अनिताको मागि विवाह


अछुत कोपिला, मुगु ।
साझँको ५ बजेको हुदो हो सायद । साढे ६ बजेको समाचार बुलेटिन तयार गर्नको विभिन्न अनलाईन पत्रिकाहरुमा उपयुक्त समाचार हेरिहेको थिए । त्यत्तिकैमा मैले हेरिहेको पत्रिकाको लेख शिर्षकमा गएर मेरो टक्क अढियो । लिंक खोले, मैले नै लेखेको अन्जलीको अक्षता विवाह शिर्षकमा छापिएको लेखको याद आयो ।
त्यस पछि मेरो मनमा अनेक थरी कुरा खेल्न थाले । कर्णालीमा विद्यामान, बाल विवाह, बहु विवाह, अन्मेल विवाह र मागि विवाह लगायातका विवाहहरु छछल्किन्छ थाले राराको पानी जस्तै । सोचे यि सबै सामाजिक कुरिति त हुन् र राराको पानी प्रकृतिको अनुपम उपहार हो । विवाह र रारा तालको पानीलाई तुलना गर्दा सुर्यको किरण संगै रंग फेर्ने राराको पानी फिक्का भयो । मागि विवाहले अलि बढि पोल्यो मलाई । एकदम भयंकर ति केहि प्रतिनिधिका किशोरीहरुको भविष्य घुम्न थाल्ये चलचित्रको कथा जस्तै ।
यहि पुस २ गते कुरो हो, रिपोटिङ्गको शिलशिलामा छाँयानाथ रारा नगरपालिका थार्प गाउँमा गएको थिए । मुगु सदरमुकाम गमगढी देखी पैदल हिडेर जादा २ घन्टा लाग्छ । त्यो साझँ गाउँ मै बस्नु पर्ने भयो । एक जना बाजेको घरमा बस्ने निर्णय भयो । भोली विहानै फकिर्नु पर्ने थियो मलाई ।

घर परम्परागत नै थियो । सेतो बाटोले लिपेको, दुई तले , कोठा पनि साधुरै थिए । चार जना परिवार रहेछन् घरमा । आमा, बाबा, अनिल र अनिता ( जसको मागि विवाह भएको रहेछ २ वर्ष पहिले ) त्यो दिन पाँच जना भयौ हामी म सहित । खानामा भात,दाल र गुन्दुक पाक्यो त्यस दिन । केहि अनौपचारिक कुराकानी पनि भए । खास म विवाह कै विषयमा रिपोटिङ्ग गर्न भनेरै गएको थिए, त्यस गाउमा ।
छायाँनाथ रारा नगरपालिका १२ मा पर्ने थार्प गाउँ पुरै परम्परागत छ । छानो माटोले छाएको जोडिएर रहेका घर अनि छानामा सिमा छुट्याईएको छ काठको बारले । जस्ताको नाउँमा गाउँ नजिकै रहेको विद्यालय र त्यहाँको शौचालयमा मात्रै छन् । ४५ घरधुरी रहेको उक्त गाउँमा क्षेत्री र दलित समुदाय मिलेर बसेका छन् ।
खासगरि मेरो नजर त्यस घरकी छोरी अर्थात अनिता संग जुध्यो एक्कासी । यसो हेर्दा १४–१५ वर्षकी जस्ती देखिने उ पनि परम्परगत नै देखिन्छे खासमा । निधारमा रातो टिका लगाईकी,गोरी वर्ण भएकी, ओठको वायाँपट्टि कोठि , लामा रौं खाई लाग्दो जिउढाल भएकी अनिताको छाती भर्खर बढ्न थालेको छ ।
महाकाली नमुना माविको कक्षा नौ सेक्सन वि बाट वार्षिक परिक्षा पनि दिइरहेकी रैछ । ८ महिना मात्रै भएको रैछ विवाह गरेको । कुराकानी गर्दा गर्दै रातीको नौ वजिसकेको थियो । दिनभर हिडेर थाकेकोले सुत्न मन लागेको थियो । आमाले कोठा सिकाई दिएपछि, गए सुत्न भनेर ।
तर सुत्न सकिएन अनिताको मागि विवाहलाई लिएर । एक चोटी त विस्वासै लागेन मलाई कि उसको विवाह भएकै हो त भनेर । जेनतेन निदाए त्यो रात । विहान सबैरै मिर्मिरे घाम संगै उठे र घरको छानोमा गए । घरको छानो नजिकै तुमाखु तान्दै बसरिहेका थिए । अनिताका बाबा । तुमाखुको धुवाँको मुस्लो बाहिर फाल्न नपाउदै मैले बुवालाई अनिता के गर्छ भनेर सोधे । कास्दै बुढाले छोरीको विवाह भईसकेको कुरा अवगत गराए ।

उनकी छोरीको विषयलाई लिएर केहि प्रश्न सोधे मैले । उनी विवाहको बारेमा नाली बेली सुनाउन थाले एकतमासले । के गर्ने हामी गरिवहरुको जिन्दगी यस्तै त हो बाबु, काँ आफुले सोचेको जस्तो हुन्छ र । केहि वर्ष पहिले माथिल्लो घरे काईलाको पैसा सापट लिएको थिए । उन कै शब्दमा मेरो सात्या ( साथी) हो काईलो । त्यसैले ,केहि भन्न खोज्दै थे बुढा मैले रोकेर प्रति प्रश्न गरे । के अनिताको विवाह पैसा नतिरेकै कारण भएको हो ? अलि झस्किए अनिताका बा, फेरी आफ्नो कुरालाई निरन्तरता दिए ।
उनकै शब्दमा त्यईथो हईन बा हामी दुई जवान्ना ( जवान ) हुदा कुडा भया छियो । जईको छोरो भयो उईले एक जनाकी छोरीको भ्या (विवाह) गन्या । लामो स्वास लिदै उनी थप बन्दै गए । संयोगले मेरो छोरी भई त्यईको (उसको) छोरा भयो । काईलाको छोरो पनि त्यहि १४–१५ वर्ष कै होला । महिनाले मात्र जेठकान्ठा ( जेठा कान्छा ) होलान् । मेरी छोरी लाग्दो बैशाख जुन्मिई ( जन्मिई ) काईला छोरो हिन्दु अघिल्लो फागुनको होली दिन जन्म्या हो ।
समय वित्दै गयो, अनिता हुर्किदै गई । एक दिन घरमा आमा बाबावीच माथिल्लो घरे काईलाका छोरा र आफ्नो विषयमा कुराकानी भएको सुनेकी थिई उनले । काईलाको छोरा हिन्दु गाउ कै भएकोले धारा पधेरो, कहिले साथीसंग रमाईलो गर्ने वेला देख्थी उ । त्यो दिनको कुरा सुने पछि किशोरा अवस्थामा पुग्न लागेकी अनिताको मनमा एक किसिमको आकर्षण बढ्यो हिन्दुसंग । तर बाहिर कसैसंग अभिव्यक्त गरिन कहिल्यै पनि ।
उता हिन्दुलाई भने यस विषयमा कुनै जानकारी नै थिएन् । हिन्दुका आमा, बाले त्यस्तो कुरा गरेको कहिल्यै सुनेको थिएन पनि । उ पनि अनिता पढ्ने स्कुल मै पढ्थ्यो । कक्षा दशमा । तर एक दिन अनिताको घरमा विवाह गर्ने कुरा भयो । अलि सोझै थिई अनिता । आमा, बाउको निर्णयलाई नकार्न सकिन । काईलोको छोरासंग ।
अनितालाई यस पटक भने निश्चित भयो की विवाह हिन्दु संगै हुन्छ । खान पनि खाईन त्यो दिन । सवैर औछ्यानमा पल्टि सकेकी थिई । भविष्यमा समाजमा कुरितिका विरुद्ध काम गर्ने सोच बनाएकी अनिताको जीवनमा व्रजपात हुने सम्भावना वलियो बन्दै गयो । भन्दै हिन्दु– अनिताको विवाह भएरै छोड्यो । दुवै जनाका आमा,बाउको एकल निर्णयले गरिएको विवाह अर्थात अनितको मागि विवाह । मागि उल्लेखित गाउँ, अनिता र हिन्दु त प्रतिनिधि पात्र मात्र हुन् । यहाँ यस्तो अवस्था डरलाग्दो अवस्थामा छ । मुगु जिल्लामा हुने यस्ता विवाह र विद्यामान अवस्थाको विषयमा पंक्तिकारले सम्बन्धित निकायलाई सोध्यो पनि । तर सम्बन्धित सरकारी कार्यालय संग कुनै तथ्यांक छैन् । नत विद्यालयमा ।मुगु जिल्लामा बाल विवाहको अवस्था पनि प्रमुख समस्या हो भने । मागि विवाह एक अर्को कुरिती । कलिला कलिला मुखमा कोमलता भएका, उचाईमा सानै देखिने र छातीले राम्रो संग आकार नलिएका केटिहरुका पिठ्युमा बच्चा देख्दा लाग्छ । आखिर के हो त खाटी कारण ।मानव विकास सुचाकंकलाई हेर्ने हो भने मुगु जिल्लामा सबै भन्दा पुच्छारमा छ । यहाँका बहुसंख्यक जनसंख्या शिक्षाको पहुचमा नहुनु, आर्थिक अवस्था कमजोर हुनु, मानसिकतामा परिवर्तन नआउनु यस्ता किसिमका विवाहका कारण हुन ।

 

तपाईको प्रतिक्रिया