१० बजेपछि देउसी भैलो नखेल्न प्रशासनको निर्देशन


जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले दिपावलीमा अनुचित क्रियाकलाप र राति १० बजेपछि देउसी भैलो नखेल्न निर्देशन दिएको छ । प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयले तिहारमा लागु औषध र मदिरा सेवनका कारण हुन सक्ने घटनालाई मध्य नजर गर्दै मर्यादित बनाउन निर्देशन गरेको हो ।
तिहारमा शान्तिपूर्ण, अपराधरहित, आगलागी, जनधनको क्षति राेक्ने गरी विष्फोटक तथा पटका पड्काउन राेक लगाइएकाे छ । ‘तिहारलाई भड्किलो बनाउन दिइने छैन, देउसी भैलो जस्ता मनोरञ्जनात्मक कार्यक्रम अनुशासित, मर्यादित र सभ्य रुपमा मनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।

यस्तै कसैले अनूचित फाइदाका लागि गर्ने काम गरे कानुनअनुसार कारवाही हुने विज्ञप्तिमा जनाइएको छ । शान्तिपूर्ण रुपमा तिहार मनाउनका लागि जुम्लाबासीलाई सचेत तथा निगरानी गर्न प्रहरी चौकीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन् ।

तपाईको प्रतिक्रिया