खानेपानी र सरसफाईको अवस्था सुधार्न स्थानीय तहलाई सुझाब


जुम्ला ः जिल्लाका संचारकर्मी, पत्रकार तथा नागरिक समाज र खानेपानी उपभोक्ता महासंघका प्रतिनिधिहरुसँग बुधबार एक औपचारिक कार्यक्रमका बीच जिल्लाको खानेपानी तथा सरसफाई स्वच्छता अवस्थाका बिषयमा छलफल भएको छ । एक दिवसिय खानेपानी तथा सरसफाई अधिकार एंव सामाजिक जबाफदेहिता तालिमको अवसरमा उनिहरु बीच यस्तो छलफल भएको हो ।

वाटरएड नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा भएको तालिमको अवसरमा उनीहरुले जिल्लाको खानेपानी तथा सरसफाई स्वच्छताको अवस्था सन्तोषजनक नरहेको बताएका छन् । तर जिल्लामा अझै खानेपानीको पहुँजमा नपुगेका कुनै पनि गाउँठाउँका नागरिकलाई पहुँजमा पुर्र्याउने र त्यहाँको सरसफाई अवस्था प्रभावकारी बनाउन स्थानीय तहले पहल गर्नुपर्ने तालिमका सहभागीको भनाई थियो । तालिमको प्रशिक्षण गर्दै सोनालाल चौधरी(एसएलसी)ले संविधानमै हरेक नागरिकलाई गास, वास, कपास, उपचार लगायत खानेपानी र सरसफाईको पनि उचित ब्यवस्था गर्ने मौलिकहकमै उल्लेख गरेपनि कार्यान्वयन पक्ष भने फितलो रहेको बताए । हरेक नागरिकलाई शुद्ध खानेपानीको पहँुजमा पुर्र्यानु राज्यको दायित्व भएपनि काम गर्न नसकेको उनको भनाई रहेको छ ।

खानेपानीको पहुँज बाहिर रहेका नागकरिकलाई पहुँजमा ल्याउन पत्रकार, नागरिक समाज र सामाजिक अभियान्ताले वकालत गर्नुपर्ने उनले बताए । साथै खानेपानीको क्षेत्रमा भए गरेका योजना, बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा त्यसको जबाफदेहिता बारे सबैलाई जानकारी हुन आवश्यक रहेको भन्दै पत्रकारलाई त्यस्ता कुरा खोतलेर सुशासन कायम गर्ने वातावरण सृर्जना गर्न उनले आग्रह गरे । तालिमका सहभागी फोटो पत्रकार सरोज शाहीले जिल्ला सदरमुकामबासी शुद्ध खानेपानी र सरसफाईको मापदण्ड भित्र नरहेको दावी गर्दै ग्रामिण क्षेत्रहरु शुद्ध खानेपानीको पहँुजमा नरहेको बताए । गाउँठाउँमा सरसफाईको अवस्था नाजुक रहेको भन्दै स्थानीय तहले खानेपानी र सरसफाईको अवस्था सुधार गर्ने जिम्मेवारी लिनुपर्ने उनको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया