फलोअपःअनुदानका सोलार विक्री प्रकरणःगठी गरेको ३३ लाख फिर्ता गर्ने, दलित अगुवाको पहल जारी


सागर परियार


कर्णाली उज्यालो कार्यक्रम अन्तरर्गत विपन्न दलित तथा जनजातीलाई पुर्ण अनुदालनमा दिइएको सोलार सेट चर्को मुल्यमा बेचेर गठी धन्दा चलाएको विषय अहिले छताछुल्ल भएको छ । कर्णालीका सोझा दलित तथा विपन्नलाई ठगेर सोलार व्यापारीहरुले विगतदेखिनै अनुदानका सोलार बेचेर लुट्दै आएको पाइएको छ ।

निशुल्क वितरण गर्न भन् िउर्जा प्रर्बद्धन केन्द्रले जुम्लामा पठाएको दुई हजार दुई सय एक सोलार सेटलाई व्यापारी मिन बहादुर मल्लले प्रति सोलार १५ सयमा विक्री गरी करिब ३३ लाख ३ हजार ठगी गरेको कर्तुत दलित समुदायद्धारा गठित हाम्रो साझा बहुउद्देश्यीय सहकारीले बाहिर ल्यायो । नीज व्यापारीले शतप्रतिशत अनुदानका सोलारमा गठी गरेको भन्दै चन्दननाथ नगरपालिकाको न्यायीक समितिमा उजुरी गर्यौ ।

सहकारीका अध्यक्ष मनसुर सुनारले भने, त्यसपछिका विभिन्न बैठकले व्यापारी मल्ललाई ठगी गरेको ३३ लाख दलितको रुपैया फिर्ता गर्न ताकेता लगायौ । न्यायीक समितिले नगरपालिकाभित्र वितरण गरिएको एक हजार ९५ सोलारको करिब १५ लाख रुपैया तत्तकाल खातामा जम्मा गर्न निर्देशन दियो ।

तर सहकारीले भने जुम्लाका चारै स्थानीयतहका दुईहजार दलित ठगीएको भन्दै ३३ लाखनै फिर्ता गर्न आवाज उठाईराख्यौ । फलस्वरुप सहकारीकै पहलमा गुठिचौर गाउँपालिकाका एक सय ८१ ज्ना दलितको १५ सय फिर्ता गरिएको अध्यक्ष सुनाले बताए । शनिबार पत्रकार सम्मेलन मार्फत उनले पहिलो सफल्ता अनुरुप गुठिचौर ५ का दलितलाई २ लाख ७१ ह्जार गाउँमै गएर फिर्ता गरिएको हो । त्यसका साथै नगरपालिकामा विक्री गरिएको एक हजार ९५ सोलार बाट १५ लाख ठगी भएको थियो ।

न्यायीक समितिको ताकेताले हाल सम्म ७ लाख ४० हजार मात्रै जम्मा भएको छ । हाम्रो साझा बहुउद्देश्यी सहकारीको पहलमा ठगी भएको ३३ लाख मध्य १० लाख फिर्ता भएको छ । अध्यक्ष सुनारका अनुसार मिडियाकै सहयोगले गर्दा सिआरसी कम्पन्नी आफै तिर्न तयार भएको हो । यसमा मिडियाको महत्वपुर्ण भुमिका रहेको उल्लेख गरे । राष्ट्यि मिडिया मध्य कारोबार बाहेक अन्त समचार आएको थिएन, तर सिआरसी कम्पन्नीका निर्देशक भरत मल्लले कारोबार पत्रिका समेत ल्याएर यस्तो समचार आएको भन्दै नैतिकताका हिसाबले पैसा फिर्ता गर्ने बताएको अध्यक्ष सुनाले बताए ।

दलितका कुरालाई कारोबारले प्रथामिकता दिएको प्रति साझा सहकारीले सम्मान गर्ने उल्लेख गरे । अन्नतः कर्तुत स्वीकार गर्दै सोलार वितरणको जिम्मा पाएको सिआरसी कम्पन्नीले पनि दलितका रुपैया फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । जस अनुसार सोलार वितरण गरेको वडाहरुमा चेक दिएको र एकसाता भित्र पैसा हाल्ने समेत दाबी सिआरसि कम्पन्नीका निर्देशक भरत मल्लले गरेका छन् । अझै तातोपानीको ३ वडामा ७ लाख ५ हजार, तिलामा १ लाख ३५ हजार, नगरपालिकामा ७ लाख ६० हजार, गुठिचौरमा २ लाख २५ हजार गरी करिब २० लाख फिर्ता गर्न अझै बाँकी छ ।

पहिला पैसा फिर्ता गर्न अटेरी गरिरहेको, बाहना बनाईरहेको सिआरसि कम्पन्नी ठग व्यापारी मिन बहादुर मल्ल अहिले कुनैपनि हालतमा पैसा फिर्ता गर्ने बताईरहेका छन् । यता उपमेयर अप्सरा देवि न्यौपानेका अनुसार, हाम्रो साझा बहुउद्देश्यीय सहकारीले विगत ७ महिनामो लामो प्रयासपछि सबै प्रमाण जुटाएर ठग व्यापारीलाई समात्न सकिएको हो ।

सोझा दलितलाई ठगेर लाखौ कुम्ल्याउन खोजीरहेको व्यापारीलाई कुनै हालतमा नछोड्ने उनको भनाई छ । यता सहकारीका सदस्य कृष्ण सुनारका अनुसार अनुदानको सोलार विक्री भएको दलित ठगीएको घटना सहकारीले बाहिर ल्याएको हो । तर अहिले केहि विचौलियाहरुले हामीले पैसा फिर्ता गर्न लगाएको भन्दै हिडेको प्रति दुख व्यक्त गरे ।

९५ प्रतिशत सोलार बिग्रीए
कम्तीमा दुई वर्षको वारेन्टी दिइएको सोलार दुईमहिना नबित्दै ९५ प्रतिशत घरमा सोलार बिग्रीए सकेका छन् । एका तर्फ पैसा लिने अर्को तर्फ दुई महिना नबित्दै सोलार विक्रीएको प्रति स्थानीय आक्रोसित छन् । अहिले अनुदानका सोलारमा ठगीएको थाहा पाएपछि जुम्लाका दलितहरु व्यापारी मिन बहादुुर मल्ललाई गठी मुद्धा हाल्ने तयारीमा छन् ।

स्थानीय महेश नेपालीका अनुसार उनको घरमा दिएको एक महिनामा सोलार बले्न । अहिले थन्कीएको छ । पैसा फिर्ता गरेपनि जनता ठग्नेलाई कानुनी कार्बाहि गर्ने भन्र्दै ठगी मुद्धा हाल्न सबैबाट दबाब आईरहेको छ । उर्जा प्रर्बद्धन केन्द्रले पनि खिया लागेका, थन्कीएका सोलार अनुदानमा पठाएकोले चाडै विक्री जुम्लाबासीको आरोप छ ।

तपाईको प्रतिक्रिया