जुम्लामा लागुपर्दाथ दुव्र्यसनी डरलाग्दो गरी बढ्दै


हस्त बुढा,
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले लागुपर्दाथको दुव्र्यसनीबाट टाढै रहन युवाहरुलाई सुझाब दिएकी छन् । समयको विकास संगै युवा पुस्ताहरु गलत काम तिर बढि लागिरहेको उल्लेख गरिन । विभिन्न ठाउँमा लागुपर्दाथको लतबाट मानविय क्षति भएको कुरा बताउदै, प्रजिअ बञ्जाडेले गलत साथीको संगत नगर्न र यस्ता कुलतबाट टाढै रहन सुझाब दिएकी हुन् ।

अहिलेका युवा युवती लागुप्रदार्थ दुव्र्यसनीको असरले एच आई भि एडसको संक्रमरण हुन सक्ने खतरा रहेको छ । चेतनाको अभाव धार्मिक कारणले पनि यसमा युवा पुस्ता फस्दै गएको उनका दाबी छ । भने, बेरोजगारीका कारण पनि कुलतमा फस्ने युवाहरु बढ्दै गएको बताईन् । यसको न्युनिकरणका लागि प्रहरी,प्रशासन,मानव अधिकार आयोग, लगायत आम नागरिक सक्रिय भएर लाग्नुको विकल्प नरहेको उल्लेख गरिन । साथै डिएसपी सिताराम रिजालले जुम्ला लागु पर्दाथ दुव्र्यसनीको उच्च जोखिममा रहेको बताए ।

जुम्लामा फाईने चरेश र गाँजा बाहेक ब्राउन सुगर, अफिम, जस्ता घातक लागुपर्दाथ प्रयोग बढ्दै गएको जानकारी दिए । उनले जुम्लामा लागु पर्दाथ प्रयोग गरिरहेका पाँच गुरुपलाई एकैसाथ पक्राउ गरेको समेत बताए । भने, पछिल्लो समय लागुपर्दाथको प्रयोगले नेपालका अधिकांश युवाहरु बिग्री सकेको दाबी गरे । जुम्लामा विभिन्न खाले चेतनाका कार्यक्रम नगरेको खण्डमा विकराल रुप लिने समेत अवगत गराए ।

यसमा एक्ल्े प्रहरीले मात्र केहि गर्न नसक्ने भन्दै, सबैले जिम्मेवार नागरिकका रुपमा प्रहरी प्रशासनलाई सूचना दिन समेत अपिल गरे । विद्यालय स्तरबाटै लागुपर्दाथका बेफाईदा, कानुनी सजाय, यसले स्वास्थ्य तथा भविष्यमा पार्ने असरका बारेमा सिकाउनुपर्नेमा जोड दिए । त्यस्तै राष्ट्यि मानव अधिकार आयोगका प्रमुख रमेश कुमार थापाले लागु पर्दाथ मानव अधिकार संग जोडिएको विषय भएको भन्दै प्रस्तुतीकरण गरेका थिए ।

उनले पारिवारिक, सामाजिक आर्थिक हिसाबले कुलतमा पसेका युवालाई कसैले पनि अमानविय व्यवहार गर्न नहुने बताए । अधिंकाश समुदायमा होच्याएर बोल्ने, समान नदिने लगायतका कारणले पनि डिप्रेशसनमा बढि आत्महत्या जस्ता कार्यमा संगल्न हुने उनको भनाई छ । त्यसैले परामर्श, उनीको चाहाना अनुसारको व्यवहार गरी मानवअधिकार संरक्षणमा जोडदिनुपर्ने सुझाब दिए ।

नगरबालसंजालका अध्यक्ष तथा युनिसेफका लागि नेपाली बाल राजदुत ईश्वर खत्रीले युवा पुस्ताहरुमा बढ्दै गएको कुलत रोकथामका लागि कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार चन्दननाथ बाल संजालको आयोजना र यूनिसेफको सहयोगमा बुधबार जुम्लामा लागुप्रदार्थ दुव्र्यसनी तथा एच आई भि एडसका साथै मानव अधिकार सम्बन्धि १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्लाभरीकै विद्यालयमा यस्तै सचेतना फैलाउने तयारीमा छौ ।

राजदुुत खत्रीले भने, तर सरोकारवालाहरु बाट प्रयाप्त सहयोग नपाउँदा काम गर्न निकै अप्ठयरो भएको दुखेसो गरे । लागु पर्दाथ दुव्र्यसनी न्यनिकरण निकै चुनौतीपुर्ण बन्दै गएको बेला चेतना फैलाउने कार्यमा पनि सोचेजस्तो सहयोग नपाएको सरोकारवाला प्रति उनले गुनासो गरेका छन् । प्रतिष्ठानमा अध्यायनरत सयौ विद्यार्थी, प्रोफेसर तथा जिल्ला स्थित सरोकारवालाको सहभागितामा लागु पर्दाथ दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम जुम्लामा सकिएको छ ।

तपाईको प्रतिक्रिया