नगरपालिका भित्रकै सडक वर्षौदेखि हिलाम्य


सागर परियार,

साविक कर्णालीको सबै भन्दा पहिलो नगरपालिका हो, जुम्लाको चन्दननाथ । नगरपालिका घोषणा भएको झण्डै एक दशक बित्न लागिसकेको छ । १० वटा वडा रहेको यस नगरपालिकाले गाउँ गाउँमा सडक पुराएको छ । गाडी भने कतै गुड्दैनन् । सधै हजारौ मानिसको भिडभाड हुने, सयौ सवारी गुड्ने नगरपालिका भित्रका सडक दशकौ देखि हिलाम्यनै छन् ।

नत सडकका नाली छनु, नत ग्राबेल छन् सडकमै घरको पानी फाल्ने, र पानीका पाईपहरु गाडीले कुल्चेर काटिएपछि दैनिक हिलाम्य सडक हुने गरेका छन् । स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बित्यो, तर सडकको दर्दनाक अबस्थाले काँचुली नफरेको प्रति नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले आपत्ती जनाए । नगरपालिका घोषणा भएको एक दशक, स्थानीय निर्वाचनको दुई वर्ष बितिसक्दा पनि नगरभिका सडकको अबस्था हरि बिजोग देख्दा राज बहादुर महत जस्तै सयौ जुम्लाबासी आक्रोसित भएका छन् ।

नगरभित्रका ६ वडामा पर्ने जिल्ला हुलाक कार्यालय, जुम्ला हुँदै बसपार्क जाने सडक, टेलिकमको पछाडीबाट ४ नम्बर सिंहाचौर जाने सडक, कृषि अनुसन्धान नजिकको सडकको दशकौ देखि हिलाम्य नै छन् । साथै, सिप विकास केन्द्रमा जाने सडकको अबस्था पनि उस्तै छ । हिलाम्य हुँदा नागरिकलाई आवतजावतमा सास्ती हुने गरेको छ । कर्मचारी, स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिबाट सधै उपेक्षामा पर्ने गरेकाले उक्त सडक बाह्रै महिना हिलाम्य हुँदा नागरिकले सास्ती खेप्नु परेको हो ।

हामीले कालोपत्रे होस भन्ने भनेका छैनौ, नगरपालिका ४ की कल्पना नेपालीले भनिन, कम्तीमा पनि सामान्य खालको ढल निकासाको लागि नाली बनाएर ग्राबेल मात्रै गरिदिएको भए हुन्थ्यो भन्ने आशा हो उनले भनिन । पहिला पनि उस्तै जनप्रतिनिधि आईसकेपछि पनि सडकको अबस्था उस्तै भएको प्रति गुनासो गरिन । नगरपालिकाले विकास निर्माणमा विशेष प्राथमिकता दिँदै, करोडौं बजेट छुट्याए पनि नगरभित्रकै अधिंकाश सडकको अवस्था नाजुक हुँदा पनि वास्ता गरेको छैन ।

जिल्ला हुलाक कार्यालय हुँदै कारागार राहदेउ जाने सडक सबै भन्दा पुरानो सडक हो, तर पावर दबाबका आधारमा विकास हुनथालेपछि पुराना सडकहरु हिलाम्य बनेको नगरबासीको गुनासो छ ।

पुरानो बजारै सुनशान
जिल्ला हुलाक कार्यालय हुदै, बसपार्क जाने नगरपालिकाको सबै भन्दा पुरानो सडक हो । गाउँका पुराना व्यक्तहरु कहिले सदरमुकाम आउँदा त्यहि बाटो हिड्छन् । पहिला त्यहा नजिक ब्रक पनि थियो । तर विकासमा समानुपाति सिदान्त नभई व्यक्तिबाद र दबाबका आधारमा विकास हुन थालेपछि पुरानो बजार हिलाम्य सडककै कारण सुनशान भएको छ ।

नयाँ सडकहरु कालोपत्र गरेर बजारको प्रबेशद्धारा बनाएपछि, पुराना सडकहरु हिलाम्य अबस्थामा भएको स्थानीइ काली शाहिले बताईन । पहिला निकै व्यापार हुनथ्यो, तर अहिले आवतजावतमा पनि समस्या हुन थालेको छ । सडकको सुधारमा नगरपालिकाले बेवास्ता गरेको उनको गुनासो छ । यसै बाटोबाट कैदीबन्दीलाई जिलला प्रहरी कार्यालय र अदालतबाट कारागार राहदेउ लैजाने गरिन्छ ।

पञ्च्यात, प्रजातन्त्र हँुदै अहिले लोकतान्त्रिक जनप्रतिनिधि आउँदासम्म यो सडक उस्तै छ । सरकार फेरिए पनि यी सडकको दयनिय अबस्थामा भने फेरबदल आउन नसकेकको प्रति नगरबासी निराश छन् । तत्कालीन जिल्ला विकास समिति, जिलला प्राविधिक कार्यालय, सहरी तथा भवन डिभिजन कार्यालय र अरु विकासे कार्यालयमा जागिर गर्ने स्थानीय कर्मचारीले नयाँ सडक खोलेर आफ्नो घरसम्म कालोपत्र गरे तर धेरै पुरानो (मूलबाटा) सडकलाई उपेक्षा गरेका कारण बाह्रै महिना हिलाम्य हुने गरेको स्थानीय कार्मा लामाले बताए ।

यो टोल बस्तीमा जनजाति र अन्य नगर क्षेत्रभन्दा बाहिर गाउँपालिकाबाट आएर बसेका नागरिकको बस्ती भएकाले पनि बेवास्था गरिएको उनको गुनासो छ । नगरपालिकाले विकासमा पनि उपेक्षा गर्यो, अर्का स्थानीय टोमा तामाङले भनिन, तत्तकालि विकासे कार्यालयमा काम गर्ने कर्मचारीहरुका कारण दशौको सम्म पनि सडकको अबस्था उस्तै भएको बताईन । स्कुलका बालबालिका पानीको खाल्डोमा पर्दछन, भने बाईक दुर्घटना धेरै हुने गरेको छ ।

सडक बारे यसो भन्छन् जनप्रतिनिधि
चन्दननाथ नगरपालिका–६ का वडाध्यक्ष अजबहादुर रावलका अनुसार अझै आउने आर्थिक वर्षमा हुलाक हुदै बसपार्क जाने सकर सुधार हुन सक्ने बताउँछन् । उनको अभिव्यक्ति हेर्दा त आउने आर्थिक वर्ष भन्दा पनि उनको कार्यकाल भरीनै सडक बन्ने अबस्था देखिदैन । स्थानीय सरकारको आएको दुई वर्षमा धेरै ठाँउ्मा नयाँ सडक निर्माण भएका यसलाई किन नसुधारेको ? भन्ने प्रश्नमा विकास जादुको छडी होईन विस्तारै हुन्छ, भन्दै टार्ने गरेका छन् ।

यता नगरपालिकाकी उपमेयर अप्सरादेवि महतका अनुसार भने, वडास्तरका बजेटमै ती सडक नपरेकोले निर्माण तथा सुधार हुन नसकेको बताउँछन् । यसैबाट पनि आबश्यकतामा आधारित योजना छनौट हुन्छन् वा हुदैनन् भन्ने स्पष्ट हुन्छ । गाडीनै नजाने गाउँमा सडक निर्माण गर्ने तर नगरभित्रका सडकहरुलाई बेवास्ता गर्ने विकास पद्धतीको अन्त्य गर्नुमा जुम्लाबासीले जोड दिएका छन् । दैनिक आवतजावनमा नागरिक लाई हुने सास्ती सधै पाँच मिनेटको बाटोमा पनि गाडीमा चढेर सवार गर्ने जनप्रतिनिधले बुझ्ने स्थितीनै छैन् ।

तपाईको प्रतिक्रिया