श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया


जुम्ला ः १०९ औँ अन्तराष्ट्यि श्रमिक महिला दिवस भव्यताका साथ मनाउ, संविधान कार्यन्वयन समृद्धि र समानताको लागि अघि बढौँ भन्ने मूल नारा सहित जिल्लामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।


उक्त दिवसको अवसरमा संविधानमा समेटिएका महिला अधिकार र कार्यन्वयन अवस्थामा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रम पूर्वराज्य मन्त्री गोमा कुवरको प्रमुख आतिथ्य तथा पुर्व राज्यमन्त्री बलबहादुर महतको विशेष आतिथ्यमा श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम अनम संघ र अनेम संघ क्रान्तिकारी जुम्लाको आयोजनामा गरिएको हो ।


पुर्व राज्य मन्त्री बलबहादुर महत, पुर्वराज्य मन्त्री गोमा कुवँर, नेकपा प्रदेश सदस्य शान्तिलाल महत, लक्ष्मीकन्या बुढा, निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठ, नेमकिपा जिल्ला अध्यक्ष शिवलाल डाँगी लगायतका बक्ताहरुले अन्तरक्रिया कार्यक्रममा आफ्नो धारण राखेको थिए ।

तपाईको प्रतिक्रिया