पुलबाट खसेर किशोरीको मृत्यु


जुम्लामा एक किशोरीको पुलबाट खसेर मृत्यु भएको छ । जिल्लाको पुर्वमा पातारासि गाउँपालिका वडा नम्वर ४ घर भएकि वर्ष १९ कि अनरुपा बुढाको जुवा नदीमा पुलबाट खेसर मुत्यु भएको हो । शुक्रबार घर बाट लासी बजार जाने क्रममा पुलबाट चिप्लीएर बुढाको मृत्यु भएको प्रहरी चौकि डिल्लीचौरले जानकारि दिएको छ ।

मृत्तक बुढा घरका लागि केहि सामान किन्न भनेर शुक्रबार विहान ८ बजे घरबाट निस्कीएको र आउदै गर्दा पानी परेको चिप्लो काठेपुलबाट खसेर मृत्यु भएको डिल्लीचौर प्रहरी चौकी ईन्चार्ज कृष्ण शाहले बताए । उनका अनुसार पातारासी ४ को लाम्री गाउँ जुवा नदिमा पुलबाट खसी झण्डै एक किलो मिटर तल ग्यामिनमा अल्झिएकि थिईन । लामो समय सम्म घरनफर्किएपछि खोजतलास गर्दा नदी किनारको ग्यामिनमा अल्झिरहेको अस्थामा भेटिएको प्रहरीको भनाई छ ।

भने, प्रहरी र स्थानीयको सहयोग बाट उद्धार गरि डिल्लीचौर स्वास्थ्य चौकि मा उपचारको क्रममा मृत्यु भएको चौकि ईन्चार्ज शाहले जानकारी दिए । मृतक बुढा क्षारे रोग बाट ग्रसित भएको तर पुल चिप्लीएरै ज्यान गएको हुन सक्न परिवारको भनाईलाई लाई उद्धृत गर्दै प्रहरिले जानकारि दिएको छ । मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पोष्टमार्टमको भईसकेको छ ।

जुम्लाका अधिंकाश खोलामा निर्माण गरिएका काठेपुलमा वरिपोरि घेराबार नहुँदा वर्षातका कारण चिप्लीने डर छ । सक्भर त्यस्ता जोखिम पुलहरुबाट यात्रा नगर्न समेच सुझाब दिइएको छ । तातोपानी ४ हाँकुमा तत्तकालका लागि निर्माण गरिएको काठेपुलमा पनि घेराबार नहुँदा जोखिम मोल्दै स्थानीयले यात्रा गरिरहेका छन् ।

 

सागर परियार

तपाईको प्रतिक्रिया