जुम्लाकै पहिलो महिला हिंसा मुक्त बस्ती कोइरेलीगाउँ


जुम्ला ः हिमा गाउँपालिका २ कोईरेलीगाउँलाई सवै प्रकारका हिंसामुक्त बस्तीका रुपमा घोषणा गरिएको छ । गाउँपालिकाको आयोजनामा उक्त बस्तीलाई हिंसामुक्त घोषणा गरिएको हो ।
छाउपडिको अन्त्य भएको, महिला कार्यवोझ कम भएको, महिला पुरुष समान काम हुने गरेको र गाउँको समाजमा भेदभाव रहित भएको भन्दै महिला हिंसामुक्त गाउँका रुपमा घोषणा गरिएको हो ।
कोईरेली गाउँका ३५ घरधुरीमा २ सय ४४ जनसंख्या छ । सो अवसरमा स्वास्थ्य किड वाल्टिन, नङकाट, रुमाल, ड्रम लगायतको अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । जिल्लाकै समृद्ध गाउँ निर्माणका लागि पाँच बर्षे रणनीति योजना बनाएर अघि वढेको हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वताईन् । उनका अनुसार यो गाउँ पहिले देखि नै नमुनाको रुपमा अघि बढेको थियो ।
उपाध्यक्ष हिमाली रोकायाका अनुसार यो गाउँलाई हरेक हिसाबले नमुना वनाउन लागि परेको परेका छौँ, शिक्षा, स्वास्थ्य, सरसफाई, कार्यवोझ कम भएको अव्वल गाउँका रुपमा परिचय दिन थालिएको छ । गाउँमा होमस्टे बनाएर नाग्म गमगडी सडक खण्डमा हेर्न उपयुक्त बस्ती निर्माण गर्ने गाउँपालिकाको योजना तय भएको छ । गाउँपालिकाको सवैभन्दा सानो र कामका हिसावले निकै उत्कृष्ठ गाउँका रुपमा हेरिदै आएको छ ।


महिला अधिकारकर्मी लक्ष्मी कन्य बुढाले गाउँका महिला र पुरुष सवैको हेर्ने नजर अन्य गाउँको भन्दा भिन्न रहेको जोड दिईन । सोच सकारात्मक छ, केही गरौँ भन्ने भावना छ, उनले भनिन, गाउँपालिकाले समयमै हिंसामुक्त गाउँको रुपमा घोषणा गर्दा निकै न्याय भएको छ । समृद्ध गाउँ आफै बनाउन भन्ने अभियानलाई सार्थक निष्कर्षमा पुर्याउदै स्थानीय सरकारको सहयोग र साथलाई कहिल्यै नविर्षने स्थानीयले बताएका छन ।
गाउँका प्रत्येक घरमा शौचालय छन् । खानेपानीको अवस्था मजवुद रहेको छ । जुम्लामा एक नगरपालिका सहित ७ वटा स्थानीय तह भएकोमा सवै प्रकारका हिंसा मुक्त गाउँ घोषणा भएको यो पहिलो गाउँ हो ।

तपाईको प्रतिक्रिया