बजेट बालुवामा पानी ः जुम्लाका होमस्टेमा बस्दैनन् पर्यटक


सागर परियार


जुम्लाको तातोपानी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र । जहाँ दैनिक सयौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक जान्छन् । तर त्यहि तातोपानीमा स्थापना गरिएको अर्गानिक होमस्टेमा एक पनि पर्यटक बस्दैनन् । गएको हप्ता सिकिमबाट एक टोली होमस्टे खोज्दै तातोपानी पुग्यो । नुहाएर होमस्टेमा बस्ने सोच गरेका पर्यटकहरुले होमस्टे संचालन समितिका सदस्य मुन बहादुर डाँगीलाई भेटे । हामी होटलमा बस्दैनौ होमस्टे चाहियो भन्दा स्वयम डाँगीले व्यवस्थापन राम्रो छैन् भन्दै पर्यकटलाई सदरमुकाम पठाए ।

त्यस्तै गएकै हप्ता पर्यटन मन्त्रालयका सचिव शेर बहादुर श्रेष्ठ सहितको टोली जुम्लाका होमस्टे अनुमगनमा तातोपानी होमस्टे पुगे । तातोपानीमा सयौ पर्यटक आउने, तर होमस्टे खाली रहनुको पछाडी व्यवस्थापन कमजोर भएको देखियो । श्रेष्ठले व्यवस्थापन पक्षबाट सन्तुष्ट नभएको उल्लेख गरे । दैनिक आन्तरिक बाह्य पर्यटकको घुईचो हुने ठाउँकै होमस्टेमा त पर्यटक बस्ने वाताबरण छैन् भन्ने अन्त कस्तो होला भन्दै सुधार नगरे कुनै बजेट नदिने बताए । चालु आवको हाल सम्म तातोपानीमा करिब ५ हजार बढि पर्यटक आएको तथ्यांक छ । तर होमस्टेमा शुन्य रहेको छ । उदाहरणका रुपमा तातोपानी होमस्टेलाई लिएता पनि जुम्लामा संचालित पाँचवटै होमस्टेको अबस्था उस्तै छ ।

घरबास कार्यक्रम (होमस्टे) लाई प्रभावकारी संञ्चालनको भेउ नपाउँदा होमस्टे खोज्दै आएका पर्यटकहरु पनि होटलमा जान बाध्य छन् । होटल व्यवसायी नुर्वु तामाङका अनुसार होटलमा आउने सबै विदेशी पर्यटक होमस्ट कहाँ जान्छौ भन्छन्, तर लिने जस्तो होमस्टनै काहि नहँुँदा समस्या भएको बताउनछन् । आफ्नो होटलमा दैनिक १५÷२० जना विदेशी पर्यटक आउने गरेको उनको भनाई छ । सिंजा क्षेत्रको बड्की होमस्टे र कनकासुन्दरी होमस्ट,गुठिचौर चोत्रा होमस्ट, तातोपानीको एैरेनी होमस्टे र तातोपानी होमस्टे गरी पाँच होमस्टे सञ्चालन छन् । यी मध्य चोत्रा होमस्ट डोल्पा र जुम्लाको सिमनामा भएकोले पदैल यात्रा गर्ने पर्यटकहरुले एक दुई रात बिताउने गरेका छन् । अन्य चार होमस्टमा कुनै चहल पहल छैन् । जसले गर्दा होमस्टेमा आएका पाहुना पनि फकिदै जाने गरेका छन् ।

व्यवस्थापनमै मुख्य समस्या
पर्यटकलाई कसरी आकर्षण गर्ने भनेर सबै होमस्टे संचालकहरुलाई तामिल समेत दिइएको छ । भने, खानपान, मनोरञ्जन, स्वागत, घुमफिर, सरसफाई लगाायत अन्य व्यवस्थापनका लागि उपसमिति समेत गठन भएका छन् । तर उपसमितिहरुले आफ्नो जिम्मेवारी अनुसार काम नगर्दा पर्यट भित्रिन सकेका छैनन् । अझै पनि गाउँमा आएका कुनै नयाँ व्यक्ति संग कसरी व्यवहार गर्ने भन्ने विषयमा होमस्टे सञ्चालकहरुकै अन्यौल छन् ।

नागरिक समाजका अध्यक्ष राज बहादुर महतले भने, व्यवस्थापनको नाममा आआफ्नो घर मात्र सजाएर हुदैन् । पर्यटकलाई कस्तो व्यवहार गर्ने, कसरी आकर्षण गर्ने भन्न विषय जान्न जरुरी छ । ग्रामिण पर्यटक प्रर्बद्धनको एक मात्र आधार होमस्ट हो । व्यवस्थापनका लागि सबै होमस्टेमा २५ लाखका दरले प्रदेश सरकारले बजेट समेत दिएको थियो । तर कुनै ठाउँमा पनि प्रभावकारी व्यवस्थापन नहुँदा होमस्टे सञ्चालन भएको ६÷७ महिना वितिसक्दा पनि एकजना पर्यटक होमस्टेमा पुगेको रेर्कड छैन् ।

नत प्रचारप्रशार छ, नत पर्यटक आउँछन् खाली सञ्चालक समितिहरुले आफ्ना घरहरु सजाउने नाममा होमस्टे गरेका छन् । दैनिक जसो सिंजा हुदै रारा सयौ पर्यटक जान्छन्, तर एकजना पनि बड्की होमस्टे र कनकासुनदरी होमस्टेमा बस्दैनन् । एक मात्र कारण भनेकै व्यवस्थापन नहुनु हो । सफा घर आगन, विद्युत, सञ्चार, पुराशैलीका रातो सेतो माटो पोतेका घर हुनुपर्ने जस्ताले छाएका पलाष्ट गरेका घरमा होमस्टे छन् ।

होमस्टेको बजेट वालुवामा पानी
कर्णालीका धार्मिक सांस्कृति, तथा प्राकृति पर्या पर्यटनलाई प्रचार प्रशार गरी आर्थिक समृद्धी हासिल गर्ने लक्ष्यका साथ कर्णाली सरकारले होमस्टे (घरबास कार्यक्रम) सञ्चालन गर्ने लक्ष्य राख्यो । पहिलो प्रथामिकतामा सिंजा सभ्यता झल्काउन, चन्दननाथ भैरबनाथको प्रर्बद्धन गर्न जुम्लामा पाँच होमस्टे सञ्चालनका लागि बजेट दिइयो । प्रत्यक होमस्टेलाई २५ लाखका दरले एक करोड २५ लाख रुपैया होमस्टे सञ्चालनका लागि व्यवस्थापन गर्न दिइएको थियो । तर व्यवस्थापनका नाम मात्रै व्यवस्थापन गर्दाको परिणाम ६÷७ महिनामै देखिएको छ । पर्यटन व्यवसायी पदम बहमदुर महतले भने, कुनै थाहानै नपाएकाहरुले राजनीतिक आडमा होमस्टे सञ्चालन गरे ।

कसरी पर्यटक आउँछन्, नत बस्ने राम्रो नत वाताबरण राम्रो प्रदेश सरकारले आफ्ना कार्यकर्ता पाल्नका लागि होमस्टेमा करोडौ बजेट खर्च गरेको उनको आरोप छ । प्रदेशकै टोली आएर तातोपानी होमस्टे लगायत अन्य होमस्टेको व्यवस्थापन सन्तोषजन छैन् भन्नु जुम्लाकै बेईजत हो । सरकारको बजेट खर्च भएर पनि सम्भावना बोकेका ठाउँमा पर्यटक नआउनु व्यवस्थापन विडम्बना हो । यसमा सबै निकाय जुटेर पर्यटक भित्राउने वाताबरण सृजना गर्नुपर्नेमा उनको जोड छ ।

तपाईको प्रतिक्रिया