गायिका निरुता खत्रिको साङ्गितिक यात्रा, खेलाडीदेखि संचारकर्मिसम्म


काठमाडौ । (सुदुर पश्चिम को विकट जिल्ला अछाम को ढकारी गाउपालिका २ मा बुवा अमर खत्री र आमा इन्र्द्रा खत्री को कोख बाट जन्म लिएकी नव गायिका निरुता खत्री दुई दाइ र एक भाई अनि एक बहिनी मध्य कि साईली छोरी हुन । बाल्यकाल देखि नै मिलन्सार अनि सहयोगी सभावना कि खत्री गित सङ्गिगित अनि खेलकुद मा उनको बचपन देखि नै एक दम रुचि रहने गर्थ्यो । उनले गाउकै कालिका उ मा बि मै अध्यन सुरु गरेर कक्षा दस सम्म तेहि अध्यन गरेकि थिइन ।

उनको बाल्यकाल गोठाला अनि घर को काम सङै बित्यो ।उनी बाल्यकाल काल गोठाला , मेलापात जादा समेत विभिन्न भाका का गित हरु गुनगुनाउने गर्थिन ।अझ भन्नू पर्दा उनको बिद्यालय मा हुने सबै कार्यक्रम हरु मा उनले सहभागिता जनाएकै हुन्थ्यो । उनि कालिका उ मा बि मा अध्यन गरि रहदा भलिबल मा जिल्ला हुदै चार पटक क्षेत्रीय स्तर का म्याच हरु मा पनि सहभागी हुने अवसर पाएकी थिइन । भलिबल मात्रै हैन दौड अनि कपडी को पनि राम्रो खेलाडी हुन । गायिका खत्री कपडी र दौड हरु मा पनि उनले धेरै पटक क्षेत्र स्तर मा हुने म्याच हरुमा सहभागी भएकी थिइन ।

यसरि नै उनको बाल्यकाल बित्यो उनी गाउँ बाट उच्च शिक्षा अध्यन का लागि अछाम को सदरमुकाम मङ्गलसैन आएर उनले उच्च माध्यमिक स्तर को पढाई सुरु गरिन तेति खेर नै अछाम को सदरमुकाम मा रहेको सोसाइटी ँः मा कार्यक्रम संचालन सम्बन्धि रेडियो आधारभुत तालीम गर्ने अवसर मिल्यो उनी लाई झन “सुन मा सुगन्ध नै भयो“ ।

उनी त्यहाँ रेडियो कार्यक्रम संचालन सम्बन्धि आधारभूत तालीम गरिन । तालिम गरि सकेको केही महिना भित्र नै उनिले रेडियो सोसाइटी mँ मा काम गर्न अवसर मिल्यो र तेहि काम गर्न थालिन । रेडियो मा उनी विभिन्न साङ्गितिक कार्यक्रम हरु चलाउने गर्थिन । उनिले चलाएका विभिन्न सङ्गितिक कार्यक्रम हरु सुनेर उनका स्रोता अनि फ्यान हरु पनि तेति खेर धेरै थिए भने कतिपय स्रोता उनको कार्यक्रम प्रतीक्षा मा हुने गर्थे ।उनी कहिले काहीं बजार जादा पनि सबै जना ले उनको सोर को प्रसंशा गर्दै गित हरु रेकर्ड सुझाव दिने गर्थे । त्यो कुरा सुन्दा उनको मन मा पनि केही गर्नु पर्छ भन्ने भावना ले छलाङ मार्ने गर्थो ।उनी एक सामान्य आर्थिक अवस्था भएको परिवार मा जन्मिएकि हुनाले उनलाई एल्बम निकाल्न आर्थिक को पनि निकै चुनौती हुने भएका ले गित निकाल्न तेति सहज पनि थिएन । तर पनि उनी भित्र को कलाकार बन्ने चाहाना र सपना लाई मारेको भने थिएन । समाज मा छोरी मान्छे मेलापात अनि चुलो चौको गर्ने जात हो भन्ने मानसिकता ले भरिएको समाज मा हुर्केकी हुनाले उनलाई सामाज को पनि उतिकै चुनौती को सामना गर्नु प्रत्थो ।

 

रेडियो मा काम गरिरहदा पनि उनको गाउँ समाज ले घर परिवारलाई अनेक कुरा हरु सुनाउने गर्थे । तेति खेर उनलाई गित गाउन अनि एल्बम बनाउन कहाँ कसरी गर्ने केही कुरा को थाहा थिएन ।सबै जना ले एल्बम निकाल्न सुझाव दिन थाले पछि उनिलाई झन हौसला मिल्थो । मन मा दिनानुदिन गित सङ्गीत ले ठाउँ खुकुलो बनाउदै गएको थियो ।तेति खेर उनको मुबायाल मा अचानक अपरिचित नम्बर बाट फोन आयो ।उनको जिन्दगी को साङ्गितिक यात्रा मा पहिलो चाल्न सिकाउने पहिलो फोन तेहि थियो । डण्डिराज जोशी जुन निरुता खत्री लाई साङ्गितिक यात्रा मा पाईला चाल्न सिकाएका हुन । गायिका खत्री भन्छिन डन्डिराज जोशी नै मेरो भगवान् अनि गुरु हुन । गायिका खत्री ले“ माया सल्यान मबस्ने अछाम मा “ एल्बम बाट साङ्गितिक यत्रा सुरु गरेकी थिईन जुन गित को शव्द डण्डिराज जोसि ले कोरेका थिए भने लय अनि सोर मा टंक तिमिल्सिना ले साथ् दिएका थिए। उनी टंक तिमिल्सिना ले आफ्नो यात्रा लाई अगाडी बढाउन सहयोग गरेको कुरा लाई पनि जिन्दगी को एक महत्त्वपूर्ण बेक्तित्व मान्छ्न तिमिल्सिना लाई । तेसपछी उनी मा हिक्मत अनि साहास ले निकै ठाँउ बनाई सकेको थियो।

उनले पहिलो एल्बम बजार मा ल्याए पछि घर बाट पनि उनी लाई हौसला ,सहयोग र साथ मिलिसकेको थियो । घर बाट साथ मिले पनि उनको आमा प्यारालाईसेस बाट पीडित हुनुहुन्छ उनी लाई आफ्नो आमा को बिमार का कारण उनको यात्रा मा अर्को चुनौती पनि खडा भएको थियो । उनको धेरै समय आमा को रेखदेख मै बित्यो आमा को लामो उपचार पछि अलि कति भए पनि सन्चो भलाई तर उहाको उपचार अहिले पनि निरन्तर चलिरहेको छ । आमा लाई अलि सन्चो भए पछि उनले पुन जिन्दगीका पाईला हरु चाल्न सुरु गरिन । उनिले करिब दुई बर्ष लामो सोसाइटी ँः को कार्य लाई बिट मार्दै रेडियो डोटि मा झन्डै एक बर्ष काम गरिन । उनि डोटि ँः मा काम गर्न थाले पछि उनलाई धेरै कुरा को अनुभव भैसकेको थियो जुन कुरा उनको यात्रा मा अति आवस्यक थिए ।

गित संगित क्षेत्र मा सुदुर तथा मध्य पश्चिम् का श्रेष्ठा हरु सङ्ग दिन प्रतिदिन परिचय बढ्दै गयो ।तेस्ले गर्दा उनलाई झन यात्रा मा सहज भयो उनले बिचबिच मा विभिन्न एल्बम हरु पनि बनाउदै आफ्नो यत्रा लाई निरंतरता दिई रहेकी थिएन । उनि एउटा तिज को गित रेकर्ड गर्न भनेर रेडियो डोटी बाट केही समय को बिदा लगेर काठमाडौ हिडेकी थिईन । उनी काठमाडौ आईपुगे पछि एक पछि अर्को गरेर एक दर्जन गित हरु मा सोर दिने अवसर जुट्यो र उनले काठमाडौ नै बस्ने सोच बनाईन । उनी लाई त्यो सम्भव पनि थियो किन भन्दा उनको कान्छो भाइ काठमाडौ मै बसेर अध्यन गरिरहेका थिए उन को भाइ लाई पनि अभिभावक को खाचो थियो उनलाई झन सजिलो भयो र उनले आफ्नो यात्रा लाई काठमाडौ बाटै सुचारु गर्ने निणय गरिन । उनी काठमाडौ आए पछि भाइ को लगायत आफ्नो सपना पूरा गर्ने राम्रो बटो खुल्यो ।उनले एल्बम मध्य “ , बिन्दास केटा चाहिन्छ ( तिज गित ) , चुल्ठी मा रिवन को डोरि , कहाँ छै मेरि रङी सुवा ( डेउडा) सबैले रुवाउने मलाई मात्रै हो , यसरी नै जुनि भरी सधै हासौला ( दोहोरी ) लगायत का धेरै उनका चर्चित गित हरु बजार सुन्न पाईन्छ्न । अहिले काठमाडौ मा भाइ सङै मिलेर बसेकी छ्न । उन ले अहिले सम्म ३ दर्जन भन्दा धेरै एल्बम हरु बजार मा ल्याइ सकेकी छ्न भने थुप्रै डेउडा तथा दोहोरि हरु मा सोर दिएकी छ्न। खत्री भन्छन् एउटा राम्रो कलाकार भएर आफ्नो जन्म भुमी लाई पहिचान दिलाउदै समाज मा भएका कुरिती तथा अन्धविश्वास लाई चिरफार गरेर आफ्नो कला सास्कृती को उजागर गर्ने उनको मुख्य उदेश्य रहेको छ ।

 

तपाईको प्रतिक्रिया