डा. केसीको समर्थनमा नाङगो जुलुस, उपचार टोली फिर्ता, प्रतिष्ठान ठप्प


जुम्ला । ४ दिनयता जुम्लामा अनशनरत डा.गोविन्द केसीको समर्थनमा नाङगो जुलुस प्रदर्शन गरिएको छ । चिकित्सकहरु र डा. केसीका शुभचिन्तक समर्थकहरुले केसीको माग सम्बोधनका लागि राज्यलाई दबाब स्वरुप शरीरमा सांङलो तथा मुखमा कालोपट्टी बाँधेर नाङगो जुलुस प्रदर्शन गरेका हुन् । केसी अनशनरत स्थानबाट शुरु गरीएको नाङगो जुलुस स्थानीय प्रशासनले निशेधित क्षेत्र घोषणा गरेको स्थानसम्म पुगेको थियो ।

नाङगो जुलुस प्रदर्शन भएपछि आन्दोलनले उग्ररुप लिनसक्ने भन्दै सम्भावित घटनाबाट बच्न बाक्लो प्रहरी परिचालन गरिएको छ ।

यस्तै केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनको उपचारमा खटिएको चिकित्सक टोली फिर्ता भएको छ । केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको र उनको उपचारका लागि तत्काल सुरक्षित स्थानमा स्थानास्तरण गर्न पटकपटक माग गरेपनि प्रशासनले सहयोग नगरको भन्दै चिकित्सकहरुको टोली फर्किएको हो । कभर्डहलमा उपचार सम्भव छैन, भनी टोलीले प्रशासनलाई खबर गरेपनि प्रशासनले अस्पताल लैजान दिएको छैन । साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकस्मीक सेवा बाहेक अन्य सबै सेवा चिकित्सकहरुले ठप्प पारेका छन् ।

तपाईको प्रतिक्रिया