मनोरोग बाट बच्न के गर्ने ? टिपीओ नेपालको यस्तो छ भनाई !


पछिल्लो विभिन्न कारणले मानसिक समस्याका विरामीह? बढ्दै गएका छन् . पारिवारिक तथा सामाजिक कारणले तनाव व्यवस्थापन गर्न नसक्दा मनोसामाजिक समस्याका विरामी बढेको टिपीओ नेपाल ज’म्लाका मनोविमर्शकर्ता नन्दराज आर्चायले बताए . उनका अन’सार आबश्यक शान्त वाताबरण,आफ’ संग जे छ त्यसैमा सन्त’ष्ट ह’न’ र आबश्यक परामर्शको नितान्त आबश्यक रहेको छ . तर पनि यस विषयमा सरोकारवालाले चासो नदिँदा समस्या बढ्दै गएको पाईन्छ . विशेषगरी मनोरोगबाट कसरी बच्न सकिन्छ ?एकचोटी पढ्न’ होला .

१ भविष्यमा आइपर्न सक्ने समस्यालाई लिएर अहिलेदेखि नै धेरै चिन्तित तथा पिडित नहुने।

२ एउटै कुरामा गहिरो तथा नकारात्मक सोचाई राख्नुहुँदैन।

३ मनको कुरा अरुलाई भन्ने बानी बसाल्नुपर्छ .४ सकेसम्म खुशी हुने प्रयास गर्ने, अनावश्यक तनाव नलिने।
५ अन्धविश्वासका र कुरीति पछि नलाग्ने।

६ कसैसँग आफूलाई तुलना नगर्ने । गर्नैपरे आफू भन्दा दुःखी र कमजोर मानिससँग गर्ने । आफूले हासिल गरेको उपलब्धिमाथि गर्व तथा खुसि हुने प्रयास गर्ने।

७ आफूले हासिल गरेका कुरामा सन्तुष्ट हुने,बिगतका रमाइला छेण याद गर्ने र थप मेहनत गर्न नछाड्ने।

८ धेरै गुलियो वा चिल्लो र नुन चर्काे भएका खानेकुरा नखाने र सन्तुलित तथा पोसन उक्त खाना खाने ।
९ डरलाग्दा घटनाका भिडियो तथा टीबी नहेर्ने।

१० स्वस्थ खानेकुरा खाने, व्यायाम गर्ने , उचित आराम र मनोरंजन गर्ने।

११ जाँड, रक्सी, लागूऔषध जस्ता दुव्र्यसनबाट टाढै रहने ।

१२ शरीरको तौल बढ्न नदिने र नियमित ब्यायाम तथा सके योगा गर्ने ।

१३ एउटै प्रेस्किप्सनबाट बारम्बार औषधी थप्ने काम नगर्ने मनोचिकित्सकको सल्लाह अनुसार मात्र औसधि थप्ने

। १४ मनोरोग भएको छ भने अन्य रोगले पनि आक्रमण गर्ने सम्भावना हुन्छ । त्यसैले सचेत रहने र मनोबिमर्श कर्ता वा मनोचिकित्सक कहा परामर्स सेबा लिन जाने ।

१५ यी सबै कुरामा ध्यान दिएमा मनोरोग हुन बाट जोगिन्छ

स्रोत ः मनोविमर्शकर्ता नन्दराज आर्चाय,
टिपीओ नेपाल ज’म्ला,

तपाईको प्रतिक्रिया