तिला, कर्णालीमा लोप हुदै अस्ला माछा


नन्दराम जैसी
जुम्ला । जिल्लाको तिला गाँउपालिका १ का ४१ बर्षिय सक्क बुढा तिला कर्णाली नदिको अस्ला माछा मारेर जिविकोपार्जन गर्ने एक कृषक हुन् । साउनको बर्षे भेलमा होस् वा पुसको बरफ जम्ने नदिमा जस्तोसुकै मौषममा पनि ३० बर्षयता उनि दैनिक जाल बोकेर नदिमै माछा मार्न ब्यस्त छन् । नदिमा अस्ला माछा मारेर जेनतेन उनको घरखर्च त संचालन भैइरहेको छ । तर पछिल्लो समय नदिमै माछा पाईन छाडेपछि उनि भने चिन्तित छन् । नदिमा स्थानिय प्रजातिको अस्ला माछा मारेर उनि दिनको पाँच सयदेखि एक हजार रुपैया कमाउछन् । त्यहि कमाईको पैसाले उनले चार छोराछोरीको पढाई सहित आठ जनाको घरपरिवारको पालनपोषण गरीरहेका छन् ।

‘१० बर्षअघिसम्म नदिमा धेरै माछा पाईन्थ्यो, त्यो बेला दिनको आठ, दश केजि माछा मार्न सकिन्थ्यो’ उनले भने, ‘तर अहिले त्यो अवस्था छैन, दिनमा मुस्किलले एक, दुई केजि माछा मार्न सकिन्छ, यसले गर्दा हाम्रो जिविकोपार्जनमा नै धक्का पुगेको छ ।’ उनका अनुसार तिला कर्णालीमा अस्ला माछा पाईन छाडेपछि उनि जस्तै माछामा आधारीत हजारौ कृषकहरुको जिविकोपार्जनमा असर पुगेको छ । नदिमा माछा पाईन छाडेपछि उन्नत जातको माछा पालन गर्दै आएका तातोपानी गाँउपालिका १ का माछा कृषक कर्ण बहादुर कठायतले लोपउन्मुक अस्ला माछा ब्यवसाय गर्न संभव नभएको बताए । उनको अनुभवका आधारमा नदिमै अस्ला माछा संरक्षण गर्न माछा मार्ने विधि परम्परा अनुसारकै हुनुपर्नेछ । माछा धेरै मारेर भन्दा माछा मार्ने विधि गलत भएका कारण अस्ला माछा लोप हुदै गएको विज्ञहहरुको अनुमान छ ।

समयमै माछा संरक्षण गर्न नसके केहि बर्षपछि अस्ला माछानै नदिबाट सकिने संभावना देखिन्छ । माछा मार्दा नदिमा जथाभावी रुपमा बम हान्ने, ढुंगा, बालुवा उत्खनन गर्ने, डोजर लगाउने, विषादी प्रयोग गर्ने, करेन्ट लगाउन जस्ता कार्यले अस्ला माछा सकिदै गएको हो । निकै स्वादिलो, लोप उन्मुख तथा विश्वकै एक मात्र कर्णालीमा पाईने अस्ला माछा र अन्य जातिको माछा संरक्षण गर्न कर्णालीका स्थानिय तहहरुले निति, ऐन बनाएर अघि बढ््ने भएका छन् । जलिय जैविक विविधता संरक्षण सम्बन्धी विधेयकका बिषयमा परामर्श गरेर जिल्लाका स्थानिय तहले माछा संरक्षणमा लाग्न सबै प्रकारका उपाय, कार्यक्रम तथा ऐन अवलम्बन गर्ने बताएका हुन् ।

स्थाानिय तहमा संरक्षण ऐन
तिला कर्णालीको अस्ला माछा संरक्षण तथा कर्णालीका जलाधार क्षेत्रलाई मच्छय पर्यटनका रुपमा विकास गर्न माछा संरक्षण गर्नु आजको पहिलो आबश्यकता हो । मानविय विभिन्न गलत क्रियाकलापले लोपउन्मुख अबस्थामा पुगेका माछा संरक्षणका लागि स्थानीय तह तथा प्रदेश सरकारले छुट्टा छुटै नीति, नियम बनाएर अवलम्बन गर्नुपर्ने कानुनबिद नारायण बेल्वासेले बताए । जलचर संरक्षण ऐन २०१७ ले माछाको संरक्षणमा टेवा नपुगेको र मनपरी माछा मार्ने विरुद कडा सजाय नभएकोले, आबश्यकता अनुसार प्रतिबन्धका नीति ल्याउन आबश्यक रहेको उनको भनाई छ । नेपालका महाकाली, राप्तीसँगै कर्णाली नदि जलाधार क्षेत्रमा माछा संरक्षणका लागि काम गर्दै आएको पानी परियोजनाले पनि यस बिषयमा जुम्लामा जनचेतना तथा सरोकारवालासँग छलफल, अन्र्तक्रियाका कार्यक्रम संचाललन गर्दै आएको छ ।

माछा संरक्षणका लागि भनेर नदिमा ठुलै डयाम निर्माण गर्नेमाथी प्रतिबन्ध लगाउने अधिकार स्थानीय तहलाई छैन्, तर ऐन बनाएर त्यस्ता क्रियाकलाप रोक्नुका साथै नदिमा जथाभावी बम हान्ने, ढुंगा, बालुवा उत्खनन गर्ने, डोजर लगाउने जस्ता कार्यलाई भने प्रतिबन्ध लगाउन सक्छौ’ तिला गाउँपालिका अध्यक्ष रतननाय योगीले भने, ‘प्रदेश सरकार संग कानुन नबाझिने गरी माछा संरक्षणका साथै मच्छय पर्यटनको गतिविधि अगाडी बढाउने छौ ।’ तातोपानी गाउँपालिकाका उपाध्यक्ष गंगादेवि उपाध्यायाले भनिन्, ‘माछा मार्ने बढि र संरक्षण गर्ने कम भएपछि अस्ला माछा लोभ हुन पुग्यो, त्यसैले माछा संरक्षणको अभियान संगै मच्छय पर्यटनको विषयलाई अघि बढाउने छौ ।’

मत्स्य पर्यटनको विकास गरिने
कर्णाली क्षेत्र आफैमा एक पर्यटनको सम्भवानै सम्भावना भएको ठाउँ हो । यहाँ पर्यटकिय गन्तव्यहरु हजारौको संख्यामा छन् । ताल तलैया झरना, मठ मन्दिर, भाषा सांस्कृति र पुरातात्वीक महत्व बोकेका क्षेत्रहरु कर्णालीमा छन् । जाजरकोट दरबार देखि मुगुको राराताल, जुम्लाको चन्दननाथ, गुठिचौर छुमचौर तथा सुर्खेतका बुलबुले काँक्रेविहार तथा देउती बजै लगायत हजारौ पर्यटकिय क्षेत्र कर्णालीमा छन् । भौतिक पर्यटकिय सम्भवाना जतिकै जलाधारको सम्भवाना पनि कर्णालीमा उतिकै देखिन्छ ।

कर्णालीमा जलाधार पर्यटकनको सम्भावानालाई मध्यनजर गर्दै, कर्णाली प्रदेशमा रहेका जलाधारहरुलाई मत्स्य पर्यटन क्षेत्रका रुपमा विकास गर्न सकिने चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले बताईन् । उनले भनिन्, ‘कर्णाली नदीसंग जोडिएका विभिन्न जलाधार क्षेत्रहरुमा माछाको सम्भवाना धेरै छ, यसलाई पर्यटन जलाधारका रुपमा विकास गर्दा, लोेपउन्मुख जलप्रणालीको पनि संरक्षण हुन्छ ।’ विश्वमै पाईने ३ प्रकारका माछा नेपालको कर्णाली नदीमा मात्रै पाईन्छ । जो हेर्नका लागि कर्णालीका नदी छेउछाउमा दैनिक पर्यटकहरु आउने गर्दछन् । मुगुको रारातालमा रहेका अस्ला माछा हेर्न आउने पर्यटकहरु पनि उतिकै छन् । कर्णालीमा पाईने माछाको संरक्षणका साथै, पर्यटन प्रबद्र्धनका लागि जलाधार क्षेत्ररुलाई मत्स्यय पर्यटनका रुपमा विकास गर्नुपर्ने भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिब तथा माछा विज्ञ शिवशंकर चौधरीले बताए । ʻकर्णालीमा माछा विज्ञ आबश्यकता अनुसार नहुँदा, माछाको अनुसन्धान तथा खोजी हुन सकेको छैन, यसमा अनुसन्धान गरी माछा संरक्षण गर्नसके कर्णाली मत्स्य पर्यटकको केन्द्र बन्नेछ’ उनले भने, ‘कर्णालीको आर्थिक समृद्धी पर्यटनबाटै सम्भव छ, कर्णालीका सबै स्थानीय तह र सरकारले यहाँका जलाधार क्षेत्रलाई मत्स्य पर्यटनका रुपमा विकास गर्नुपर्छ ।’ नेपालमा पाईने २ सय ३२ प्रजातीका माछा मध्य अधिंकाश कर्णालीका जलाधार क्षेत्रमा पाइन्छन् । अहिले कर्णालीमा मात्रै १ सय ६५ प्रजातीका माछा पाईन्छ । यिनै माछा संरक्षणका लागी विज्ञहरुले जलिय जैविक विविद्यता संरक्षण ऐनको आबश्यकता रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया