तातोपानीमा पहिलो पटक साहित्य सम्मान(तस्बिरहरु)


सागर परियार
तातोपानी गाउँपालिकाले जुम्लामै पहिलो नमुनाका रुपमा कला सांस्कृतिमा कलम चलाउदै आएका गाउँपालिका भित्रका लेखक  साहित्यकारलाई सम्मान गरेको छ । २०६ औ भानु जयन्तीको अबसरमा गाउँपालिका झण्डै आठ जना लेखक साहित्यकारलाई सम्मान गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्रराज गिरीले बताए ।

उनका अनुसार तातोपानीका पुर्व प्रमुख प्रशासकिय अधिकृत तथा लेखक साहित्य खडानन्द चौलागाई, प्रकाशचन्द्र खत्री, हरिबाबु चौलागाई, लाल प्रसाद चौलागाई, खड्क बहादुर स्वार, राज बहादुर कुँवर र शुभाकर विश्वकर्मा गरी ८ जना साहित्यकार लेखकलाई सम्मान गरिएको हो । लेखमा अझै प्रभावकारीता आवस, उर्जा मिलोस भन्ने सोचका साथ लेखकलाई प्रोत्साहनका लागि ढाका टोपी तथा दोसल्ला सहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए ।

उनका अनुसार कविता, कथा लेखनमा अझै प्रभावकारी गर्न सुझाब दिए । गाउँपालिकाको शिक्षा शाखाले पहिलो पटक जुम्लामै नमुना कामको थालनी गरेको उनको भनाई छ । भने गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्यायले विद्यागत सम्मानका लागि पनि यस्ता कार्यक्रम आबश्यक रहेको बताईन ।

भने प्रमख प्रशासकिय अधिकृत नेत्रराज गिरीले आगामी आवमा पनि पत्रकार साहित्यकार सम्मानका कार्यक्रालाई अघि बढाईने बताए । आईतबारकै दिन साहित्यकार सम्मानका साथै, २०६ औ भानु जयन्तीको अबसरमा तातोपानी गाउँपालिका मावि स्तरीय कविता प्रतियोगिता गरिएको थियो । जसमा हिम शिखर माविकी छात्रा धनलक्ष्मी बुढा प्रथम भएकी छन् ।

भने नेत्रज्योती हाँकुका छात्र जीवराज उपाध्याय द्धितिय र दुुर्गा माविकी छात्रा रविना हमाल तृतिय भएकी छन् । उक्त कार्यक्रममा लेखक साहित्यकार खडानन्द चौलगाईले आफ्ना सृजना सुनाएका थिए । उनले मझेरीबाट हेर्दा कर्णाली लगायत दर्जनौ किताब लेखेका छन् । भने अब तातोपानी गाउँपालिकाले कला साहित्यको संरक्षण तथा संर्बधनमा जोड दिनुपर्नेमा माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया