कारोबार सम्पादक र संबाददाताको विपन्न बालिकालाई सहयोग


घरको आर्थिक तथा कमजोर पारिवारिक अबस्थाले विद्यालय जानबाट बन्चित तातोपानी गाउँपालिका २ नम्बर वडाकी एक बालीकालाई शिक्षामा पहुँचका लागि आर्थिक सहयोग गरिएको छ । वर्षभरीको पढाई खर्च तथा लुगालत्तो सहितको सहयोग प्रदान गरिएको हो । शनिबार एक औपचारिक कार्यक्रमका तातोपानी २ कि ७ वर्षिय सरस्वती कामीलाई एक वर्ष भरी पुग्ने सहयोग गरिएको विद्यालयले जनाएको छ ।
कारोबार राष्ट्यि आर्थिक दैनिकका सम्पादक कुबेर चालिसेको सहयोग तथा कारोबार जुम्ला संबाददाता तथा कर्णाली पोष्ट दैनिक जुम्लाका सहसम्पादक सागर परियारको संयोजनमा प्राप्त सहयोग शनिबार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाले बताए । कापी, कलम, विद्यालय पोशाक किन्ने अबस्था नहुँदा विद्यालय जानबाट बन्चीत सरस्वती कामीलाई छनौट गरि सहयोग प्रदान गरिएको बुढाको भनाई छ । शनिबार औपचारिक कार्यक्रमका बीच सरस्वती कामीलाई शैक्षिक सामाग्री, विद्यालय पोशाक, घरमा लगाउने कपडा, जुत्ता, चप्पल, सरसफाईका सामाग्री प्रदान गरिएको छ । शिक्षामा पहुँचका लागि आबश्यक सहयोग प्राप्त भए संगै अब देखि सरस्वती कामी नियमित विद्यालय आउने छिन् । आर्थिक अबस्था कमजोर भएकै कारण भर्ना पनि गर्न नसक्ने अबस्था भएका दलित किशोरीलाई शिक्षाको पहुँचमा पुराउने कारोबार राष्ट्यि आर्थिक दैनिकका सम्पादक कुबेर चालिसेको उद्देश्य अनुसार जुम्लाकी एक दलित किशोरीलाई सहयोग गरिएको पत्रकार सागर परियारले बताए । उनका अनुसार कक्षा १ मा पढ्ने सरस्वतीको प्रत्यक्ष रेखदेख देखि विद्यालय अतिरिक्त कक्षाको पनि व्यवस्था गरिएको छ । विद्यालय पोशाक, कापी कलम किन्ने अबस्था नभएकै कारण विद्यालय पठाउन नसकिएको अबस्था सहयोग गरेको प्रति आमा जयलक्ष्मी कामीले खुसी व्यक्त गरिन । अब सधै छोरीलाई विद्यालय पठाउन्छु । उनले थपिन, सहयोगको सदुपयोग गरी छोरीलाई उत्कृष्ट बनाउने सपना रहेको सुनाईन । आर्थिक अबस्था कमजोर भएर विद्यालय जानबाट बन्चित दलित किशोरीलाई सहयोग गर्ने कारोबार सम्पादक र जुम्ला सबाददता लाई भवानी आधारभुत विद्यालयका विव्यस अध्यक्ष धन बहादुर बढाले धन्यबाद दिए । उनले भने, कारोबार मिडियाकर्मीले मन्न कामी र जयलक्ष्मी कामीको परिवारमा दिएको सहयोग शैक्षिक क्षेत्रको एक कोसे ढुंगा सावित हुने पनि उल्लेख गरे । समाजमा धेरै यस्ता विपन्न परिवार छन् । उनिहरुको सक्षमताका लागि सहयोग निकै महत्वपुर्ण र उदाहरणिय काम भएको बताए । दलित किशोरीको उज्वल भविष्यका लागि कारोबारलेकर्मीले गरेको सहयोग सरायिन रहेको जर्मी गाउँका स्थानियले बताएका छन् । काठमान्डौ रहेर पनि नचिनै ठाउँकी किशोरीलाई सहयोग गर्ने कारोबार राष्ट्यि दैनिकका सम्पादक लाई जर्मीगाउँका स्थानियले धन्यबाद दिएका छन् ।

तपाईको प्रतिक्रिया