र्‍याफ्टिङ गर्दा कर्णालीमा डुबेर अष्ट्रेलियन नागरिकको मृत्यु


कालिकोट । कर्णाली नदीमा र्‍याफ्टिङ गर्दा डुबेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ । शान्नित्रिवेणी गाउँपालिका २ आम्तडा नजिकै कर्णालीमा र्‍याफ्टिङ गर्दा नदीमा खसेर अष्ट्रेलियन नागरिक एनियनको मृत्यु भएको हो ।

मुगुबाट सुर्खेततिर आउँदै गरेको अवस्थामा बोर्ट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले जानकारि दिए ।

पाँच जनाको टोलीमा चारजना सकुशल रहेको डीएसपी शर्माले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया