बालबालिकाकालाई शिक्षाको पहुचमा ल्याउन भर्ना अभियान


मानदत्त रावल
जुम्ला ः विद्यालय जाने उमेर समुहका बालबालिकालाई शिक्षाको पहुचमा ल्याउनका लागि जुम्लामा भर्ना अभियान सुरु गरिएको छ ।
नयाँ शिक्षिक सत्र सुरु भएपछि विद्यालय जाने सवै उमेर समुहका बालबालिकालाई विद्यालयका हाता भित्र ल्याउनका लागि भर्ना अभियान शुरु गरिएको हो । कर्णाली लगायत हिमाली जिल्लाहरुमा हरेक बर्ष फागुन महिना देखि नयाँ शैक्षिक सत्र सुरु हुने र मंसिर मसान्तसम्म शैक्षिक सत्र सम्पन्न भएर पुस माघ महिनामा जाडो विदा गरिन्छ ।
निमित्त जिल्ला शिक्षा अधिकारी महेशदत्त देवकोटाका अनुसार अझै पनि जुम्लामा २ दशमलब ५ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् ।
जिल्ला शिक्षा कार्यलय जुम्लाले विद्यार्थी भर्ना अभियानको विषयमा सरोकारवाला निकायसँग छलफल गरी विद्यालयमा स्वागत तथा भर्ना अभियान सुरु छ । माघ २६ गते देखि फागुन १० गतेसम्म सवै उमेर समुहका बालबालिकालाई शिक्षाको पहुचमा ल्याउन भर्ना अभियान सुरु गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी देवकोटाले बताए ।
भर्ना अभियानलई सफल पार्नको लागि शिक्षा बिभागबाट नारा तयार नभएको हुदा गुणस्तरिय समावेसी र समतामुलक शिक्षा सबृद्धिको आधार, शिक्षामा पहँुज सबै बालबालिकाको अधिकार भन्ने मुल नारा सहित जुम्लाका सामुदायिक विद्यालयहरुले भर्ना अभियान सुरु गरेका छन् ।
विद्यालय जाने उमेर समुहका सवै बालबालिकालाई शिक्षाको पहुज ल्याउने शिक्षक अभिभावक बीच अन्तरक्रिया कार्यक्रम, घरदैलो अभियान , प्रसारप्रचार लागतका बिभिन्न कार्यक्रम गरी भर्ना अभियान सफल पार्न गैरसरकारी संस्था किर्डाक नेपाल, क्याड जुम्ला सिडिबी, पेस नेपाल, लगायतका शिक्षा क्षेत्रमा सरोकार राख्ने संघसंस्थाले समन्वय गरी भर्ना अभियान सुरु गरिएको छ ।
२ दशमलब ५ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर
हरेक बर्ष नयाँ शैक्षिक सत्र सुरुवातसँगै विद्यालय जाने उमेरका सवै बालबालिकालाई विद्यालयको हाता भित्र अर्थात शिक्षाको पहुचमा ल्याउनका लागि भर्ना अभियान कार्यक्रम राखेपनि अझै पनि जुम्लामा २ दशमलव ५ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेका छन् ।
गरिब तथा विपन्न र अपांगता भएका बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ ।
सवै बालबालिकालाई शिक्षाको पहुचमा ल्याउनका लागि राज्यले नशुल्क पाठ्यपुस्त देखि दिवाखाजाको समेत व्यवस्था गरेका छ तर पनि कतिपय विपन्न तथा अपांगता भएका बालबालिकाहरु विद्यालय बाहिर नै रहेको निमित्त शिक्षा शिक्षा अधिकारी देवकोटाले बताए । उनले भने हिमाली जिल्लाहरुमा भिरालो जमीन भएको र अपांगता भएका बालबालिकालाई सहज रुपमा विद्यालय पुग्ने वातावरण छैन त्यसले गर्दा पनि बालबालिका विद्यालय बाहिर छन् । शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्था शिक्षा शिक्षा कार्यालय, स्थानीय सरकार तथा अभिभावक लगायत सवैको सहयोग समन्वयमा यो संख्यालाई न्यूनिकरण गर्ने अभियानमा जुटेको उनले बताए ।

तपाईको प्रतिक्रिया