सगरमाथामा कामिरिताको अर्को विश्व रेकर्ड, २४ औं पटक आरोहण


काठमाडौं । सगरमाथा आरोही कामी रिता शेर्पाले सर्वा्धिक २४औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका छन् । ४९ वर्षे शेर्पाले आफ्नै रेकर्ड उछिन्दै मंगलबार बिहान आरोहण गरेका हुन् ।

यससँगै शेर्पाले पछिल्लो एक सातामै दुई पटक सगरमाथा आरोहण समेत गरे । यो पनि अर्को रेकर्ड हो । गत मे १५ मा उनले २३औं पटक सगरमाथा आरोहण गरेका थिए ।

आरोहणपछि शेर्पाले आफ्नो जीवनमा आरोहणबाट बिश्राम लिने कुनै योजना नरहेको प्रतिक्रिया दिएका छन् । शेर्पाले २३औं पटक आरोहण गर्नुअघि मिडियासमक्ष आफू ६० वर्षको उमेरसम्म आरोहण गर्नसक्ने बताएका थिए ।

सन् १९९४ मा शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यससँगै उनी अन्तर्रा्ष्ट्रिय कम्पनीका लागि गाइडको रुपमा काम गर्दैआएका थिए । यद्यपि उनले पेशाको दौरानमा कहिल्यै रेकर्ड राख्नेबारे नसोचेको बताएका थिए ।

तपाईको प्रतिक्रिया