कर्णालीका गाउँघरमा घन्कीनै छोढे ‘मागल’


सागर परियार,

छोरो हुदा, विबाह हुदा, रोपाई चोपाई गर्दा मागल पञ्चेबाजाको समधुर धुुन बज्ने घरमा हिजो आज ठुलो स्वरमा रयाप, पप, गितको स्पिकर घन्कीन्छ, डिजे मात्रै बज्छन् कसरी कर्णालीको परम्परागत मागल संरक्षण हुन्छ भन्दै संस्कृत विद रमान्नद आर्चायले चिन्ता व्यत्त गरे ।

पहिला पहिला बैशाख, जेठ, असार र मंसिर लाग्दा कर्णाली गाउँबस्ती मागलमय हुन्थे । विशेषगरि बैशाख मंसिरमा छोरा हुँदा, विबाह वर्तबन्ध्र गर्दा मागल भन्थे । भने जेठ असारमा धान रोप्दा, चोपाई गर्दा खेतमा पन्चेबाजा र मागलको तालले पूरा धान रोप्ने ज्युलोनै गुन्जिन्थ्यो । त्यस्तै, वर्षमा चार पटक कर्णालीका मठ मन्दिरमा पुजा हुने बैशाख पुर्णिमा, साउन पुर्णिमा, कार्तिक पुर्णिमा र माघ पुर्णिमामा मागल बिना देवता चल्दैन थे ।पूरा शुरुहुनु पहिले मागल अनिवार्य हुन्थ्यो ।

कोहि दुर्घटनाबाट बच्दा, नाम निकाल्दा आर्शिबाद स्वरुप पनि मागलनै भिन्थ्यो । अझ कर्णालीमा ठुला ठुला नेताहरु जादा शुरुमा मागल र पन्चेबाजाबाटै स्वागत सत्कार गरिन्थ्यो । विभिन्न अबसरमा गाईने मागलको महत्व तथा आबश्कयता विशेषता आफ्नै छ । तर विडम्बना समयको विकास भनौ या, पुरानो पुराना मान्छेबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नभएको हो ।

या पश्चिमी सांसकृति हाबी भएको हो । कर्णालीमा मागलका मंगल धुन सुन्न हिजो आज निकै मुस्किल भैसकेको छ । मागल गाउने लाईलाई ९मुग्लेरी० भनिन्छ । यी महिला प्राय अरु भन्दा पाको उमेरका हुन्छन् । छोरा हुदा, विबाह हुदा, देवता पुज्दा, नेता आउँदा, तिर्थ जादा लगायत कर्णााली विभिन्न परम्परामा बज्ने बाजा अनुसार मागल गाउँछन् ।

अचम्मको कुरा त यो छ कि, मुग्लेरीले कस्तो बज्यो भनेर उस्तै मागल भन्छन् । जो अरुलाई थाहा हुदैन् । मुग्लेरी तातोपानी २ कि लालकली दमाईले भनिन, गाउँदा बढिमा चार नत्र दुईजना हुनुपर्छ । सबैभन्दा मागल जानेको ले उठान गरेपछि वोरिपोरिका स्वर ताल मिलाउनु पर्दछ । मागल भन्नु पहिले ९कलश० सिगार्नु पर्छ । पन्चेबाजा बजाएर सकिएपनि, मागलर सनहिको धुन केहिबेर सम्म हुन्छ उनले भनिज ।

तर के बाबू, हामीले आफ्नी आमाको साथमा गएर निकै चासो दिएर सिकेका हौ । सिंजा १ कि बाचु शाहिले भनिन, अहिलेका महिला त सिक्न त के सुन्न पनि चाहादैनन् । मागल लोपउन्मुख हुदैजानुमा धेरै कारणहरु छन् । देवता पुज्दा मागल नभनेसम्म झात्रीलाई देवता पनि चढ्दैन । मागल गाउँदा हातमा चादीका बाला, ठेटुकाको (गामन) धोतिचोलो, पोते, पाते मुन्ना लगायतको पहिरन लगाईन्छ । मागल संगै यसका पहिरन पनि हराईसकेका छन् ।

नयाँ पुस्ताले चासो नदिनु
हरेक कुरालाई दिगोपन हुनका लागि पुस्तान्तरणम हुन जरुरी छ । कुनै कुरा सिक्ने सिकाउने बीचको ईच्छा र चाहाना कर्तव्य हुनुपर्दछ । तर कर्णाालीका विभिन्न परम्परागत कुरा संरक्षणमा नयाँ पुस्ताले चासो नदिएकै कारण लोपउन्मुख बनेको संस्कृत विद रमानन्द आर्चायले बताए । उनले भने, समय फेरिएपनि कर्णालीका चालचलन रितिरवाज फेरिएका छैनन् ।

कर्णालीमा मनाईने पर्वहरुमध्य ८० प्रतिशत पर्वहरु मागल र पन्चेबाजा संग आधारित छन् । पन्चेबाजा बजाउने समुदायहरुको ईच्छा शत्ति घटेसंगै मागल सस्कृती लोप हुँदै गएको आर्चायको भनाई छ । मुख्य चुनौती भनेको अहिलेका पुस्ताले मागल जोडा चुटकिला, पन्चेबाजा बजाउन सिक्न चासो नदिने भएकै कारण कर्णाालीमा परम्परागत सस्कृतीहरु हराउदै जान थालेको सस्कृत विद आर्चायले चिन्ता व्यत्त गरे ।

नयाँ पुस्ताले सिक्न नखोज्नु, भागेर मन्दिरमा बिवाह गर्नेको संख्यामा बृदि हुनु, छोरो हुदा अनिवार्य ९रतेउडी० देउडा खेल्ने चलन हट्नु,असारे भाका(मागल) गाउन छोड्नु, संरक्षण प्रर्बधनका लागि पहल कदमी नहुनु लगायत विभिन्न कारणले कर्णालीमा पछिल्लो समय मागल हराउदै गएको रमानन्द आर्चायले बताए । मागल पन्चेबाजाले कर्णालीको पहिचान विश्वमा कायम गर्न सक्ने क्षामता छ । छोरो हुदा, विबाह हुदा, रोपाई चोपाई गर्दा मागल बज्ने घरमा हिजो आज ठुलो स्वरमा रयाप, पप, गितको स्पिकर घन्कीन्छ, डिजे मात्रै बज्छन् कसरी कर्णालीको परम्परागत मागल संरक्षण हुन्छ भन्दै आर्चायले चिन्ता व्यत्त गरे ।

उनले पुराना परम्परा, संस्कृती जोगाउन खसिया आखर शब्दकोष विगत वर्षौदेखि लेख्दै आएका छन् । शब्दकोषबाटै भएपनि कर्णालीको भाषा, सांसकृती चालचल बचाउने लक्ष्य उनको छ । तर जु्म्लामा रहेका आठै स्थानीय तहले पन्चेबाजा संगै मागल सरंक्षणमा जोड दिन उनको माग छ । मागल संगै कर्णालीमा गाईने झोडा चुट्किला पनि हराउन थालिसकेका छन् ।

परम्परा संरक्षणमा स्थानीयतह
अपेक्षित रुपमा पुरानो अबस्था अनुसार विभिन्न परम्पराको संरक्षण हुन नसकेपनि स्थानीय तहहरुले सरंक्षण प्रर्बदमा चासो देखाएकै छन् । तर आम नागरिकहरुमा परम्परागत संस्कृति जोगाउने जिम्मेवारी हाम्रै हो भन्ने बोध गराउन भने कसैले सकेका छैनन् । जुम्लाका हरेक गाउँमा मागल भन्ने महिलाको समूह छ । उनीहरुलाई सम्मान, प्रोत्साहन गर्ने हो भने अरु सिक्न चासो दिन सक्छन् ।

यस्ता कार्यत्रम तर्फ स्थानीय सरकारको ध्यान केन्द्रित हुनुपर्ने सिंजाका पुर्णप्रसाद धितालले सुझाव दिए । यता सिंजा गाउँपालिकाले भने कुनै पनि कार्यत्रममा मागल ल्याएर आउने महिलालाई पाँच हजार पुस्कार दिने व्यवस्था गरेको । गाउँपालिका अध्यक्ष देवलसिंह रावल जहाँ कार्यत्रममा जान्छन, मुग्लेरीहरुलाई पाँच दिने गरेका छन । सिंजामा बन्दै गरेको खष संग्रहालय हेर्न आउने पर्यटकहरुलाई मागल र पन्चेबाजाबाटै स्वागत गर्ने लक्ष्य राखिएको छ ।

यसरीनै मागल संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ । तातोपानी गाउँपालिका पन्चेबाजा संरक्षण कार्यविधि २०७५ नै जारी गरेको छ । अब मागल संरक्षणका लागि पनि नितिगत व्यवस्था गरि संरक्षणमा जुट्ने तातोपानीका अध्यक्ष नवराज न्यौपानले बताए । उनकाअनुसार विभिन्न परक्परा जोगाउन सिपहस्तारण कार्यत्रमलाई जोड दिईने उल्लेख गरे ।

जुम्लाका आठै स्थानीय तहका जनप्रतिनिधिलेहरु बसी यहाँका सम्पुर्ण परम्परागत संस्कृति जोगाउन संयुत्त कोष खडा गर्नु पर्ने जिससका प्रमुख लाल बहादुर सार्किले बताए । परम्परा जोगाउने जिम्मेवारी हरेक नागरिकको जिम्मेवारी हामी सबैको पहिचान हो भन्ने कुरा सबैलाई सचेत गराउनु पर्ने उनको भनाई छ । सिपहस्तान्तरणका कार्यत्रमलाई प्रथािकता दिन उनले सुझाब दिए ।

तपाईको प्रतिक्रिया