राँसामा कुष्टरोगको उच्च जोखिम, पहिलो पटक दुर्गममा स्वास्थ्य शिविर सञ्चालन


सागर परियार,

तिला गाउँपालिका ८,९ वडा जुम्लाकै सबैभन्दा दुर्गम भौगोलिक विकटताले पछि परेको ठाउँ हो । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकताका न्युनतम सेवा पनि पाउन मुस्किल छ त्यहाका नागरिकलाई ।  तर स्थानीय सरकार आईसकेपछि पहिलो पटक तिलाको ८,९ रासा मालपानी, खोप्री र ढिपु गाउँलाई लक्षित गरि स्वास्थ्य शिविर संचालन गरिएको छ । कुष्टरोग पत्ता लगाउन चर्मरोग स्वास्थ्य शिविर तिलाको स्वास्थ्य शाखाले दुर्गममा पुगेर संचालन गरेको छ ।

स्वास्थ्य शाखा संयोजक जगदिश नेपालीका अनुसार राँसा मालापानी गाउँका दुईजना व्यत्ति लाई कुष्टरोग भएको पाईएको थियो । आर्थिक हिसाबले विपन्न, सदरमुकाम आएर उपचार गराउन सडकको सहज पहुँच नभएको कारणले गर्दा विगतमा भएको संकास्पद हिसाबले कुष्टरोग पत्ता लगाउन शिविर चलाएको उल्लेख गरे । असार २५ गते राँसा स्वास्थ्य चौकीमा संचालन गरिएको १ दिने शिविरमा झण्डै एक सय ३५ जनाको स्वास्थ्य चेकजाँच गरिएको स्वास्थ्य संयोजक नेपालीले बताए ।

उनका अनुसार ७८ जना महिला र ५७ जना पुरुषलाई चेकजाँच गरिएको एकजना कुष्टरोगी पत्ता लागेका छन् । नाम परिवर्तित ९ब्० नामका एक जना महिलालाई कुष्ट रोग भेटिएको कुष्टरोग बिशषज्ञ धन बहादुर बुढाले बताए । उनका अनुसार रोगीलाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ ।

यो संगै रासा मापापानीमा ३ जना कुष्टरोगी छन् । भने कुष्ट रोगले दुर्गम बस्तीहरुनै जोखिममा रहेको बुढाले उल्लेख गरे । दुर्गममा सधै काम गर्ने, खानपान, सरसफाईमा ध्यान नदिएकै कारण यस्तो समस्या हुन्छ । विशषज्ञ बुढाले भने, दुर्गम बस्ती कुष्टरोगको जोमिखममा छन् । पटक पटक उपचार देखि दुर्गम गाउँमा स्वास्थ्य शिविर संचालन गर्नु पर्नेमा जोड दिए ।

अलि संकेत देखिएका लाई केहि समयका लागि औषाधी समेत दिईएको छ । भने गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले यस्ता रोग न्युनिकरणका लागि शिविर संचालनमा जोड दिनुपर्ने बताईन् । आगामी बजेटमा तिलाले स्वास्थ्यलाई विशेष प्रथामिकता दिईएको समेत उल्लेख गरिन ।

गाउँमै पहिलो पटक स्वास्थ्य चेकजाँच गराउन पाउँदा राँसा, मालापानी, खोप्री र ढिपुका सयौ स्थानीय खुसी थिए । तर कुष्टरोग पत्ता लागेको कुरा भने आम गाउँले बीच गोप्य राखिएको छ । थप उपचार गर्न मात्रै सुर्खेत जानू पर्ने छ भनिएको छ । बेला बेला यस्तै शिविर संचालन गरि नागरिकलाई सेवा दिईन तिला सरकार तयार रहेको उपाध्यक्ष बुढाको भनाई छ । स्वास्थ्य शिविर देखि जटिल खालका रोग पत्ता लगाउने शिविर संचालनमा जोड दिईने स्वास्थ्य शाखाले समेत प्रतिबदता गरेको छ । कुष्ट रोग मात्र नभई विभिन्न खाले समस्या समधानका लागि गाउघर क्विलिन संचालनमा पनि जोड दिईने छ ।

तपाईको प्रतिक्रिया