रेडपाण्डा संरक्षणमा जुटे जुम्लाका धामी, झाँक्री


नन्दराम जैसी,

जुम्ला । विश्वको एक दुर्लभ सुन्दर स्तनधारी बन्यजन्तु रेडपाण्डा पछिल्लो समय मानविय गतिविधिका कारण लोप हुँदै गएपछि यँहाका धामी, झाँक्री समेत यसको संरक्षणमा जुटेका छ । चोरी शिकारीका साथै तिब्र वनजंगल फडानीका कारण बासस्थानसँगै आहारा लोप हुँदा रेडपाण्डा (हाब्रे) संकटमा परेको हो । एक दशक अघि यहाँका गाँउ ठाँउमा सजिलै देख्न सकिने रेडपाण्डा लोप भएपछि यसको संरक्षणमा चासो बढेको छ । रेडपाण्डाको छाला र हड्डी धामी, झाँक्रीले झारफुकमा प्रयोग गर्दा धेरै प्रकारका कब्जियत ब्यथा निको हुने धार्मीक जनविश्वास छ । यहि रुढिबादी जनविश्वासको अन्त्य गरी रेडपाण्डा संरक्षणमा जोेड दिने ध्येयले धाामी, झाँक्री सरक्षणमा जुटेका हुन् । धामी, झाँक्रीहरु अहिले रेडपाण्डा मारेमा पाप हुने, देविदेवताले सराप्ने जस्ता कुरा अरुलाई जानकारी दिँदै त्यसको संरक्षण गर्न सुझाब दिन थालेका हुन् ।

चन्दननाथ नगरपालिका ३ का धामी दुर्गबहादुर खत्रि मानिस बिरामी पर्दा झारफुकको भर नपर्न सुझाब दिन्छन् । ‘बन्यजन्तुको छाला र हड्डीले झारफुक गर्नु बिरामीलाई समयमै उपचारको बाटो नदिएर मुत्युको मुखमा पुर्याउनु हो’ उनले भने ‘म सँग झारफुकका लागि आउनेलाई अस्पताल जान भन्छु, नत्र गलत परम्पराले हाम्रो धन, स्वास्थ्य र बन्यजन्तु सबै नोक्सान हुन्छ ।’ अर्का झाँक्री कालिबहादुर भक्रि पनि गाँउलेलाई रेडपाण्डा मार्न नहुने बताउँछन् । गाँउमा सामुदायीक बनको बैठकदेखि अन्य भेलामा समेत उनि कसैले रेडपाण्डा शिकार गरे भविष्यमा राम्रो नहुने बताउँछन् । उनि जस्तै जिल्लाका धेरै धामी, झाँक्री, सहकारीकर्मी, युवा र आमा समुहहरु ऋहिले रेडपाण्डा संरक्षण अभियानमा छन् ।

रेडपाण्डा संरक्षणसँगै त्यसको संख्यामा बृद्धि गर्न सके पर्यापर्यटनको विकास हुने संभावनाको खोजीमा जुम्लाबासी लागेका छन् । पर्यापर्यटनले बाह्य तथा आन्तरिक पर्यटकहरुलाई आर्षकण गराउने रेडपाण्डा संरक्षण अधिकृत पुरुषोत्तम जैसीले बताए । पर्यापर्यटनको विकास गरी स्थानियको आर्थिक उर्पाजनका लागि प्रदेश सरकारको जोड छ । डिभिजन बन कार्यालयका रेन्जर खड्कलाल नेपालीले रेडपाण्डा संरक्षणका लागि सरकारले छुटै नीति बनाएपनि अन्य जनावर जस्तै यसको संरक्षण हुन नसकेको बताए ।

समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम मार्फत रेडपाण्डा नेटवर्कको सहयोगमा हातेमालो सेवा समाज जुम्लाद्धारा रेडपाण्डा संरक्षणका लागि जिल्लाका बन क्षेत्रमा १२ वटा ब्लक निर्धारण गरी उनिहरुको बासस्थान सुरक्षित गर्ने प्रयास थालीएको छ । हाल नेपालका २४ वटा जिल्लामा मात्र रेडपाण्डा पाईन्छ । जसको ४३ प्रतिशत बासस्थान कर्णालीमा छ । रेडपाण्डका लागि आबश्यक आहारा निगालोको पातहरु र यसको बासस्थान पुराना टोट्का परेका रुखहरु हुन् । आहारा र बासस्थान लोपसँगै चोरी शिकारी बढेपछि रेडपाण्डा दुर्लभ भएको हो ।

तपाईको प्रतिक्रिया