जुम्लामा जारी महोत्सव सकियो, सुरक्षा शाहि नृत्यमा प्रथम


शुभाकर विश्वकर्मा

जुम्ला । जिल्ला सदरमुकामको राजासिममा संचालित प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सोमबार १२ दिनपछि सकिएको छ । जुम्ला बजारको व्यापार म ाग बृद्धि गर्न तथा जुम्लालाई पर्यटकिय र ब्यापारीक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले महोत्सव संचालन भएको थियो । ओरालो अवस्थामा लागेको जुम्लाको ब्यापारलाई प्रर्वदन गर्न महोत्सवले मुख्य भुमिका खेलेको आयोजक संस्था उद्योग बाणिज्य संघ जुम्लाले जनाएको छ । ऐतिहासिक रुपमा पहिलो पटक निजी क्षेत्रको अगुवाईमा भएको महोत्सवले सकरात्मक सन्देश फैलाएको छ ।

अनुपयुक्त मौसममा महोत्सव संचालन गरिएको आरोप खेपिको आयोजकले अनुमान गरे भन्दा बढी दर्शकहरुको महोत्सवमा सहभागि रहेको थियो । महोत्सव आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलका अनुसार यो सिजनमा अधिकांश व्यक्ति यर्सागुम्बा संकलनको लागि पाटन तिर जाने भएकाले महोत्सवमा सहभागिको संख्यामा कमी हुन्छ, भन्ने अनुमान गरिए पनि सहभागिता अत्यन्तै सन्तोषजनक रहेको बताइएको छ । महोत्सव अवधिभर करिब ७० हजार मानिसले अवलोकन गरेको आयोजकले जनाएको छ ।

जुम्लामा भएका कला, संस्कृति, भेषभुषा, रहनसहन, मौलिक परम्परा र पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा महोत्सवले महत्वपुर्ण भूमिका खेलेको महोत्सव हेर्ने दर्शकहरुले बताएका छन् । साथै महोत्सवको अवसरमा आयोजना गरिएको खुला नृत्य प्रतियोगितामा सुरक्षा लामा शाहि प्रथम हुनुभएको छ । भने प्रमिला मल्ल द्धितिय, १२ वर्षका जुम्ल्या दिदी बहिनी, कृष्टिना र कृतिका शाहि तितृय र युनिसा विष्ट सान्त्वना हुनुभएको छ । नृत्य प्रतियोगितामा क्रमश प्रथमलाई २५ हजार, द्धितियलाई १५ हजार, तृतियलाई १२ हजार र सान्तवना हुनेलाई १० हजार नगद सहित प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।

त्यस्तै देउडा प्रतियोगितामा चन्दननाथ नगरपालिका टिम प्रथम, खष देउडा टिम द्धितिय र द्धोन्दपिडित शान्ति महिला समुह तृतिय भएका छन् । देउडा प्रतियोगितामा उत्कृष्ट हुने टिमलाइ प्रमाण पत्र सहित नगद पुरस्कृत गरिएको छ । महोत्सवको जम्मा आर्थिक आय, ब्यय भने सार्वजनिक गरीएको छैन । केहि दिन भित्र पत्रकार सम्मेलन गरी बिवरण सार्वजनिक गरीने आयोजकले जनाएको छ । महोत्सवको अन्तीम दिन नायक विराज भट्टको सहभागिताले दर्शकहरु निकै उत्साहीत भएका थिए । उनले महोत्सवमा आफुले खेलेका चलचित्रको डायलक बोल्नुका साथै मोडक जलपरि दिपासा बिसिसँग नृत्य गरेपपछि दर्शकहरु निकै उत्साहीत भएका हुन् ।

तपाईको प्रतिक्रिया