मन्लाग्दी गर – गजल


लेखक

जन नेता व्यथा बन्यौ, लौ मन्लाग्दी गर साथि ।
जन्ता भोकै मरे मर्लान्, आफ्नो भूडि भर साथि ।।

तलब भत्ता वाइक गाडी, तिमीलाई नै चाहिने भयो ।
सोझा गरिब जनतालाई, लगाउदै जाऊ कर साथि ।।

न त तिम्रा बाले सके, न त तिमी किन्न सक्थ्यौ ।
निशुल्क बाइक गाडी पाछौ, भवसागर तर साथि ।।

जनताको सम्पति छ, तिम्रो बा को बिर्ता हैन ।
स्वदेश बिदेश घुम्न जाऊ, फ्री पाइने छर साथि ।।

तलदेखि माथिसम्म, च्यानल आफ्नै मिला हौला ।
घुस खान भ्रष्ट बन्न, तिम्लाइ के को डर साथि ।।

डोजर किन्नु ट्याक्टर किन्नु, बिकास गर्ने वाहनामा ।
जन्ता ठगी आनुदानु, आफ्नै गोजि भर साथि ।।

एक छाक टार्न एक जोड लाउन, हम्मे हम्मे थियोे तिम्लाइ ।
मामाको धन फूपू श्रद्धा, मोज मस्ती गर साथी ।।

मामा भान्जा साला साली, अरु अरु नातागोता ।
ठेक्का पट्टा अनि जागिर, आफ्नै मान्छे भर साथि ।।

कति बाड्यौ झुटा आशा, चुनाव हुँदा जनतालाई ।
पूरा गर्ने गति छैन, पछि पछि सर साथी ।।

पाँच बर्सको कार्यकाल यो, फेरि फर्की आउने छैन ।
बाचा पूरा गर कि त, तिमी आफू मर साथी ।।

जनता हुन् जनसागर, उर्लिएर आए भने ।
चुनाव आए पाखा लाउलान्, यति विचार गर साथि ।।

(विरहि साईला – जङ्ग ब बुढा)
कनकासुन्दरी ३ ओखरपाटा, गौरी जुम्ला ।

तपाईको प्रतिक्रिया