कर्णालीकोे समस्या सम्बोधन भएन, चैत २१ देखि सुर्खेत बाट काठमाडौं सिधा हवाइ उडान हुने


सागर परियार,

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि केन्द्रिय राजधानी काठमाडौंसँग अव सिधा हवाइ उडान हुने भएको छ । चैत्र तेस्रो साता देखि सिधा हवाई उडान गरिने हवाइ सेवाप्रदायक कम्पनीहरुले जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा बुद्ध एयर र नेपाल वायुसेवा निगमले काठमाडौं–सुर्खेत उडान गर्न सहमति जनाएका हुन् ।

२०७४ चैत्र भित्र सुर्खेतबाट काठमाडौ सिधा उडानको लागि हामीले वुद्ध एयर र नेपाल एयरलाइन संग संवाद गरिरहेका छौं’ कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।

संस्मृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश मन्त्रीहरुबीच कर्णालीको पर्यटन विकास सम्बन्धी बुधबार भएको छलफलमा निजी बायुसेवा कम्पनी बुद्ध एयर र नेपाल वायुसेवा निगमले सुर्खेत उडान सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उक्त छलफलमा बुद्ध एयर र नेपाल एरलाइन्सले चैत्र तेस्रो साताबाट उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । छलफलमा बोल्दै बुद्ध एरका निर्देशक रुपेश जोशीले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारले चैत २१ गते बाट उडान सुरु गर्ने बताए ।

कर्णाली क्षेत्रको समस्या उस्तै ः
कर्णाली प्रदेश सरकारको पहलमा काठमान्डौबाट सिधै सुर्खेतमा उडान हुने भएता पनि हवाई यात्रामा कर्णाली बासीले भोग्दै आएको सदियौ देखिको समस्या भने, उस्तै रहेको छ । तत्कालका लागि प्रदेश सरकारले सुर्खेत बाट काठमान्डौ सिधा उडान हुने कुरामा पहल गरेपनि कर्णाली का जिल्लाबाट सिधा सुर्खेत हवाई उडान हुने बारे मौन देखिन्छ ।

विशेष कामले सुर्खेत आउदा पनि बाध्यातत्मक हिसाबले नेपालगन्ज गएर सुर्खेत फर्किनु पर्ने स्थिती अहिले पनि छ । तर कहिले यो अबस्था बाट छुटकरा पाइएला भनि कर्णाली बासी छटपटाएका छन् । कणालीका जनप्रतिनिधिहरुलाई राजधानी सुर्खेतमा हुने अति आबश्यक बैठक सेमिनारमा सहभागि हुन प्रदेश नं ५ नआईन सुर्खेत जान मिल्दैन । अझै कर्णाली राजमार्गमा गाडीको यात्रा पुर्ण धरपर्दो छैन् ।

यता कर्णाली बासिन्दा भने, प्रदेश सरकारले कर्णाली बासीको पिडा लाई सम्बोधन नगरेको गुनासो गरेका छन् । सुर्खेत बाट सिधा काठमान्डौ उडान गर्नु आफ्नो सहजताका लागि गरेको आरोप पनि छ । तर ततत्काल सुर्खेतबाट कर्णालीमा हवाई उडान शुरु गर्नु पर्ने माग भने, उठिरहेको छ ।

तपाईको प्रतिक्रिया