आयआर्जनको मुख्य स्रोत बन्यो तरकारी खेती


जुम्ला ः बिहान उठ्ने बित्तिकै तरकारी बारीमा जान्छन्, दिनभरी तरकारी गोडमेल, विक्रीवितरण गर्दै थाकेका उनि साँझ निदाउदाँ पनि तरकारी बारीमै काम गरिरहेको सपना देख्ने गरेको बताउँछन् । जव कामको थकाईसँगै तरकारी बेचेर आम्दानी भएको पैसा हातमा पर्छ, तब उनलाई दुखको महशुस पनि हराउँछ, उनि हुन्, गाउँमै ब्यवसायिक तरकारी खेती गरी मनग्य आम्दानी गर्दै आएका जुम्ला तिला गाउपालिका ३ कुडारीका ४२ बर्षीय कर्णबहादुर हमाल ।

कृषक कर्णबहादुर हमाल

पहिले पहिले घरमा खानको लागि मात्र तरकारी उत्पादन गरेका कृषक हमालले विगत ३ बर्षयता तरकारी ब्यवसायलाई नै आफ्नो मुख्य आयआर्जनको स्रोत बनाएका छन् । गाउँमै तरकारी ब्यवसाय गरेर दिनचर्या बिताउने उनि अहिले समाजको एक उदाहरण कृषक बन्न सफल भएका छन् । उनि भन्छन्, ‘मेहनत गरे गाउँकै माटोमा पैसा फल्ने रहेछ, पैसाको खोजिमा कसैले विदेश भौतारिनु पर्दैन ।’ आफैले तरकारी उत्पादन तथा बिक्री गर्दै आएका उनले अहिले तरकारीबाट भएको आम्दानीले सहजै परिवारको पालनपोषण गरेका छन् । उनले ५ रोपनी जग्गामा लगाएको तरकारी बेचेरै बार्षिक ३ लाख बढिको आम्दानी गरिरहेका छन् । जुम्लामा हिउँदे सिजन चिसोका कारण तरकारी उत्पादन नहुने भएकाले हिउँदमा पोलिहाउस भित्र र बर्षामा बाहिरी जग्गामा तरकारी उत्पादन गरीे कृषक हमालले बाहै्रमास गाउँमा तरकारी फलाई रहेका छन् । जिल्लाका प्रमुख बजारमा तरकारीको माग बढेपछि, आगामि जेठ देखि १५ रोपनी जग्गा भाडामा लिएर उनले तरकारी उत्पादन गर्ने तयारी गरेका छन् । उनले उत्पालन गर्ने काउली, आलु, गाँजर, प्याज, कांख्रा, टमाटर, फर्सी लगाएतका सागपात तथा तरकारीहरु जिल्लाका प्रमुख बजार नाग्मघाट कालिकोट, कुडारी, तातोपानी, रारालिहि लगाएत सदरमुकाममा निकै खपत हुने गरेको छ । विकास परियोजना अन्र्तगत प्राटिकल एक्सनले तरकारी खेतिका लागि दिएको सहयोग र सिपले आफ्नो जिबनको आर्थिक पाटो फेरिएको उनले बताए । ‘ब्यवसाय शुरु गर्न, म संग ठुलो पैसा थिएन, संस्थाबाट ऋण निकाले तिर्ने स्रोत पनि थिएन । ब्यवसाय शुरु गर्दा सेडा नेपालद्धारा संचालित विकास परियोजनाले पोलिहाउस र तरीकारीको बिउविजन, सिचाई सामाग्री, पोलिहाउस सहित करीब ३ लाख जतिको सामाग्री सहयोग गरेपछि मलाई सहज भयो, उनले भने ।’ होटल ब्यवसाय छोडेर तरकारी ब्यवसाय अपनाएको उनको परिवार यसै पेसाबाट खुसी र सुखी बन्दै गएको छ । ‘बजारको माग अनुसार अझै तरकारी उत्पादन गर्न सकेको छैन । अब तरकारी खेतिका लागि जग्गा बढाएपछि बजारको माग पनि सम्बोधन हुन्छ, मेरो आर्थिक स्रोत अझै बृद्धि हुन्छ’ उनले भने, ‘तरकारी बेचेरै छोराछोरी पढाएको छुँ, परिवारलाई लुगाफाटो भएको छ । कामका लागि भारत जानुपर्ने बाध्यता हट्यो, अब यो पेसा मेरो जाँगर र गति रहुन्जेल छोड्ने छैन ।’

तपाईको प्रतिक्रिया