्ष रहेका छन् । यस्तै परिक्षालाई मध्यनजर गर्दै केन्द्राध्यक्षहरुलाई प्रशिक्षण गराईएको छ ।

अन्य तयारी सम्पुर्ण तयारी पुरा भएको र आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा ढुवानीको प्रक्रिया शुरु भएको निमित्त जिल्ला शिक्षा अधिकारी धन सुधन चौलागाईले बताउनु भयो ।

तपाईको प्रतिक्रिया