अर्गानिक खान्कीको माग बढ्दो, तर उत्पादन घट्दै


नन्दराम जैसी,

जुम्ला स् कर्णालीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यहाँको अर्गा्निक खान्की पर्न थालेको छ । कालिकोट, जुम्ला हुँदै मुगुको रारा जाने पर्यटक समेत जुम्लामा रहँदा अर्गा्निक खाना नै रुचाउँछन् । पछिल्लो समय यहाँका अधिकांश होटलमा पर्यटकहरुको मुख्य रोजाइ नै अर्गा्निक खाना पर्न थालेको छ ।

जुम्लाको मार्सी चामलको भात, सिमी, स्याउ, स्याउको चाना र ब्राण्डी, ओखर, फापरको पीठो, कोदाको पीठो, मकै, गहुँ, आलु, गेडागुडी र अन्य फलफूल लगायत अर्गा्निक खानाको माग बढ्न थालेको हो ।

यहाँ घुम्दा अर्गा्निक खाना खाने र फर्केर जाँदा पनि अर्गा्निक उत्पादन किनेर लैजाने चलन बढेको हो । पर्यटकको माग अनुसार स्थानीय होटल व्यवसायीले समेत अचेल मार्सी चामल, सिमी, स्याउको चाना लगायत खान्कीलाई आफ्नो ‘मेन्यु’मै समावेश गर्न थालेका छन् ।

‘अधिकांश पर्यटकहरु मार्सी चामलको भात नै खान खोज्छन्,’ होटल व्यवसायी कृष्णबहादुर रावलले भने । मार्सीको भात बाहेक अधिकांश पर्यटकहरुले अर्गा्निक सिमीको दाल, मह, घ्यू, दही जस्ता परिकार अर्डर गर्ने गरेको व्यवसायी रावलको अनुभव छ ।

यसरी अर्गा्निक उत्पादन तथा परिकारको माग बढ्न थालेको २ वर्षजति भएको होटल व्यवसायीहरुको अनुभव छ । सदरमुकामा ‘तिला अर्गा्निक पसल’ संचालन गर्दै आएकी तिलादेवी विष्टले पर्यटकहरुलाई मार्सी चामल पुर्याउन नै धौ धौ भएको बताइन् ।

उनका अनुसार पर्यटकहरु यहाँबाट कोसेलीको रुपमा अर्गा्निक उत्पादन धेरै लैजाने गरेको बताउँछिन् । जिल्ला कृषि विकास कार्यालयका विज्ञ वालकराम देवकोटाकाले हरेक वर्ष जिल्लामा अर्गा्निक परिकार सप्लाइ गर्ने चलन बढेको बताए । ‘अर्गा्निक उत्पादनबाट जिल्लामा हरेक वर्ष करोडौं रकम भित्रिएको छ, अझै यसलाई बढवा दिनुपर्छ’ देवकोटाले भने ।

जिल्लामा अहिले अर्गा्निक बस्तुको लेवलिङ, प्याकेजिङ र यसको महत्वबारे प्रचार प्रसार हुन थालेपछि स्थानीयले पनि अर्गा्निक खान्कि बेचेरै राम्रो पैसा कमाउन थालेका छन् ।

माग बढी, उत्पादन कम
अर्गा्निक उत्पादन तथा खानाको माग बढे पनि जुम्लामा व्यवस्थित रुपमा यसको उत्पादन भने घट्दो छ । जिल्लाभर अर्गा्निक अन्न तथा फलफूलको कुल उत्पादन नबढेको हो ।

बजार क्षेत्रमा केही अर्गा्निक उत्पादन बिक्रीका लागि राख्न थाले पनि कुल उत्पादन घट्न थालेको कृषि कार्यालयको भनाइ छ । कृषि कार्यालयका अनुसार खेतीयोग्य जमिनमा अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन तथा कृषि पेशाप्रतिको बितृष्ण यसको मुख्य कारक हो ।

कृषि कार्यालयले सार्वजनिक गरेको एक तथ्यांक अनुसार चन्दननाथ नगर क्षेत्रको २० रोपनी बढी खेतीयोग्य जग्गामा घर निर्माण भएपछि वार्षिक उत्पादनमा कम्तीमा ५० मेट्रीक टन उत्पादन घटेको छ ।

उत्पादनमा चासो
अव्यवस्थित सहरीकरणले पनि उत्पादनमा ह्रास ल्याएको भन्दै यसबारे जिल्लाका अगुवाहरुले चिन्ता भने गर्न थालेका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत भन्छन्, ‘देशभित्र र विदेशमा समेत यहाँको उत्पादनको माग बढ्दो छ । तर उत्पादनमा चासो कसैले दिएको छैन ।’

युवाहरुले अर्गा्निक खेतीलाई व्यवसायीक रुपमै विकास गर्नुपर्ने महतको तर्क छ । चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले पर्यटन विकास र अर्गा्निक उत्पादनका लागि खेतीयोग्य जमिनमा अव्यवस्थित रुपमा भवन निर्माण गर्न नदिने तयारी गरिरहेको बताएकी छन् ।
अन्नपुर्णबाट

तपाईको प्रतिक्रिया