कृषि उपजको बजारीकरणमा समस्या


जुम्ला ः तिला गाउँपालिका – ७ तुही, पोख्री र घोडेसिम गाउँका कृषकले उत्पादन बस्तुको बजारीकरणको व्यवस्थापनमा समस्या देखिएको छ । गाउँमा सडक संजालमा नजोडिए कारण उत्पादित कृषि उपज ठुला बजारमा लैजान नसक्दा समस्या भएको हो । वल्र्ड भिजन नेपाल र कर्णाली दिगो विकास प्रतिष्ठान(कास्डा) जुम्लाद्धारा संचालित कृषि तथा आर्थिक विकास परियोजना अन्र्तगत कृषि उत्पादनमा आएका समस्या विषय छलफल कार्यक्रममा यस्तो समस्याको पहिचान भएको हो । तिला गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया बुढाको उपस्थित रहेको छलफल कार्यक्रममा उत्पादित बस्तुको उचित बजारीकरणको व्यवस्थापन गरिदिन कृषकहरुले अनुरोध गरेका छन् ।
कृषकहरुको छलफल कार्यक्रममा सिचाई, रोगकिरा निराकरण, गुणस्तिर विउ, प्रशोधनका उपकरण, स्याउ बगैचा व्यवस्थापन, संकलन केन्द्र तथा भण्डारण, र उत्पादित कृषि बस्तुको ढुवानीका लागि सडकको व्यवस्थापन जस्ता समस्याहरु कृषकले राखेका थिए । छलफलमा आएका समस्याहरु सरोकारवाला निकाय गाउँपालिका, वडापालिका, यस क्षेत्रमा कार्यरत गैरसरकारी र स्थानीय नागरिकको समन्वयमा समाधान गर्न सकिने बताएको छ ।
तिला गाउँपालिका – ७ की निर्मला रोकायाले अब पुरुष भन्दा महिलाले सिपसिक्नु पर्ने बेला आएको बताईन् । उनले भनिन् कृषि पेशामा बढी महिला नै सहभागी हुने भएकोले स्याउ बगैचा व्यवस्थापन देखि अन्य कृषि सम्वन्धीका तालिममा महिलालाई नै सहभागी गराउनुपर्दछ ।
कास्डा जुम्लाका बजार व्यवस्थापन संयोजक श्रीराम थापाका अनुसार समस्याका साथ साथै समाधानका उपाया पनि खोज्नु पर्दछ । सरकारी तथा गैरसरकारी लगानी धेरै भएन पनि कृषकहरुको अपनत्वको भावना विकास नभएका समस्या देखिएको उनले बताए । उनले भने कृषकहरु राम्रो उत्पादन गर्न सकेको खण्डमा व्यापारी गाउँमै पुग्र्दछन् । कृषि उपज बजारीकरणको क्षेत्रमा कास्डा जुम्लाले काम गरेकाले व्यापारी अर्थात बजारीकरणको व्यवस्थापनमा सहयोग गर्ने विश्वास उनले दिलाए ।
तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले कृषकहरुका समस्याहरु गाउँ स्तरमा छलफल भएर वडापालिका हुदै गाउँपालिकामा माग गर्नुपर्ने बताईन् । उनले भनिन् यसरी आएका योजना तथा कृषकका मागहरु गाउँपालिकाले सम्बोधन गर्छ र स्थानीयको पनि जनश्रमदान देखि अपनत्वको भावाना विकास हुनु पर्दछ ।
तिला गाउँपालिका कृषि शाखा प्रमुख हिक्मतराज गिरीका अनुसार कृषि क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले लगानी गरे अनुसार उपलव्धी देखिन सकेको छैन । उनले भने धेरै कृषकहरुलाई स्याउ बगैजा सम्वन्धी तालिम दिएको र विउविजन देखि अन्य कृषि सम्वन्धीका सामाग्री पनि उपलव्ध गराएको छ तर व्यवहारमा ल्याएको पाईदैन । कृषकले उत्पादनमा जोड दिएको खण्डमा अन्य रोगकिरा निराकरण तथा सिप सिकाउने कुरामा कृषि शाखाले सहयोग गर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया