नेकपाका ६५ जिल्लाको नेतृत्व बाँडफाँड (कँहा कसको नेतृत्व पुरै पढ्नुहोस् )


काठमाडौं ्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । ६५ मध्ये पूर्वएमालेले ३९ र पूर्वमाओवादीले २५ जिल्ला अध्यक्ष पाउने गरी कार्यदलहरूले प्रतिवेदन बुझाएका छन् ।

गण्डकी प्रदेशमा भने विनासहमति नेतृत्व सिफारिस भएको छ । ११ वटै जिल्ला अध्यक्ष र सचिवमा पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट छुट्टाछुट्टै नाम केन्द्रीय सचिवालयमा सिफारिस भएको हो । ३ नम्बर प्रदेशमा १३ भूगोल जिल्ला र ४ विशेष जिल्ला कमिटीको नाम एकीकरण कार्यदलले सर्वसम्मत सिफारिस गरेको छ ।

१७ जिल्लाको नेतृत्व टुंगिन बाँकी
नेकपामा ७७ वटा भूगोल र ४ विशेष जिल्ला कमिटी छन् । तीमध्ये १७ वटा जिल्लाको नेतृत्व बाँडफाँड टुंगिन सकेको छैन । प्रदेश १ मा ३, प्रदेश २ मा १, गण्डकी प्रदेशका ११ र कर्णाली प्रदेशका २ जिल्लाको नेतृत्व कसले पाउने कार्यदलले अझै टुंगो लगाउन सकेको छैन । यद्यपि, कर्णाली प्रदेशको कालिकोट पूर्वमाओवादी र मुगु पूर्वएमालेले लिने गरी अन्तिम समझदारी हुन लागेको कार्यदलका एक सदस्यले बताए ।

एकीकरण कार्यदललाई आज अन्तिम समयसीमा
नेकपाले एकीकरण कार्यदललाई आजसम्म प्रतिवेदन बुझाइसक्न अन्तिम समयसीमा तोकेको छ । कार्यदल तहमा टुंगो नलागेका जिल्ला र प्रदेशहरूको हकमा जस्ताको तस्तै प्रतिवेदन बुझाउनुपर्ने निर्णय भइसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार प्रदेश र जनसंगठन एकीकरणका लागि बनेका सबै कार्यदलले बेलुकीसम्म महासचिव विष्णु पौडेललाई प्रतिवेदन बुझाइसक्नेछन् ।

कहाँ कसको नेतृत्व ?

प्रदेश १
पूर्वएमाले स् ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुर ।
पूर्वमाओवादी स् संखुवासभा र खोटाङ ।

टुंगिन बाँकी स् ओखलढुंगा, सोलुखुम्बु र उदयपुर ।

प्रदेश २

पूर्वएमाले स् धनुषा, सर्लाही, सप्तरी र पर्सा ।

पूर्वमाओवादी स् महोत्तरी, रौतहट र सिरहा ।
टुंगिन बाँकी स् बारा ।

प्रदेश ३
पूर्वएमाले स् मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेसागत जिल्ला कमिटी ।

पूर्वमाओवादी स् चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुली, युवा विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटी ।

प्रदेश ४
गोरखामा प्रेम गुरुङ, कास्कीमा दामोदर बैरागी, लमजुङमा कृष्णराज अधिकारी, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, बाग्लुङमा कृष्ण पाठक, मुस्ताङमा रमेश भट्टचन र मनाङमा त्रिपल गुरुङको एकल नाम पूर्वएमालेले अध्यक्षका लागि सिफारिस गरेको छ । त्यस्तै, तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना, पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी, नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ, स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाण र उदय श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस भएको छ । पूर्वमाओवादीले पनि छुट्टै नाम सिफारिस गरेको छ ।

नोट स् जिल्लाहरूमा नेतृत्वको बाँडफाँड भएको छैन । पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको नाम छुट्टाछुट्टै सिफारिस गरेका छन् ।

प्रदेश ५
पूर्वएमाले स् दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा ।
पूर्वमाओवादी स् बर्दिया, बाँके, रोल्पा, नवलपरासी र रुकुम ।

कर्णाली प्रदेश
पूर्वएमाले स् दैलेख, सुर्खेत, जुम्ला र डोल्पा ।
पूर्वमाओवादी स् जाजरकोट, सल्यान, रुकुम र हुम्ला ।
टुंगिन बाँकी स् कालिकोट र मुगु ।

प्रदेश ७
पूर्वएमाले स् कैलाली, बैतडी, अछाम, बाजुरा र डोटी ।
पूर्वमाओवादी स् कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाङ ।

यी हुन् प्रदेश ३ का सर्वसम्मत अध्यक्ष
काठमाडौं स् रामशरण ढुंगाना (पूर्वएमाले)
मकवानपुर स् बद्री लम्साल (पूर्वएमाले)
धादिङ स् नेत्रराज पौडेल (पूर्वएमाले)
रसुवा स् कर्णेल लामा (पूर्वएमाले)
सिन्धुपाल्चोक स् झम्क नेपाल (पूर्वएमाले)
दोलखा स् भीम दाहाल (पूर्वएमाले)
ललितपुर स् हरिकृष्ण व्यञ्जनकार (पूर्वएमाले)
भक्तपुर स् बचन देउजा (पूर्वएमाले)
काभ्रे स् सूर्यमान दोङ (पूर्वमाओवादी)

पेसागत विशेष– प्रेम पराजुली (पूर्वएमाले)
उद्योगी व्यवसायी विशेष– चित्रगुप्त साँवा (पूर्वएमाले)
चितवन स् पूर्वमाओवादी (टुंगिन बाँकी)
सिन्धुली स् रामकुमार पौडेल (पूर्वमाओवादी)
रामेछाप स् डिल्लीमान तामाङ (पूर्वमाओवादी)
नुवाकोट स् पुष्प लामिछाने (पूर्वमाओवादी)
युवा–विद्यार्थी विशेष स् रमेश मल्ल (पूर्वमाओवादी)
मजदुर विशेष स् गणेश रेग्मी (पूर्वमाओवादी)

३नेकपा

तपाईको प्रतिक्रिया