भाषाले छेक्दैन, ‘मित्रता’


फाईल तस्विर
रबि नेपाली

अस्पतालको बेडबाट एउटा मधुरो तर निकै उत्साहपुण आवाज आयो तिमी के बन्ने हो भविष्यमा ? त्यही बेड नजिकैको अर्काे बेडमा बसेको खुट्टामा रिगं लगाएको एकजना सिन्धुपाल्चोकको चन्द्रभाईको जवाफ आयो पहिला खुट्टा बनाउ त्यसपछी भविष्य बनाउला। गर्न बाकी धेरै कुरा छ। कति दिन भयो स्कुल जानै पाएको छैन। पढाई लथालिगं छ। चन्द्र भाइको अभव्यक्तीमा खुट्टाको उपचारले पढाइमा परेको असर र खुट्टा पुर्ण रूपमा निको नहोलाकी भन्ने चिन्ता दुबै एकै साथ देखिन्थ्यो। उनको खुट्टा २ बर्ष पहिले साईकलबाट लडेर भाचिएको रैछ। उपचार पछि खुट्टात जोडियो तर बांगो भयछ। हिड्नलाइ असजिलो हुने भयो। उपचारको क्रममा सबै अस्पताल पुगेछन्। कही भएनछ। अन्तमा यहाँ आएका रहेछन्। त्यही क्रममा खुट्टा सिधा बनाउन डक्टरले खुट्टामा रिगं राखेका रहेछन्।

सिन्धुपाल्चोकका चन्द्र जस्तै यो अस्पतालमा दिनहु १०/१२ जना सुन्दर सपना बोकेर आउछन्। दिनहु १०/१२ जना आफ्नो उपचार गरेर अझ बडि सपना बुन्दै घर फर्कन्छन्। यति धेरैको सपना साकार पार्ने अस्पताल काभ्रेको बनेपामा रहेको अपांग बाल अस्पताल हो। जहा १८ वर्ष मुनिका बालबालिकाहरूको सस्तोमा स्तरिय उपचार हुन्छ। त्यसैले होला नेपालका ७७ वटै जिल्ला सहित सिमावर्ती भारतिय नागरिकहरू पनि उपचारको लागि यही आउछन्। बजार देखि झण्डै २ किलोमिटर टाडा रहेको यो अस्पतालमा विरामी र कुरूवाहरूको लागि खानाको कुनै समस्या हुदैन। कुरूवाको लागि ३० रुपियमा पेटभरी खान पाईन्छ। अझ यही ३० रूपैयामै हप्ताको १ दिन मासु पनि पाइन्छ। बिरामीको हकमा खानाका अलवा बिहान र दिउसोको नास्ता पनि निस्शुल्क उपलब्ध हुन्छ। आफन्तलाई भेट्न आएका जाजरकोटका मित्र भन्छन्। यदी हड्डी सम्बन्धिका बिरामिहरु नहुदाहुन त बिरामिहरु यहाँ आउने बित्तिकै आधा सन्चो हुन्थ्य होला। याहाको वातावरण नै त्यस्तो छ। खुला कम्पाउण्ड शान्त वातावरण र अनुशासित कर्मचारीले अस्पतालको साखलाई अझ बढाएको। अस्पतालका हरेक कर्मचारी बिरामीको सेवामा कटिबद्व रहन्छन्।

नेपालका अधिकांस स्वास्थ्य संस्थामा ठुलो लगानीमा बनेका बिल्डिगंहरू संरक्षणको अभावमा जिण बन्दै गएका समचार जताततै भेटिन्छ। अझ सरकारी अस्पताल र प्रतिष्ठानहरू चर्काे राजनैतिक अखडा बनेका छन्। ठुला भौतिक संरचना छन्, कर्मचारी पनि आवश्यकता भन्दा धेरै छन्। तर ति अस्पतालमा न त भौतिक संरचना काममा आएका छन न त कर्मचारीहरूले नै काम गरेका छन्। राजनितिक किचलोका कारण आज हाम्रा स्वास्थ्य संस्था संकटको स्थितिमा छन्। जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यस क्षेत्रको धरोहर हो। त्यहाँ सरकारले ठुलो रकम लगानी गरेको छ। तर पनि प्रतिफल भने शुन्य छ। स्थापनाको नौ वर्षसम्म पनि चिकित्सा शिक्षाको स्नातक तह पनि खुलेको छैन। आज डा. गोविन्द केसीको जुम्ला अनशनको प्रमुख मागपनि त्यही छ।

भएका पदहरूमा पनि नेताहरुकौ वरिपरिका मान्छेहरु छनोटमा पर्नु, परीक्षाको प्रश्नपत्र बाहिरिने जस्ता कार्यले प्रतिष्ठानले आम जुम्लाबासिको मन जित्न सकेको छैन। गएको माध २८ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धाटन गरेको ३ सय सैयाको अत्याधुिनक भवनमा आजभोलि नाक मुख थुनेर बस्नु पर्ने अवस्था छ। यस्तो अवस्ता आउनुले प्रतिष्ठानका कर्मचारीहरू काम प्रति जिम्मेवार छैनन् भन्ने प्रस्ट हुन्छ । काम प्रति जिम्मेवार हुन पनि कसरी? कुनै नेताको ठाडो आदेशबाट जागिर खानेहरू काम भन्दा पनि जागिर खानको लागि आदेश दिने प्रति वफादार हुन्छन् । अनि सेवा ग्राहिहरू प्रभावित नहुने कुरै भएन। सेवा प्रवाह राम्रोसँग भएन भने संस्थाको गरिमा पनि खस्कदै जान्छ। विस्तारै यो अवस्थाको शिकार बन्दैछ कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान।

आज हाम्रा स्वास्थ्य संस्थाहरू जनताको नजरबाट नपर्नुका कारण त्यहाँ कार्यरत कर्मचारी नै हुन। अपांग बालअस्पतालले यो कुरालाइ राम्रैसँग बुझेको छ। त्यसैले पनि यहाँका कर्मचारीहरूले सेवा प्रवाहमा कुनै कसुर बांकी राख्दैनन्। अप्रेसनको दिन बिरामीले अप्रेसन नहुन्जेलसम्म खाना खान मिल्दैन । बिहान २ बजेनै डाक्टरहरूले नास्ता खानु नत्र अप्रेसन हुदैन भनेका थिए। छोरीको अप्रेशन भोलीपल्ट भएकोले बिहान २ बजे उठ्नुछ भनेर चँडै निदाय। ठिक २ बजे बेडमै दुध र बिस्कुट आएको थियो । छोरीले बिस्कुट खाइनन्, दुध मात्र खाइन केही बेर पछी फेरी दुध ल्याउने दिदि आउनु भो खायो बच्चाले? भनी सोध्नुभयो। यो देखेर मलाई भने हाम्रा सरकारी स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई यहाँ अवलोकन भ्रमण गराउन पाए हुन्थ्यो होला जस्तो लाग्यो।

अपांग बाल अस्पतालमा आउने प्रया मध्यम वर्गकै बिरामीहरू हुन्छन्। बजारदेखी टाढा भएकाले खोजेको कुरा भेटिदैन। तर बालबालिकालाई भने भुलाउने प्रसस्तै ठाउँ छन्। लामो समय अस्पतालमा बस्नेहरुलाई विद्यालय, साना नानी बाबहरुका लागि प्रसस्तै खेलौना सहितको प्ले ग्रुपको व्यवस्था भएकाले बच्चाहरूलाई भुलाउन खासै गार्हाे थिएन । तर पनि कति वेला यी सब कुरालाई थाती राखी मेरी छोरी रोजाले बजारीया तयारी खानेकुराको माग राखेर सताछिन्। त्यतिवेला लाग्थ्यो अस्पताल बजार नजिकै हुनुपर्ने थियो। अरु वेला यहाँको वातावरणले घरबार सबै बिर्साइदिन्छ। त्यसैले होला साढे ३ वर्षकी मेरी छोरी आफ्नी आमालाई खास सम्झिने गर्दिनन्। उस्को आमाले फोन गरेर छारीसँग कुरा गरौं भन्दा पछि गर्छु अहिले चित्र बनाउन लागेको छु, नास्ता खानेबेला फोन गर्ने होईन, पछि गर्ने हो। यस्तै यस्तै बाहानामा कुरा गर्न मान्दिन थीइन। उसको फोन पछि कहिल्यै आउदैन थियो। छोरीको बाहाना देख्दा कहीले आमालाई पो भुल्न आँटी कि भन्ने लाग्थ्यो।

अस्पतालको पुनरस्थापना गृहमा रोजाको उमेरका धेरै बच्चहरू थिए। तर छोरीको रोजाइमा परिन आफ्नो भन्दा दोब्बर बढी उमेरकी पुजा कुमारी अर्थात पुजा कुमारी पाश्वान। पुजा सिमा पारीकी हुन्। उनको उमेर ६ बर्ष भयो। भारतको रक्सौलमा उनको घर छ। उनलाई नेपाली भाषा आउदैन। छोरी रोजालाई पुजाको मातृभाषा आउदैन। पुजाको मातृभाषा हिन्दी हो भने रोजाको मातृभाषा नेपाली। रोजालाई आफ्नो मातृभाषा समेत पुरै आउदैन। त्यस्तै पुजालाइ पनि उस्को मातृभाषा पुरै आउदैन। जस्लाई आफ्नो मातृभाषा राम्रोसँग आउदैन उसलाई अर्काको मातृभाषा आउने झन् कुरै भएन। पुजालाई उपचारको लागि उनका बाबाले बनेपा लिएर आएका थिए। उपचार पछि उनी आफ्नो देश फर्कने हुन। रोजालई पनि उपचारकै लागि बनेपा ल्याइएको थियो। दुबै बालिकाको भेट उपचारको क्रममा भएको हो। उनिहरूका बिचमा यही समानता थियो बाँकी सबै असमानता।

रोजाको देश नेपाल पुजाको देश भारत, रोजाको भाषा नेपाली, पुजाको भाषा हिन्दी। रोजा हिमाली हावा पानीमा हुर्केकी हुन् भने पुजा तराईकी बालिका हुन्। यी लगायत अन्य धेरै असमानताहरू थिए उनिहरूका बीच तर पनि उनिहरू बिचको मित्रता एकदमै प्रगाढ थियो। उनिहरूको मित्रता हेर्दा लाग्थ्यो उनिहरू बीच कुनै कुराको असमानता छैन। फरक देशकी दुई बालिकाको मित्रता साँच्चिकै चाखलाग्दो थियो। पुजाले हिन्दिमा बोल्थिन, रोजाले नेपालीमा तर दुबैका कुरा दुबैले सहजै बुज्थे । किनकी उनिहरूको बोली भन्दा पनि अभिव्यक्ति त्यस्तै हुन्थ्यो। शारिरिक हाउभाउबाटै सम्वाद गर्थे। रोजाले भन्थिन अब फिल्म हेरौं अनि पुजाले त्यसैमा थप्थि हाँ हाँ देखो देखो फिल्म देखो। दुबैजना अस्पतालको पर्खा्लितर फर्केर टेलिभिजन हेरेको जस्तो अभिनय गर्थे। पुजाले भन्थि अब चाया पिओ। अनि रोजाले मलाइ सुनाउथीन बाबा, हामी च्या खानलाग्यौं है।

कहिले काहीं उनिहरू झगडिनथे। झगडा गर्दा पनि उनिहरू आफ्नै भाषा बाट गर्थे। रोजाले भन्थीन अब म तसँग खेल्दिन । पुजाले भन्थी हाम तुमसे नै खेलेगा। केही बेरमै रोजाले भन्थि बाबा दिदि आउनु भएन, किन आउनु हुन्न? भनेर सोध्थीन अनि मैले पुजालाई बोलाइ दिन्थे। पुजा आइहाल्थीन। अनि मिलेर खेल्थे। उनिहरूको मित्रतालाई कुनै कुराले छेकेन। अझ भनौ उनिहरूको मित्रतालाइ भाषाले छेकेन। उनिहरू खेली रहेको ठाउँमा एकजाना मधेसी मुलकी महिला घुम्दै आइन, एक छिन टक्क अडिएर हेरीन, अनि समजपाओगी आप…..? भनेर आफ्नो बाटो लागीन। त्यो दृष्य झनै स्मरण योग्य लाग्यो।

रोजा र पुजा बिचको मित्रता नेपाल र भारतको जस्तो थिएन। नेपाल र भारत विचको मित्रतामा जहिले पनि नेपालले घाटा बेहोर्नुपर्छ। सँधै नोक्सान नेपाललाई नै हुन्छ। नेपाल र भारत बिचको मित्रताबाट नेपाल हालसम्म आलोचनात्मक समिक्षामा नै छ। हिजोदेखि आज सम्मको इतिहासलाई हेर्ने हो भने नेपाल भारत सम्बन्धमा भारतका स्वार्थ बढी देखिन्छन्।

अर्थात स्वार्थ पुरा गरेको छ। तर नागरिकको सम्बन्ध त इतिहासभन्दापनि पुरानो छ। खुला सिमानाका कारण आम नागरिकहरूको सजिलै आवत जावत छ। मधेसका अधिकांस घरमा भारतीय छोरी बुहारी बनेर आएकी छन् भने मधेसकी छोरीहरू पनि भारतीय बुहारी बनेकी छन्। त्यसैले होला रोटी र बेटीको सम्बन्ध छ भनेको पनि। आज पनि भारतका बिभिन्न गल्लीहरूमा लाखै नेपालीहरू काम गरिरहेका छन्। अनि नेपालका ठुला शहरहरूमा पनि त्यतिकै संख्यामा भारतीय नागरिकहरू काम गरिरहेका छन्। दुवै देशका नागरिकबीचको मित्रता हिजो देखिको थियो। आज पनि छ र भोली पनि रहनेछ ।

दुबै देशको जनस्तरको सम्बन्धलाई वेलावेला भारतीय शासक वर्गले धमिल्याउने काम गरेको छ। यो भन्दा अगाडीका नाकाबन्दिहरु पनि त्यसैका उपज हुन। सिमानाका नागरिकले भोगेको पिडा भारतीय हेपाह प्रवृतिको अर्काे उपज हो। आज सिमानामा बस्ने नेपालीहरूले रातारात आफ्ना घर जग्गा गुमाउदैछन्। नेपाल सरकारले यस्को प्रतिकार गर्न सकेको छैन। न रोजालाई यी सब कुरा थाहा थियो न पुजा यस्तालाई यस्ता कुराको प्रवाह।

रोजाले अन्नपास्नि गर्दै गर्दा पुजाको देशको सरकारले रोजाको देशमाथि नाकाबन्दि लगाएको न रोजालाई थाहा छ नत पुजालाई नै। यदी पुजा भारतीय शासक वर्गको छोरी भएको भए सायद रोजासँग उस्को यसरी सम्बाद हुने थिएन।अनि रोजा पनि नेपाली शासक वर्गको घरमा जन्मेको भए उनिहरू बीचको यो रमाइलो भेटघाटको संयोग जुर्ने थिएन। रोजा र पुजा दुबै कामदार वर्गकी छोरी भएकाले उनिहरू बिच यो रमाईलो सम्बाद चलिरहेकोछ। मित्रता दिनदिन प्रगाढ बनिरहेछ। वर्ग मिलेपछि सबै कुरा मिल्ने रहेछ। त्यसैले त मार्क्स र एङ्गेल्सले “संसारका मजदूर एक हौ“ भनेर कम्युनिष्ट घोषणापत्रमा लेख्नुभयो।

तपाईको प्रतिक्रिया