पर्व मनाउँदा स्वास्थ्यको ख्याल गरौं


असोज– कात्तिक महिना वातावरणीय, धार्मिक तथा सांस्कृतिक हिसाबले जति रमणीय हुन्छ, स्वास्थ्यको दृष्टिले पनि त्यति नै महत्वपूर्ण मानिन्छ। नेपालीको सबैभन्दा ठूलो चाड दसैंको आफ्नो सांस्कृतिक महत्व भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने तथा मासु खाने, पर्वका रूपमा स्थापित भएकाले सबैलाई सूत्रमा बाँध्छ। चाडपर्व भन्नेबित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्छ। त्यसमा दसैं र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ।

बलि दिन, मजाले खान वा केटाकेटीको रमाइलो जेका लागि भए पनि प्रायः नेपालीको घरव्यवहारमा दसैंअघि नै जोहो गरिन्छ र मूल्य नभई पाउनु नै ठूलो मानिन्छ। दसैं मासुको विभिन्न परिकार चाख्ने अवसर पनि हो। त्यसैले के बूढा, के बालक, के महिला, के राजा, के रंक, के गरिब,के बिरामी सबै आआफ्नै किसिमले रमाउँछन् र भन्छन्—दसैं आयो ढोल बजाई र हरेकको भान्साबाट मासुको वासना आउँछ।

एकातिर प्रोटिनको मात्रा ज्यादै कम भएको र संक्रमित बुढा, थारा, रोगी चौपायाको मासु बनाइन्छ भने अर्को्तिर सिड्डमा हरियो रंग लगाइएका रोग नलागेका र मासु उपभोगका लागि योग्य चौपाया पनि परम्परागत रूपमा वध गर्ने, सडक—पेटी,नालीमा मासु खुल्ला राखिँदा अस्वस्थकर भई जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ। त्यसैमा झन् मासु बिक्रेताले बिक्री नभएका मासु लामो समयसम्म फ्रिजमा राख्नाले र खुलारूपमा एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनाले झन् संक्रमित हुने गरेको देखिन्छ। त्यसै त नियमित मासु सेवन गर्नेमा मोटोपना, उच्च रक्तचाप, मिर्गाैला, मुटुका रोग,आन्द्रा र कलेजोको खराबी हुन्छ भने बढी मासु र बोसो होस् भनेर पशुलाई संगिनी सुई, गर्भवतीलाई खुवाइने आइरन चक्की कुखुरालाई खुवाइँदा र पशुमा जथाभावी जबर्जस्ती औÈधी प्रयोगले मानिसमा सुपरबग उत्पन्न हुनसक्छ।

मासुमा एउटा ब्याक्टेरिया भए ७ घन्टामा २० लाख बढी पुग्छ। मासुलाई ५ देखि ६३ डिग्री सेल्सियसमा राख्न हँदैन। खाद्यपदार्थलाई भरिसक्य तातोपानी नभए सफा पानीले पर्याप्त पखाल्ने, माछामासु तथा सागसब्जीलाई भिन्दाभिन्दै भाँडाकुडा, प्रेसर कुकरमा नभए अन्य भाडामा भए पनि राम्ररी पकाउने र पकाउनुअघि र पकाएपछि बढीमा दुई घन्टासम्म मात्र भण्डारण गर्ने तथा सफा गर्ने, पकाउने सवैले साबुनपानीले हात धुनुपर्छ। मासुसँगै सागपात, फलफूल, फाइबर, दही, सलाद र प्रशस्त पानी खादाँ त्यसमा हुने रेशा वा फाइब्ररले कोलेस्टेरोल घटाउँछ, पाचन प्रणाली राम्रो बनाउँछ।

बढी चिल्लो, मसालेदार र सही ढंगले नपकाइएका खानाले कोलेस्टेरोल,ब्लड प्रेसर, युरिक एसिड र सुगर लाग्ने सम्भावना बढाउँछ।

चाडबाडका बेलामा हुनसक्ने प्रमुख तत्कालिन समस्यामा खानाको विषाक्तता र दाँत दुख्ने पर्छन्। धेरै साह्रो कुरा मासुको हड्डी,सुपारी छुर्पी चपाउँदा दाँत चोइटिनसक्छ। सानो चोइटाइले दाँत तातो, साह्रो चिसो खादा लाग्ने वा सिरिङ सिरिङ भए पनि ठूलो चोइटाइले दाँतको भित्री भाग देखिइ खपी नसक्नुको पीडा र गिजा तथा जिब्रोमा घाउ बनाउनसक्छ। थरीथरीका तथा नयाँ नयाँ स्वादिला रेशादार परिकार खानेबेला पनि दुई दाँतको बीचमा खाना अड्कन सक्छ। पहिले नै चेप छ वा किराले खाएको छ भने झनै खाना अड्कन्छ नै। उक्त अडकिएका खाना समयमै सफा नगरे कुहिन थाल्छ र अम्ल निकाल्छ। कुहिएको खाना र अम्लले दाँतलाई पनि कुहाएर पीडा दिन्छ। गिजामा समेत संक्रमण बनाउँछ। गिजा संक्रमित हुँदा गिजा सुनिने, खुकुलो हुने,रातो वा निलो हुने,रगत बग्ने र हड्डी कमजोर हुनजान्छ। हड्डी नै कमजोर भएपछि दाँत हल्लिने, दुख्ने, चपाउन नसक्ने र टन टन ,चस चस दुख्न थाल्छ।

बढी चिल्लो, मसालेदार र सही ढंगले नपकाइएका खानाले कोलेस्टेरोल,ब्लड प्रेसर, युरिक एसिड र सुगर लाग्ने सम्भावना बढाउँछ भने लागिसकेकालाई त झनै खतरा हुन्छ। मासुसँगै बोसो र छालासहित भए ट्राइग्लेसेराईड, खराब कोलेस्टेरोल बढ्नेलगायतका विभिन्न आपतकालीन तथा दीर्घकालीन समस्या ल्याउँछ। सेकुवा र पोलिएको मासुले श्वासप्रश्वास र फोक्सोमा एलर्जी,पाचन प्रणालीमा क्यान्सर निम्त्याउँछ। चिल्लो बढी र पानी कम हुँदा माइग्रेन बल्झन सक्छ। नपाकेको मासु खाँदा नाम्ले जुका वा किरा,फित्ते जुका, ब्रुसेलोसिस, क्षयरोगजस्ता रोग लाग्नसक्छ। फ्रिजले साल्मोनेला लगायतका जिवाणुलाई कल्चर गर्ने माध्यम बनी फ्रिजका खाद्यपदार्थ नतताई त्यत्तिकै खाँदा टाइफाइडलगायतका रोग, रुघाखोकी, ब्रोन्काइटिस हुनसक्छ। बोसोयुक्त मासु यसै हानिकारक हुन्छ, त्यसमा हालिने प्राणी तथा सूर्यमुखी तेलले मुटु, मसलाले कलेजो र नुनले मिर्गौलालाई प्रत्यÔ असर गर्छ।

कलेजो, मस्तिष्क, फोक्सो, मिर्गाेला आदिमा रातोमासुको तुलनामा ५ गुणा बढी कोलेस्टेरोल हुन्छ। रगत जमाएर भुटेर खाँदा नुनको मात्रा बढी हुन्छ र रक्तचाप बढाउँछ। काँचो वा उचित तापक्रममा नपकाएर खाँदा विभिन्न रोग जस्तै सुगुर, बुंगुरबाट फित्ते किरा तथा अन्यबाट आधा जनसंख्यामा मौका छोपी आक्रमण गर्ने टोक्सोप्लाज्मा गोन्डिलले आक्रमण गर्न सक्छ। काँचो मासुले विभिन्न किसिमका जुका, नाम्ले किरा तथा रोगका जिवाणु सार्ने सम्भावना हुन्छ। बंगुरको मासु खाँदा नाम्ले किरा र मस्तिष्कमा पुगे छारे रोग हुन्छ। भुटुवा, पकुवा, कवाव र झोल हालेको मासु पकाइखाने गर्नुका साथै भुडी, कलेजो, बोसेआन्द्रा, रकतीकान, हेकुलाको भरुवा पनि खाइन्छ। हिजोआज समय तथा झन्झट व्यहोर्न नचाहनेले ससेज, सलामी, मिन्स, विगस, वेकोन आदिलाई स्न्याक्सको विकल्पका रूपमा प्रयोग गर्छन्।

खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ जसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आऊ, पखाला, रिगंटा लाग्ने, आँखा पोल्ने बिझाउने, रातो हुने, वान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, कलेजो सम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ। मासु अस्वस्थ भइदिनाले १६० प्रकारका रोगले आक्रमण गर्न सक्छन्।

स्वास्थ्य समस्या नभएकामा ४५ प्रतिशत अल्कोहल हुने २ पेग वा ६० एमएल हार्ड्ड्रिय,२२ प्रतिशत अल्कोहल हुने १ ग्लास वा २०० एमएल वाइन र ४ प्रतिशत अल्कोहल हुने १ बोतल वा ७ सय ५० एमएल वियर मुटु र रक्तनलीलाई फाइदाजनक ह¬ने खोजले बताउँछन्। ३० ग्राम इथानोल वा ७ सय मिलिलिटर वियर वा ३ सय मिलिलिटर वाइन वा ६० मिलिलिटर ह्विस्कीले पुरुष तथा आधा मात्राले महिलाको मुटुमा असर नगरे पनि पेटमा खराबी,दिमागमा असर, ग्रन्थीमा असर, रोगविरुद्ध लड्ने क्षमतामा कमी ल्याउँछ। अझै मसलेदार, चिल्लो, पीरो मासुका साथ रक्सी सेवनले पेट, कलेजोमा असर,पेटको अल्सर र क्यान्सर,रक्तअल्पता, दुर्बलता,प्यान्क्रियाज ग्रन्थीमा नकारात्मक असर पर्छ। चाडवाडमा होली डे हार्ट सिन्ड्रोम अर्थात मुटुको धड्कन बेताल हुने, छिटोछिटो चल्ने र हटफेल भई अस्पताल पुग्ने अत्यधिक हुन्छन्।

तपाईको प्रतिक्रिया