अप्सरा हुन् कि रारा


 

कविता – लेखक

हेर्दै जाँदा जगत दुनियाँ, वेदना भूल्छ सारा
लेटेकीछिन् सुरम मुगुमा, अप्सरा हुन् कि रारा

निलो पानी टिलपिल गरी, देखिने कुण्ड कस्तो
छल्का सुन्दा छमछम गरी, नाचने ताल जस्तो

ह्ेर्दा लाग्ने गगन यसमा, एक चांैटो खसेको
हेला लाग्ने हृदय बिचमा, थप्प आई बसेको

डाँडा काँडा वरपर यही, ती परी नागवेली
लाग्छिन् रारा हृदय सबका, स्वर्गकी हुन् कि चेली

डाँफे याँही रनवन उडी, गाउ“ने मिष्ठ गाना
नाच्ने सारा मृग पशुहरू, जीवका जाति साना

फूलै फुल्दै मगमग गरी, बास छर्ने वनैमा
तान्ने साहै्र हृदय सबका, छाप राखी मनैमा

टिप्दै उन्दा कुशुम वनका, बन्छ माला गलैमा
पौड्ने याँही असल असला, जीव कैँयौ जलैमा

कालो भालू मृग र चितुवा, खेलने कश्तुरीको
देख्दा हट्छन् विरह मनका, हो कि स्वर्गैपुरी यो

सन्ध्यामा ती टिलपिल गरी, देखिने जुनतारा
लोभ्याऊने मनहरु सबै,अप्सरा हुन् कि रारा

ह्ेरी कल्यै पनि नमिटिने, धीत तिर्खा त मेरा
केरी कैल्यै पनि नसकिने, प्रीति नौलाख मेरा

विरही साइँला (जङ्ग बहादुर बुढा)
कनकासुन्दरी ३ ओखरपाटा, गौरी,जुम्ला
रचनाकालः २०५८— ७ —२०

तपाईको प्रतिक्रिया