राप्रपाका सहमहामन्त्री तथा सचिवालय प्रमुखको पदवहाली


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सह(महामन्त्री भाष्कर भद्राले बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा औपचारिक पदवहाली गरेका छन्।

पार्टी अध्यक्ष कमल थापाले उनलाई पार्टीको सह(महामन्त्रीमा मनोनयन गर्दै कार्यबाहक महामन्त्रीसहित केन्द्रीय सचिवालय प्रमुखको जिम्मेवारी प्रदान गरेका छन्। पदवहालीपछि भद्राले सचिवालयलाई चुस्त, दुरुस्त ढंगबाट सञ्चालन गर्न सबैको सहयोगको अपेक्षा गर्दै पार्टीले लिएको एजेण्डालाई जनतामाझ पुर्‍याउन तथा पार्टी संगठनलाई विस्तार गर्न सचिवालयको तर्फबाट सशक्त योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

पार्टी केन्द्रीय कार्यालयको हलमा सचिवालयले गरेको कार्यक्रममा काठमाडौंमा उपलब्ध नव नियुक्त प्रदेश ३ का अध्यक्ष विक्रमबहादुर थापा, प्रदेश ५ का अध्यक्ष धनबहादुर बुढा, प्रदेश ७ का अध्यक्ष श्यामबहादुर शाहीले सम्बोधन गरे।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालाराम घर्तीमगर, उपाध्यक्ष टंक ढकाल, महामन्त्री राजेन्द्र लिङदेनलगायत केन्द्रीय नेता, जनवर्गीय संगठनका पदाधिकारी सहभागी थिए।

तपाईको प्रतिक्रिया