उपभोक्ता हित पक्षमा नागरिक समाज जुम्लाको कडाई


जुम्ला । उपभोक्ता संग जोडिएका अत्याश्यक विषयमा अव नागरिक समाज जुम्लाले कडाई गर्ने भएको छ । उपभोक्ता संग जोडिएका र दैनिकी संग जोडिएका दैनिकीका विषयमा कडाई गरिने भएको हो । बिहिबार जिल्लामा सरोकारवालाहरुको सहभागितामा बसेको नागरिक समाजको बैठकमा यस्तो निर्णय गरिएको छ । समग्र जिल्लाको आवश्यकतासँगै उपभोक्ता हितसंग जोडिएको कुरामा सबैले चासो देखाउदै आ–आफ्नो तर्फबाट भुमिका खेल्नु पर्ने विषयमा व्यापक छलफल गरिएको हो ।

यस्तै बैठकले विभिन्न तीन बुदाँमा निर्णय गरिएको छ । बजार मुल्य नियन्त्रणका विषयमा सरोकारवाला निकायसंग व्यापक छलफल गरि आवश्यक निर्णय लिने, मासिक बैठक बस्ने लगाएतका बिषयमाा निर्णय भएको हो । नागरिक समाजको मासिक बैठक प्रत्येक महिनाको ५ गते बस्ने, मुल्य नियन्त्रणका विषयमा पनि आगामी असार ५ गते नै सरोकारवाला संगको सहभागितामा व्यापक छलफल गरि आवश्यक निर्णय लिने भएको हो । नागरिक समाजको बैठक जिएफको आर्थिक सहयोग र किर्डाक नेपालको सहजीकरणमा सम्पन्न हुने छन् ।

तपाईको प्रतिक्रिया