बढ्दो चोरी, शिकारीले रेडपाण्डा संरक्षणमा सकस


नन्दराम जैसी,

जुम्ला । विश्वको एक दुर्लभ सुन्दर स्तनधारी बन्यजन्तु रेडपाण्डा पछिल्लो समय मानविय गतिविधिका कारण लोपउन्मुख अबस्थामा छ । चोरी शिकारीका साथै तिब्र वनजंगल फडानीका कारण रेडपाण्डाको बासस्थानसँगै आहाराहरु सकिँदै गएपछि रेडपाण्डा संकटमा परेको हो । एक दशक अघि जुम्लाका गाँउ गाँउमा घरआगनसम्मै आउने रेडपाण्डा अहिले देखिननै छाडेको हो । हाल नेपालका २४ वटा जिल्लामा मात्र रेडपाण्डा पाईन्छ । जुम्लासँगै देशभर रेडपाण्डा दुर्लभ हुँदै गएपछि यसको संरक्षणका लागि सरोकारवाला निकाय चिन्तित बनेका छन् । रेडपाण्डा संरक्षणका लागि सरकारले छुटै नीति बनाएपनि अन्य जनावर जस्तै यसको संरक्षण हुन सकेको छैन ।

अनुसन्धानकर्ता सरोज श्रेष्ठका अनुसार हाल नेपालमा पाँच सय बढि रेडपाण्डाको संख्या छ । जसको ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा रहेको छ । यसको मुख्य बासस्थान क्षेत्र जुम्लापनि हो । रेडपाण्डाको चोरी शिकारी रोक्न तथा बासस्थान सुरक्षित बनाउन जुम्ली सरोकारवाला लागी परेका छन् । रेडपाण्डका लागि आबश्यक आहारा निगालोको पातहरु र बासस्थान पुराना टोट्का परेका रुखहरु हुन् । समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम मार्फत कर्णाली हातेमालो सेवा समाजद्धारा रेडपाण्डा संरक्षणका लागि जिल्लाका बन क्षेत्रमा १२ वटा ब्लक निर्माण गरीएको रेडपाण्डा संरक्षण अधिकृत पुरुषोत्तम जैसीले बताए । उनका अनुसार चोरी शिकारी नियन्त्रण गर्न रेडपाण्डा पाईने जंगल क्षेत्रमा स्वचालित क्यामरा समेत जडान गरीएका छन् । जिल्लाका चार स्थानिय तहमा रेडपाण्डा संरक्षण अभियान संचालन भईरहेको छ ।

रेडपाण्डा संरक्षणका बिषयमा छलफल गर्दै जुम्ली पत्रकार । तस्बिर ः नन्दराम जैसी ।

रेडपाण्डासँगै जिल्लामा वन्यजन्तुको चोरी शिकारी बढ्दो छ । तर सिकारीहरुलाई दण्ड सजाय हुन सकेको छैन । मानविय आबश्यकता परिपुर्ति स्वरुप वनजंगल विनास गर्नु र चोरी शिकारीनै संरक्षणको बाधक पक्ष हो । लजालु र धेरै डौडिन नसक्ने जनावर भएका कारण पनि यसको सिकार गर्न सजिलो रहेको बताईएको छ । वन्यजन्तुको चोरी शिकारी न्युनिकरण गर्न प्रहरी, प्रशासन र समुदाय क्षेत्रबाट अभियाननै चाल्नु पर्ने देखिन्छ । जिल्ला वन अधिकृत निरोज झाका अनुसार चेतनाको कमिका कारण रेडपाण्डा चोरी शिकारी हुने गरेपनि यसको कुनै महत्वनै छैन । ‘कुल भुभागको ४४ प्रतिशत वनजंगलले नेपाल ढाकिएको छ, तर सबै ठाउँमा रेडपाण्डा पाईदैन’ उनले भने, ‘यसको संरक्षणको लागि जिल्लाका एक सय ५० वटै सामुदायिक वनका उपभोक्ता र बनकर्मचारीहरु सक्रिय हुन जरुरी छ ।’

पर्या पर्यटनमा जोड
रेडपाण्डा संरक्षणसँगै त्यसको संख्यामा बृद्धि गर्न सके पर्या पर्यटनको विकास गर्न सकिने जुम्लामा संभावना छ । 12 feb 2019 मंगलबार सम्पन्न रेडपाण्डा चोरी, सिकार न्युनिकण तथा संरक्षणमा मिडियाको भुमिका कार्यक्रममा सहभागी मिडियाकर्मिहरुले यस्तो बताएका हुन् । पुर्वी ईलाममा रेडपाण्डा संरक्षण संगै स्थानीयबासीले पर्या पर्यटनलाई प्रर्बद्धन गरेको उदाहरण देखाँउदै बरिष्ठ पत्रकार कर्ण भण्डारीले जुम्लामा पनि पर्या पर्यटन विकास गर्न सकिने बताए ।

पर्या पर्यटनले बाह्य तथा आन्तरिक पर्यटकहरुलाई आर्षकण गराउने रेडपाण्डा अनुसन्धानकर्ता प्रगति शाहीले बताईन् । ‘स्थानियको आर्थिक उर्पाजनका लागि प्रदेश सरकारले पर्या पर्यटन विकासमा जोड दिनुपर्छ’ उनले भनिन् । नेपाल सरकारले २०१९ देखि २३ सम्म रेडपाण्डालाई पर्यटन संगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरी शिकारीमा संग्लनलाई १ वर्ष देखि १० वर्ष कैद र १ लाख देखि ५ लाख सम्म जरिवाना वा दुबै सजाय हुने काननी व्यवस्था छ । तर कार्यान्वयन पक्ष भने फितलो रहेको पाईन्छ ।

तपाईको प्रतिक्रिया