दुई इन्जिनियर घुससहित पक्राउ


पोखरा । जिल्ला शिक्षा कार्यालय कास्कीका दुई जना इन्जिनियर घुससहित पोखरामा पक्राउ परेका छन् । कास्कीको मादी गाउँपालिकाका नारायण आधारभुत बिद्यालय र प्रभात आधारभुत बिद्यालयको भवन निर्माणको अन्तिम बिल बनाएर भुक्तानी गर्ने बेलामा घुस मागेको उजुरीको आधारमा शिक्षा कार्यालयका इन्जिनियर छविन्द्रबिक्रम खाँड र सव– इन्जिनियर प्रदिपकुमार बाँनियाँ एक लाख नगदसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराका अनुसार दुई बिद्यालयबाट पोखराको चिप्लेढुङगास्थित डेलिसियस रेष्टुरेण्ट एण्ड मम सेण्टरमा उक्त रकम बुझदै गर्दा उनीहरु पक्राउ परेका हुन् । अख्तियारले दुई कर्मचारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया