६० घरको एउटै शौचालय- शौच गर्न घण्टौ लाईन


नन्दराम जैशी

जुम्ला । चन्दननाथ नगरपालिका ५ का ज्ञान बहादुर वि.क को परीवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको काम भन्दा पहिले सौच गर्ने चिन्ताले सताउँछ । ‘किनकी घरमा सौचालय छैन, खुल्ला सौच गर्न पाँईदैन । टोलमा भएको एउटै सौचालयमा जो पहिले पुग्यो, त्यसैले सौच गर्न पाँउछ’ उनले भने, ‘सौच गर्नकै लागि बिहानै उठ्नुपर्छ, आफुलाई सौच लागेको बेला सौचालयमा हुलहुन्छ, घरमा सौचालय बनाउने जग्गा पनि छैन ।’

ज्ञान बहादुर जस्तै सदरमुकाममा अवस्थीत कालेखोली टोलका ६० घरपरिवारले विगत धेरै बर्षयता एउटै शौचालय प्रयोग गर्दै आएका छन् । सबै टोलबासीले एउटै शौचालय प्रयोग गर्दा घण्टौ लाईनमा बस्नु पर्ने बाध्ययता रहेको चन्द्रलाल सुनारले बताए । दलित समुदायको बाहुल्य रहेको उक्त टोलका स्थानियले एउटै सार्वजनिक सौचालय प्रयोग गर्दै आएपछि यस्तो समस्या भोग्नु परेको हो ।

साँगुरो बस्तिमा गुजुक्कै परेर घरैघरहरु जोडिएको कालेखोली टोलका दलित समुदायसँग सौचालय बनाउने जग्गानै नभएपछि नगरपालिकाले बनाई दिएको सार्वजनिक सौचालय प्रयोग गर्न उनिहरु बाध्य भएका हुन् । ‘शौचालय निर्माणका लागि हामीसँग घर लगाएको जग्गा बाँहेक अन्य जग्गा छैन । सार्वजनिक सौचालयमा हुल गरेर सौच गर्न लाज लाग्छ, तर बाध्यता छ । आफ्नै घरमा सौचालय बनाएर आरामले सौच गर्ने कसलाई चाहाना हुन्न’ स्थानिय हजमला वि.क ले भनिन्, ‘समुदायमा सौचालय नभएको थाँहा पाँउदा पाउँदै, जिल्लालाई किन खुला दिसा, पिसा मुक्त घोषणा गरीयो, हाम्रो समुदायको यो समस्या कसले सुन्छ ।’

आधुनिक शौचालय निर्माण

कालेखोली टोलका दलित समुदायले भोग्दै आएको सौच गर्ने समस्या समाधानका लागि चन्दननाथ नगरपालिकाको सहयोगमा वडापालिकाले निर्माण गरीरहेको सुविधा सम्पन्न आधुनिक सौचालय निर्माण कार्य अन्तीम चरणमा पुगेको छ । वडा अध्यक्ष अर्जुनसिंह कठायतका अनुसार १० लाख लागतमा निर्माण हुने आधुनिक सौचालयमा सोलार, विधुत्, चिसोतातो नुवाउने पानि सहित आवाश्यक सामाग्रिका साथ महिला, पुरुष छुट्टा छुट्टै अपांग र बालमैत्रि सौचालय निर्माण हुने भएको छ ।

आधुनिक सौचालय निर्माणपछि कालेखोली टोलका समुदयायले भोग्दै आएको सौच गर्ने समस्या हट्ने वडा अध्यक्ष कठायतले बताए । ७५ प्रतिशत काम सम्पन्न भएकोले बैशाख मसान्तसम्म सौचालय निर्माण गरी समुदायलाई हस्तान्त्रण गरीने उनको भनाइ छ । दुईतलामा निर्माणाधिन सौचालय माथिल्लो ६ कोठा सौच गर्नका लागि र तल्लो तलामा ब्यापारीक प्रयोजनका लागि दुईवटा सटर बनाइएका छन् ।

टोलभरीका स्थानियले प्रयोग गर्दे आएको सार्वजनिक शौचालय पुन निर्माण भैरहेकोले तत्कालका लागि समस्या भैरहेको उपभोक्ता समितिका अध्यक्ष ज्ञानवहादुर विश्वकर्माले बताए । ’शौचालय निर्माण सम्पन्नपछि चौकिदारको ब्यवस्था गरीने छ । सोहि टोलका ६० घरधुरीले निशुल्क र अन्यले न्युनतम शुल्कमा सौच गर्नेछन्, उनले भने ।’ सौचालय चन्दननाथ गुठीको नाममा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया