नेपाल मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न


जुम्ला ः नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अर्धवार्षिक पुर्व समीक्षा कार्यक्रम असार ९ गते जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ । संकलित घटना माथि छलफल गरी छुटेका घटना समाबेश गर्ने र अपुर्ण अपुष्ट, त्रृटिपुर्ण घटनालाई थप पुष्टी गर्ने उद्देश्यले अर्धबार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरिएको हो ।
समिक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्ठले जिल्ला मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना दस्तावेजीकरण गर्ने काम वर्ष पुस्तकले गरेको बताए । उनले भने पीडक दण्डित र पीडितलाई न्यायदिनका राज्य लागी परेका छ । यहाँको शान्ति सुरक्षा सामान्य रहेको छ ।
प्रहरी नायव उपरिक्षक सिताराम रिजालले राज्य पुर्नसंरचना भएर स्थानीय तहमा न्यायीयक समितिको व्यवस्थापन गरिएको छ तर आम नागरिक न्यायका लागि प्रहरीमा आउने गरेको बताए । उनले भने सामान्य झैगडाका मुद्दा स्थानीय तहका न्यायीक समितिमा दर्ता हुनुपर्ने अहिलेको राज्य व्यवस्था छ । स्थानीय तहका न्यायीयक समितिका क्षेत्राधिकार भित्र पर्ने घटनालाई न्यायीय समितिमै दर्ता हुने खालको वातावरण हामी सवैले सिर्जना गर्नुपर्ने आवश्यक रहेको छ । जुम्लामा घटना महिला तथा घरेलु हिंसाका घटना कानुनी कारवाहीको दायरामा रहेको उनको भनाई छ ।
नेपाल मजदुर किसान पार्टी जुम्लाका अध्यक्ष शिवलाल डागीका अनुसार सामाजिक तथा सास्कृतिक घटनाहरु पनि संकलन हुनुपर्ने बताए । उनले अहिलेका स्थानीय तहका जनप्रतिनिधिहरुले नागरिकको मतको उपेक्षा गरेको टिप्पणी गरे । जनप्रतिनिधिहरुबाट उपभोक्ता समितिका पदाधिकारी ठगिएका छन् । कमिसन नपाएपछि हातपात पनि गर्ने गरेको उनको भनाई छ । विकास निर्माणका काम समयमा सम्पन्न नहुने र जिल्लामा आएको बजेट फ्रिज जाने गरेको छ ।
स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि समेत अभाब भएका कुरा संञ्चार माध्याममा आउने गरेकाले यस्ता प्रकार कुरालाई पनि यस बर्षपुस्तकमा समावेश हुनुपर्ने अध्यक्ष डाँगीको भनाई छ ।
जुम्ला इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले सन् २०१९ जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलन गरिएका १४ ओटा घटना अर्धबार्षिक पूर्व समिक्षा कार्यक्रमा प्रस्तुत गरेका थिए ।
घटनामध्ये गिरफ्तारी १ ओटा, बालविवाह २ ओटा, बलात्कार तथा यौन दुर्व्यवहार ३ ओटा, घरेलु हिंसा ४ ओटा, बहुविवाह २ ओटा, परिवारजनबाट हत्या १ ओटा र मजदुरले ज्याला नपाएको १ ओटा घटना रहेका छन् । समिक्षा कार्यक्रममा प्रहरी प्रशासन, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, महिला अधिकार कर्मी नागरिक समाज पत्रकारहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया