गरिबका लागि शिक्षा र कलेज अपराध


‘शैक्षिक क्षेत्र ब्यापार केन्द्र होईन, सेवामुलक बनाँउ’

छेक्यो छेक्यो देउराली डाँडा
हुस्सु र कुहिरोले…………….!!!

एक ताका यो गित यति चर्चित थियो, सायत नसुन्ने कमै होलान आज फेरि एका बिहानै यहि गितको सम्झना आयो । युटुब सर्ज गरेर यहि गित सुन्दै आनन्द लिइरहेको थिए । गित पूरा सुन्न नपाउदै मोबाइलको घण्टी बज्न थाल्यो फोन रिसिभ गरे, आज त पहिला पहिला एसएलसि भन्थे दुई चार बर्ष यता एसईई भन्न थालिएको एसईईको रिजल्ट आउने हो रे रिजल्ट हेर्न के गर्नुपर्छ ? कसरी हेर्ने हो ? भनेर सोध्न पो थाले भाइ, बहिनिहरु । त्यसपछि उनिहरु र उनका अभिभावक समेत तरिका भन्दिए, कतिको त आफै पनि हेरिदिएँ ।

लेखक – लोकेन्द्रराज गिरी

त्यतिकैमा मलाई शिक्षाको बारेमा लेख्न मन लाग्यो अनि कापी कलम लिएर लेख्न थाले, म यहाँ जे लेखिरहेको छु त्यो बर्सौ पहिले देखि उठिरहेको, लेखिरहेको बिषय हो । जसका बारेमा म भन्दा बढी तपाईहरुनै जानकार हुनुहुन्छ होला ? त्यै पनि मनले मानेन मेरो स्वभाव होकि के हो ? बुझ्न सकिन लेख्न थाले । कान्तिपुर दैनिकको अघिल्लो पृष्ठमा लेखेको समाचारमा ठूलो अक्षरमा नतिजा झन खस्कियो भन्ने शिर्षक पढे त्यहाँ उल्लेख गरिएको छ । २०७२ सालमा ८४.३३५ २०७३ सालमा ८२.३८५ र अहिले २०७४ सालमा ७५.९२५ झट्ट हेर्दा सतप्रतिशन विद्यार्थी पास गराउने उदेश्य राखेको जिपिए सिस्टम, हाम्रो देशमा दक्ष जनशक्ति कसरी क्रमिक रुपमा खस्कदो अबस्थामा रहेछ भन्ने लाग्यो, अर्को तरिका वाट सोचे यो त अति नै भयो । लगभग ७६५ पास भनेको सामान्य कुरा होइन । नेपालले लिएको शिक्षा नितिकै कारण यो देशमा बर्षेनि कमसल र कमजोर जनशक्ति उत्पादन भएको हो । अनि झन चिन्ताले पिरोल्यो यो बर्ष फेरि ७६५ नँया सैद्धान्तिक ज्ञानका खोष्टा बोकेका विद्यार्थी उत्पादन गर्यो भनेर मैले आज सम्म बुझ्न सकेको छैन । किन बर्षेनि लाखौंको सङ्ख्यामा यो देशमा बिरोजगारहरुको उत्पादन हुन्छ ? के शिक्षा भनेको यहि हो ? बिश्व बैंक लगाएत अन्य मुलुकबाट सहयोगको नाममा किन अर्धदक्ष जनशक्ति उत्पादन गराउन्छ ? जो नेपालमा चाहिएकै छैन । यस्तै सोचिरहेको थिए एउटै घरमा बस्ने पल्लो कोठाको दाइ, जसको घरमा अहिले म बसिरहेको छु । उहाँले आफ्नो छोरालाई खुब गाली गर्नु भयो । उहाँ हुनेखाने र शिक्षित पनि हुनुहुन्छ । उहाँको छोराले एसइइमा ए ग्रेडमा पास गर्यो तर उहालाई ए प्लस चाहिएको रहेछ । उहाले गाली गर्दै भन्नुभयो तैले के गरेको, तँलाई के कुरामा कमि थियो । के कुराको अभाव भएको थियो भन्दै गालि गर्नुभयो । उहाँको छोरा चुपचाप । मानौ कि उसले ठुलै गल्ती गरेको छ । जसको माफी माग्न लाएक छैन । त्यसरी मौन थियो । जिबनमा ठुलै गल्तिको महशुस गर्दै थियो उ ।

मैले सम्झे उतिखेरको एसएलसि त्यो पनि पास मात्र हुदाँ समेत मेरा आमा बुबा आफन्तहरु खुब खुशी हुनुभएको थियो । त्यसैको उपलक्षमा सेलरोटी पुरी तरकारी, मासु लगाएत परीकार बनाएर भोजभतेर जस्तै थियो घरमा । मेरो बुबा आमा शिक्षित त हुनुहुनन्थ्यो, त्यै पनि मलाइ बारम्बार भन्नुहुन्थ्यो र सम्झाउनु हुन्थ्यो बाबू राम्रोसँग पढ्नुपर्छ । पढेको कुरालाई ज्ञानमा रुपान्तरण गर्नुपर्छ र ज्ञानलाई व्यबहारमा उतार्नु पर्छ । मैले सोचे अरु साथी फस्ट डिभिजन, सेकेन्ड डिभिजन आए तर म माथि बाबा आमा रिसाएनन् । बरु सम्झाए ।

हो मलाई फोन गर्नेमा मेरो बुबा पनि हुनुहुन्थ्यो उहाँलाई बहिनिको परिक्षा के भयो भनेर होला सायत बुबाले कुरा गर्न नपाउदै मैले भने बुबा बहिनी बि प्लस भइछ तर नम्बर राम्रो आएन । बुबाले भन्नुभयो अहिलेको अबस्थामा र यो शिक्षा नितिमा नम्बरलाई महत्व दिइएको छ । मैले सोचे बुबा सन्तोष हुनु भएन, पल्लो कोठाको दाइ जस्तै रिसाउनु हुन्छ अब ।

बुबाले फेरि भन्नूभयो, परिक्षामा पास हुनु नम्बर धेरै आउनु महत्त्वपूर्ण कुरा होइन उनीहरुको जिबनको लामो गतिमा आफ्नै दिमागले सोच्न सक्ने, आफ्नै हातले सृजना गर्न सक्ने र खुट्टाले दौडिन सक्ने गरि सक्षम भएकी भएनन भन्ने कुरा महत्वपुर्ण हो । फेरी थप्नुभयो, तिम्रो बहिनी धेरै नम्बर ल्याउने वा धेरै अंक राख्न मिल्ने क्यालकुलेटर जस्तो यन्त्र पनि त होइन, र बनाउन पनि हुन्न ।

म हाँसे । बुबाले भन्दै जानुभयो, उसलाई मान्छे बनाउन सिकाउने हो । भोकको अर्थ सिकाउने हो । श्रमको अर्थ सिकाउने हो । हाम्रो समाज, सस्कृति इतिहास, भूगोल, परम्परा सबै संस्कार नैतिकता सिकाउने हो ।

मौन हुँदै मैले पनि महसुस गरे, साच्चै म भाग्यमानी रहेछु । मेरो अनपढ बुबा आमाको जस्तै ठुलो सोँच विचार, यो देशका सबैमा भएको भए, देशको र शिक्षा क्षेत्रमा कति बिकास हुन्थ्यो होला ? हाम्रो शिक्षा प्रणालीमा प्रश्नपत्रहरुमा लेखिएको हुन्छ आफ्नै शैलीमा उत्तर लेख्ने लाई प्राथमिकता दिइनेछ, यसरी आफनै शैलीमा उत्तर लेख्न प्रेरित गरिन्छ । तर प्रश्नपत्र चेकगर्दा विद्यार्थीमा कति ज्ञान छ, भनेर जाच्ने भन्दा पनि कसले कति घोकेको छ र हुबहु लेख्न सिकेको छ । त्यसलाई प्राथमिकता दिइदै आएको छ । जसले गर्दा विद्यार्थीको प्रतिभा प्रस्फुटन हुन सकेको छैन वा पाएको छैन । रठन्ते ज्ञानका ज्ञाता नै बनेका छन र बनाउन्छौ हामी हाम्रा विद्यार्थीहरुलाई ।

फेरि मैले भने बुबा अब बहिनीलाई के पढाउने ?
बुबाले उत्तर दिनुभएन । अफ्ठारो महसुस गर्दै भन्नुभयो, एकचोटि तिम्रो आमालाई सोध्यौ ? के भन्छ ? लगत्तै आमा सङ्ग सोध भन्नुभयो र फोन दिनुभयो ।
मैले भने आमा तपाईलाई थाहा नै छ बुबाले किन बोल्नु भएन र तपाईं सङ्ग कुरा गर्न लगाउनुभयो ।
आमाले भन्नुभयो हामी त अनपढ छौ, पढेलेखेको त छदैछस के पढ्ने, के पढाउने केही जान्दैनौ । फेरी कहाँ पढाउने हो । त्यहि अनुसार पैसा पनि त धेरै लाग्छ होला ?
मनमनै सोचँे आमाबुबालाई सोधेर गल्ती गरेँ । किनकि उहाहरु आफै पढ्नु भएको छैन त्यसमा हामी गरिब पनि छौ ।
अ अ आमा ………. भन्दै थिए !
बुबाले भन्नुभयो तिमी बिचार गर, के पढाउने बहिनीलाई कहाँ पढाउने हामी त्यसै गर्छौ ।
एक मनले सोछे हामी गरिब छौ, ठुलो पढाउन सक्दैनौं बहिनिलाई । अर्को मनले सोचे यो शहर बजारमा छाडा संस्कारमा कसरी पढाउनु । लाग्छ हिजो आज आफ्नो भेसभुसा एकादेशको कथा भैसक्यो । हाम्रो भाषा उहिले मरिसक्यो ।
यहाँ घरै पिच्छे च्याउ उम्रे झै स्कुल कलेजहरु छन् । नयाँ नयाँ र महंगा पनि उतिकै । कसले कति खर्च गर्न सक्छ भन्ने आधारमा भर्ना लिइन्छ, उसको पढाई कस्तो छ । ज्ञान कस्तो छ, भन्दा पनि उसले कति पैसा तिर्न सक्छ भन्ने आधारमा जहाँ त्यहीँ पढ्न पाइन्छ । मानौकी ज्ञान सीप क्षमता सबथोक होइन । पैसा सबथोक हो जस्तो । योग्यता क्षमता भएपनि गरिब विद्यार्थीलाई गरिबीको नैरश्यताले प्रखाल भित्र थुनिएको छ । यसबाट छुटकारा पाउन शिक्षा क्षेत्रमा भएको बिद्यमान बिकृती बिसङ्गती बिभेदकारी शिक्षा नितिलाई अन्त्य गर्नुपर्छ ।

समान शिक्षा सबैका लागि शिक्षा देशको लक्ष्य हो । तर यो नारामा मात्र सिमित भएको छ । हामी कसरी बहिनीलाई पढाउन सक्छौ ? भाइलाई इन्जिनियर बनाउनका लागि आफ्नो बिबाह रोक्ने सामर्थ भएकी प्रदीप नेपालको उपन्यास अनौठो प्रेमकथा कि नर्श जस्तो त म गर्न सक्दिन । यहाँ हजारौं लाखौं सुन्दर सपना देखेका आँखाले निन्द्रा देबिलाई आफै देखेको छ । मान्छेको भोक मरेको छ । उत्साह समाप्त भएको छ । जिबनप्रतिको बिश्बास टुटेको छ । म हरेश खान्छु । ओ….हो, यो त उपन्यासको कुरा हो । आज गरिबको उपचार पद्धति पनि गरिबै छ । धनिको उपचार धनी छ । शिक्षा पनि त्यही छ । सबै क्षेत्रमा यस्तै यस्तै । यो बिभेदलाई नेपालमा राज्यदेखि समाजको चेतनाले स्विकारेको छ ।

मैले भने, बुबा म सक्दिन बहिनीलाई पढाउन । हाम्रो भाग्यमा पढ्न छैन बुबा ?
बुबाले भन्नू भयो (बाबू यो, भाग्यको कुरा होइन र कर्मको पनि होइन । हाम्रो मुलुकमा सभ्यता र संस्कार नै छैन । मैले मेरा छोरा छोरीलाई बिसङ्गती शिक्षा दिन चाहन्न । ब्यबहारिक, रोजगारमुलक, श्रमको सम्मान गर्ने भाबनाको बिकासगर्ने, नैतिकवान शिक्षा दिन चाहन्छु ।
मैले सोचे मेरो बुबा जस्तो सोच सबै बाबुआमामा भैदिएको भए पनि यो देश कहाँ पुग्थ्यो ।
अँ……….त्यसो भए के गर्ने त !
शिक्षालाई सामाजिक फेसन बाट शैक्षिक फेसनमा बदल्नु पर्छ । शिक्षा दिन दहाडै ठगी तस्करी भएको छ । शिक्षा सेवा होइन ब्यापार भएको छ । बर्तमान शिक्षा प्रणालीले हामिलाई जिउँदै मरुतुल्य बनाएको छ । हाम्रो शिक्षाले अरब र खाडिहरु देखाएको छ । परिश्रम गर्ने हात भाचिदिएको छ । सृजनशिलता सोचने दिमाग लाई बाझो बनाइदिएको छ । हिड्ने बाटोहरु भत्काई दिएको छ । गरिबहरुलाई शिक्षा, कलेज अपराध जस्तै लाग्छन् । किनकि अपराधमा इज्जत हुदैन । नैतिकता हुदैन, सम्मान हुदैन । त्यहाँ मात्र हुन्छ तिरस्कार, त्यसैले गरिबिमा छटपटिएकाहरु कलेज देख्ने बितिकै डराउन्छन । भाग्छन्, यो उनीहरुको नियती बन्दै आएको छ ।
मैले अबुज बन्दै सोधे, यो कमजोरी कस्को बहिनीलाई पढाउन नसक्नु ? अनि बहिनीले के भन्ली ?
बुबाले भन्नूभयो (तेरो बहिनीलाई पढाउन्छौ । जस्तोसुकै दुख कष्ट गरेर भए पनि तर मलाई चिन्ता छ । कतै उ यो समाज सस्कार नैतिकता, इमान्दारिता, हाम्रो गौरब हाम्रो इतिहास भूगोल, हाम्रा असङ्ख्य स्रोतसाधन हरु बिर्सन्छ कि ? किनकि हाम्रो शिक्षा नै त्यस्तै छ ।
अर्को कुरा यो देशमा रोजगारीका लागि पनि ठुलाको हात रह्ने परिपाटी छ । हामी गरिब सङ्ग नत धन छ, नत ठुला सङ्ग हिमचिम नै छ अनि कसरी रोजगारी पाउनु ?

कुरा महत्त्वपूर्ण हो, तर यो कमजोरी कस्को हो नि ?
ल सुन कमजोरी सबैका होलान्, हामी जनता अन्य पेसा ब्यबसाय सङ्ग सङ्ग्लन भएका छौ, तर सबै भन्दा बढी जिम्मेवारी नेपालको राजनितिको छ । २००७ साल पहिले र पछि राणा राजाहरुले हेल्चेक्राई गरे । त्यसपछि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लडाइँमा मात्र समय ब्यतित भयो । राजनितिको लक्ष्य देश अझै बिग्रोस र आफू सत्तामा पुगुलाभन्ने होइन । यो देश बिग्रेको राजनितीले सुधार्ने हो । तर यहाँ उल्टै राजनीतिलाई पो सुधार्दै ठिक्क छ । पछिल्लो पटक शिक्षा क्षेत्रमा नाङ्गो राजनीति भयो । आज शिक्षक, विद्यार्थी, कलेज सबै राजनितिक दलहरुका बन्दै गए । जहाँ कसैले कसैलाई नियन्त्रण गर्न सक्ने स्थिति छैन, आफ्नो हक अधिकारका लागि ? आफ्नो सामुदायिक हितको नाममा कलिला मुनाको सपना नै चकनाचुर पार्दै गयौ ।

आज उत्पादन भएका विद्यार्थीहरु हरेक क्षेत्रमा कामयाबि मात्र बन्न पुगेका छन । त्यसैले यो पटकको नतिजा जुन प्रकारले ह्रास वा उधोगती आएको छ । बहुसंख्यक विद्यार्थी फेल भएका छन, भनेर जसरी समाचारहरु बनेका छन । बास्तबमा त्यसो पनि होइन विद्यार्थी फेल भएका छैनन्, राज्य फेल भएको छ । शिक्षा प्रणाली फेल भएको छ । हाम्रो राजनीति फेल भएको छ । हाम्रा सुन्दर सपना भबिश्यका दृष्टिकर्ताको बाटोमा काँडा र धारिला हतियार बिछ्याउने काम भएको छ । जसरी त्यो मनमोहक हेरिरहु जस्तो लाग्ने । ति डाँडा, त्यो हिमाललाई क्षणभरकै कुहिरोले धपक्कै ढाक्छ, त्यसैगरि सुन्दर सपना, रहर, उमंग प्रतिभा लाई यो धन रुपि शिक्षाले पाइलाहरु चाल्नै नदिइ प्यारालाइसिस रोग जस्तो, यस्तै खाले रोगले जिन्दगीभरका आशा भरोसा समाप्त गरिदिन्छ । नेल्शन मन्डेलाले भने जस्तै मेरो प्यारो मानिस मैले तिम्रो आँखामा प्रयास, तिम्रो शरीरमा शक्ति र आत्मामा आशा देख्दछु । म जान्दछु, भबिश्य बनाउने तिमी नै हौ, म होइन । हाम्रा कमजोरीलाई पहिचान गर्ने र संसारमा राम्रा कुरालाई अघि बढाउने तिमी नै हौ म होइन । त्यसैले सुन्दर भबिश्य निर्माणका लागि मार्ग प्रशस्त गर्न तर्फ लागौ ? शिक्षा क्षेत्र समृद्ध भयो भने अबश्य देश समृद्ध बन्नेछ । धन्यबाद ।।

युवा लेखक लोकेन्द्रराज गिरी देशको समसामायीक बिषयमा आफ्नो तर्फ सहितको लेख, विचार हामिलाई नियमित उपलब्ध गराँउदै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया