मोटरसाईकल दुर्घटनामा जुम्ली ब्यापारीको मृत्यु


क.पो संबाददाता

जुम्ला । मोटरसाईकल दुर्घटनामा परी जुम्लाका एक ब्यापारी युवकको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका – ६ छिनागाउँका ३६ बर्षीय ब्यापारी युवा नरेन्द्र रावलको मृत्यु भएको हो । बुधबार साँझ तिला गाउँपालिकाको त्रिवेणी स्थीत झोलुंङ्गे पुलबाट सापुल्लीगाउँ जानखोज्दा भिरको गोरेट्टो बाटोबाट कर्णाली राजमार्गको सडकमा मोटरसाईकल सहित खस्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक व्यापारी लामो समयदेखि भेडाबाख्रा गरीद गरेर सदरमुकाम खलंगामा मासु बेच्दै आएका थिए । ब्यापारीक सिलसिलामा भेडाबाख्रा खरिद गर्न गाउँमा जाने क्रममा घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश केसी बताए । मृतक रावलको शव पोष्र्टमाटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा राखिएको छ ।

तपाईको प्रतिक्रिया