पढाइ सँगै सांगीतीक यात्रामा रहेका गायक क्षीतीजको नँया गित सार्वजनिक (भिडियो सहित)


रमन न्यौपाने,
सुर्खेत । गायक मोहन क्षीतीज अछाम जिल्लामा जन्मियर काठमाडौमा पढाइ सँगै आफ्नो सांगीतिक यात्रालाई पनि अगाडि बढाई रहेका छन् । क्षीतिजले पछिल्लो समय औसीको रात बोलको गित हालैमात्र बजारमा ल्याएका छन् । यो गितसँगै उनको तेस्रो गित बजारमा आएको हो । गितमा चन्द्रलाल तामाङको शब्द मनोज चौलागाईको संगीत र क्षीतीजको स्वर रहेको छ, भने यो गित बुढा सुब्बा डिजिटल प्रा.लिले सार्वजनिक गरेको हो । भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका थिए । पढाइ सँगै आफ्नो संगीतिक यात्रा अगाडि बढाएका क्षीतीज स्नातकोत्तर (भौतिक शास्त्र) मा अध्नरत छन् ।

२०६८ सालमा गित संगीत क्षेत्रमा प्रवेश गरेका क्षीतिजले पहिलो पटक मेरो देशको झन्डा बोलको गितमा आफ्नो स्वर दिएका थिए । मादब खरेको शब्द र मनोज चौलागाईं को संगीत रहेको उक्त गितले उत्कृष्ट राष्ट्रिय भाबको गित रुवरुप २०१५ को म्युजिक अवार्ड हात पार्न पनि सफल भयको थियो । उनि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै नाम बनाउन एक सफल गायक पनि हुन । यसरि सांगीतिक यात्रामा रहेका छितिजले भने, दोस्रो गितमा आफ्नै शब्द संगीत अनि आफ्नै स्वरमा गित सार्वजनिक गर्ने सोचाईमा छुँ । उनि भन्छन्, अब संगीत लाइ निरंतरता दिन्छु, स्रोता र दर्शकमाझ मन जित्ने खालका गित संगीत लियए आउनेछु, म सानै देखी गित संगीतमा रुची राख्थे सायद पढाइ सँगै सांगीतिक यात्रा अगाडि बढाउनु परेर होला अलि गाह्रो पनि हुदो रैछ ।’

तपाईको प्रतिक्रिया