सेतेको प्रेमकथा


लेखक

अछुत कोपिला,

असोजको महिना भएकोले दिनभरी काम गरेर थाकेको थिए । साझँ ८ वजे मात्र काम बाट फर्किएको थिए त्यो दिन । संयोगले त्यो दिन विहिबार परेको रहेछ । भाईले भनेपछि मात्र थाहा पाए । भाईले विहिबार रेडियो खुला आकासमा रेडियो विम्ब कार्यक्रम बज्ने याद दिलायो । आफुलाई मन पर्ने भएकोले कार्यक्रम सुन्नको लागि मोवाईलको चार्ज नसकाउन भने कार्यक्रम सुन्नको लागि । सायद त्यति बेला साढे ८ बजेको हुदो हो । त्यत्तिकैमा माईला बाको छोरा रमेशले आफ्नो मोवाईलमा रेडियो कर्णाली लगायो राती आठ बजेको समाचार बजिरहेको थियो । लगत्तै बहिनी तेन्जिताले सबैलाई खाना खान बोलाई । सबै जना खाना खान जम्मा भयौ । त्यो दिन खाना दाल,भात मासु र चट्नी बनेको रहेछ । हामी चार, पाचँ जना भएकोले हल्ला अली बढी नै गरिरहेका थिए । वीचमा हाम्रै गाउँका भक्त बाजेको छोरा सेतेले अघिल्लो हप्ता फुलपातीको वेला बजार गएको बेला कार्यक्रमको नाममा दुई चार वटा मुत्तक लेखेर पठाएको जानकारी गरायो सबैलाई । खाना खादै रेडियो विम्ब सबैजना मिलेर सुन्ने निर्णय ग¥यौ । समय वितेको थाहै भएन । ९ ः १५ भएसकेछ । मैले भाईलाई रेडियो खोल्न भने कार्यक्रमको प्रोमो बजीरहेको थियो । पुर्ववत निर्णय अनुसार सबैलाई शान्त हुन आग्रह गरे मैले । कार्यक्रमको शुरुवात नै मुत्तक बाट भयो ।

गित बन्यो गाउनलाई,गायक भएन ।
भन्छौ तिमी सधै भुगोल,पायक भएन ।
तिम्रो जन्म्यौ सहरमा, म त गाउँघरमा,
त्यसैले त हाम्रो माया, लायक भएन ।।

कार्यक्रम प्रस्तोताले शुरुवात मै बाचन गरे । प्रस्तोताले कार्यक्रमको शुरुवात मै बाचित मुत्तक तातोपानी गाउँपालिका वडा नम्बर ६ का सेते सुनार साहित्यिक नाम असफल प्रेमीले पठाएको मुत्तक भएको जानकारी गराए । हामी सबैले सेतेको मुखतिर हे¥यौ, उ अलि नर्भस भएको जस्तो देख्थ्यिो , हामी गल्ललल हास्यौ, उ झन रातोपिरो भयो लाजले । अरु बेला खासै नबोल्ने बहिनी तेन्जिताले एक्कासी सेतेलाई कसैको प्रेममा पागल नै भएका जस्ता छन । भनेर हाँसी । तेन्जिताको हाँसो नसकिदै रमेशले भन्यो , एए होला अस्ती हातमा सेते प्लस अनुसा लेखेको थियो । अनि भाईले पोहोर साल हिउँदमा ट्युसन पढ्न जाँदा सिकाएको थिईस गोरी गोरी,बाटुल्लो अनुहार गरी त्यै हो , भनेर सोध्यो ? म भने एकोहोरो भएर रेडियो सुनिरहेको थिए । सेते केहि बोलेन । संयोगले त्यो दिन फोन मार्फत सहभागिता जनाउने स्रोताले पनि अहिले पनि हाम्रो समाजमा विद्यामान कथित तल्लो जात माथिल्लो जातको विषयमा केन्द्रीत भएर साहित्य बाचन गरिरहेका थिए । फेरी प्रस्तोतताले असफल प्रेमी जि कै मुत्तक जोड्ने भनेपछि सब जन चुप भएर ध्यान दिएर सुन्यौ ।

तिम्रो मेरो संगतमा , फरक के छ र ।
दुईटा जात जगतमा , फरक के छ र ।
हरेक पल धड्किने, धड्कन पनि एउटै ,
एउटै रातो रगतमा , फरक के छ र ।।

सेते झन लाजले भुतुक्कै भयो यसपाली मैले पनि जिस्काए कस्ती प छे पागल मात्र होईन महा पागल नै भएको रैछ यो त । हामी सबैले जिस्काउदा खासै प्रतिक्रिया नदिएको उ एक्कासी फरक अवतारमा प्रस्तुत भयो । अलि अलि साहित्यिक, अलि अलि रोमान्टिक थियो उ पहिले देखी नै । खुरुखुरु आफ्नो प्रेमको राम कहानी भन्न पो थाल्यो सेते । मैले रेडियोको व्यान्ड अलि सानो पारे रमेश, तेन्जिता र भाईले पनि ध्यान दिएर सुन्न लागेको आभास मलाई भयो । पुर्णिमाको बेला भएकोले भान्सा भित्रको धुवाँमा वस्नु भन्दा ओटालोमा गएर उनको अर्थात सेतेको प्रेमकथा सुन्ने भयौ हामी । रमेशलाई गलैचा लिएर आउन भने, तेन्जिताले कुचो लगाईएर ओटालो बढारी । पुर्णिमाको जुन आफै पनि टलटलाउदो सियो हरिए पनि पाईएला जस्तो गरेर चम्की रहेको थियो । पुरा खुला थियो आकाश, तिला नदी पनि आफ्नै सुरमा निरन्तर बगीरहेको थियो सलललल….. । सबै व्यवस्था मिलेपछि हामी अरु वरीपरी वस्यौ र सेतेलाई वीचमा राख्यौ । उसले यसरी शुरु ग¥यो आफ्नो प्रेम कहानी ।।

उसको शुरुवात नै भावुक पाराको थियो । सायद कसैले अन्दाजमा भनेको पक्कै होईन होला मायामा धोका खाएर की कसैको मायामा पागल भएर भनेको हुनु पर्छ मायामा एक किमिसको अदृष्य शक्ति हुन्छ भनेर, ठिक त्यहि कुरो लागु भयो मेरो मायाको जीवनमा । २०७० साल तिरको हो । म पहिलो पटक ९ पास गरेर कक्षा १० को ट्युसन पढ्ने भनेर बजार गएको थिए । पहिलो पटक बजारमा करिब ३ महिना वस्ने गरेर गएको पनि पहिलो पटक थियो । एउटा डेरा लिएको थिए ट्युटन सेन्टर नजिकै पढ्न जान,आउन सजिलो होस भनेर । घरमा बाले कोठा व्यवस्थापन, किताव, कापी , कमल र लुगा तथा अन्य खर्च गर्न भनेर रु १५ हजार दिएका थिए । पढाई पनि शुरु भयो । पहिलो चोटी पढ्न भनेर घर छोडेर गएकोले होला बजारको वातावरणसंग खास परिचित थिईन म । मेरो स्कुलमा पढ्ने करिब १५–२० जना जती साथीहरु पनि थिए । पढाई चलिरहेको थियो । उ अलि अक्ककिदै भन्यो अह पढाई शुरु भएको २०–२५ दिन भएको हो । एक दिन एक्कासी एउटा केटिले मलाई ट्युसन आउदा बाटोमा सोधी तपाईको घर कहाँ हो भनेर । मैले मेरो घर साविकको लाम्रा ८ अहिलेको तातोपानी ६, रावतबाडामा हो भने । अलि मुस्कुराउदै अनि नाम चाहिँ के हो नी भनेर सोध्न पाएकी थिईन मैले सेते सुनार साहित्यिक नाम असफल प्रेमी हो भन्दै माक्स झिके । उसले यो नाम कतै सुने जस्तो लाग्यो भनी । हुन सक्छ मैले भने । अह अछुत कोपिलाले चलाउने छ नी रेडियो नारी आवाज बाट बज्ने कार्यक्रम के ? मुत्तकिला मन भन्ने त्यहि कार्यक्रममा सुने जस्तो लाग्छ । उसले आफु कन्फ्युज हुदाहुदै मुख बाट फुस्काईहाली । ट्युसन सेन्टर भेटिन लागेकोले लामो गरिन होला कहिले काहिँ मुत्तकहरु पठाउने गर्छु मैले भने । कस्तो राम्रो लाग्छ मलाई त तपाईको मुत्तक सुन्छु म प्राय उसले मायालुमा पारामा बोली । नाम के रैछ भनेर सोधी हाले मैले पनि आफ्नो नाम के प¥यो भनेर । उसले भनी अनुसा, फेरी मैले भने अनुसा के नी अनुसा कठायत भन्दै आफ्ना साथीसंग हिडिहाली उ ।्

उसले एकोहोरो बोली रहेको थियो । हामीले सुनी रहेका थियौ ध्यान दिएर । सेतेले लामो स्वास लियो । रोकिन लाग्यो कि भन्ठानेर मैले अनि के भयो भनेर जोड्ए । आफ्नो कुरालाई निरन्तरता दिदै फेरी शुरु ग¥यो सेतेले । त्यस पछिका दिनहरुमा निरन्तर कुराकानी हुन थाल्यो हाम्रो । राम्रो संग परिचित भयौ हामी । समय समयमा उ मेरो नोट कपी मागी रहन्थी । कहिले काँहि म पनि माग्थे यसरी नै चलिरहेको थियो मेरो पढाई । हिड्दा हिड्दै बाटो लाग्छ भने झै उ म संग एकदम नजिक हुल थाली । वस्ने डेरा संसंगै भएकाले ट्युसन आउदा जादा संगै आउन जान थाल्यो हामी । समय वितेको थाहै भएन ट्युसन पनि सकिन लाग्यो । ट्युसन विदा हुनुभन्दा पहिला एक दिन पिक्निक जाने सल्लाह भयो ट्युसनमा । पिक्निक शनिबार जाने भन्ने सल्लाह भयो केटिएस । त्यसको तयारीमा लाग्यौ सबै साथीहरु । शनिबार पनि आयो पिक्निक गयौ । अनुसा र मेरो कोठा संसगै भएकोले सगै गयौ । हामीसगै ट्युसन पढ्ने साथीहरुका प्रेमका विषयमा कुराकानी गर्दै थियौ हामी । क्याम्पस र कर्णाली माविको वीचमा पुगेका हुदा हौ हामी सायद । अनुसाले एक्कासी आज एकान्तमा भेट्नु पर्छ है सेते भनी । मैले भेटेकै त छौ प्रत्येक दिन अनि किन भेट्नु प¥यो एकान्तमा भनेर सोधे आश्चर्य मानेर । भेट न काम छ के भनेर उ अलि अगाडि गई पछाडि साथीहरु आएकोले म पछि परे । त्यस पछि हाम्रो भेट नै नभएर केटिएस पुग्यौ हामी । सबै साथीहरु पिक्निकको तयारीमा लागे । म पनि सबै साथी संगै मिसिए । अनुसाले मलाई बेला बेला आँखाले ईसारा गरि रहेकी थिई । म पनि उपयुक्त समयको पखाईमा थिए । अनुसाले कसैले नदेख्ने गरि केटिएसको पावर हावस पछाडि तिर आउने ईसारा गरी । मैले पनि उसैगरि स्विकृति जनाए । साथीहरु संग समय मिलाएर म उ भएको तिर गए । उ भने अघि नै त्यहाँ पुगिसकेकी थिइ । म त्यहाँ पुग्न वित्तिकै मुसुस्क हाँसी । औपचारिकता निभाए मैले । एक किसिमको कौतुहलतामा थिए म सोधि हाले । किन बोलाउ एकान्तमा । के छ त्यस्तो ईस्पेसल । उ भने पुरै कन्फिडेन्स देखिन्थी । बस न पहिला ,उसले भनि । सेते हेरन पर रुखमा परेवाको जोडि , अलि रोमान्टिक रुपमा पनि प्रस्तुत भई उ । हाम्रो पनि यस्तै जोडि हुन्छ होला है , घुमाउरो रुपमा प्रेम गर्ने कुरा अभिव्यक्त गरि । हामी वीच करिब साधा घण्टा विविध विषयमा कुराकानी भयो, अन्त्यमा मलाई प्रेम गर्ने बताई उसले । त्यति बेला भने अलि भावुक देखिन्थी । म भने नाजवाफ भए । उसले भन्यो । त्यति बेला १० बज्न लागेको थियो । रमेश र तेन्जिता निदाई सकेका थिए । सेते भने केहि उत्सुक पारामा सबै वृतान्त बताईरहेको थियो ।

मैले अनुसाको प्रेम त्यहि दिन स्विकार गरिन । म कहाँ सुनारको छोरो उ कठायात की छोरी हामी वीच धेरै कुरामा असहमता छ । पछि एक एक गरि पिक्निक स्थलमा फर्कियौ कसैले चाल नपाउने गरि ,रमाईलो गर्यौ । बेलुका घर फर्किेयो । त्यस पछिका दिनमा भने हामी परिक्षा नजिकिएकोले औपचारिक रुपमा भेट हुने अवसर खासै जुटेन । दुुबै जना संग फोन नभएकाले पनि सम्पर्कमा भएनौ हामी । परिक्षा पछि मात्र उसको मामाको घर हाम्रो गाउँ नजिकै भएकोले भेट भयो । लामो बसाई भयो , त्यो बेला भने । जिन्दगीका उकाली ओरालीका विषयमा कुराकानी धेरै भए । वीच वीचमा मलाई माया गर्ने कुरा बारम्बार दोहोएई उसले । तिमी माथिल्ला जात की कहाँ म तल्ला जातको दलित केटा हामी वीचमा मन त मिल्ला तर रहनसहन , चालचलन मिल्दैन तिमी आफ्नो जिन्दगी बर्वाद नगर भनि सम्झाए मैले । उ मानिन , हामी वीच करिब २ वर्ष प्रेम भयो । समय बित्दै भयो । हाम्रो सम्बन्ध अरुलाई उसको घर का लाई मेरो घरका लाई पनि थाहा भयो । हामी झन झन नजकिन थाल्यौ । परिवार हाम्रो प्रेमका बाधक थिए । आखिर कथित जातियताको खाडलकाो पछाई हाम्रो बालापानको निश्चल प्रेमले हार्यो । उसको विहे १७ वर्षे कलिलो उमेर मै बजार क्षेत्रको एक उ भन्दा झण्डै पाँच वर्ष जेठो बह्मणको एक केटा संग भयो । उसले रोमान्टिक सिन बाट शुरु भई कारुणिक सिनमा अन्त्य भएको फिल्मको कथा जस्तो आफ्नो कथाको पनि अन्त्य गर्यो । त्यति बेला रातीको ११ वजि सकेको थियो । सेतेको कथा सुन्दै रेडियो बन्द गर्नै बिर्सेको रैछु । रेडियो बन्द गरे । रात घर्कि सकेको र कामले दिन भरीले थालेकोले सुतियो । भोली भने सेतेको घरमा मेलाको घाँस काट्न जानु पर्ने थियो ।

तपाईको प्रतिक्रिया