प्रेस संगठनको ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन


संयोजक न्यौपाने, सहसंयोजक रावल ः

जुम्ला ः प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति जुम्लाको ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । संयोजक उपेन्द्र न्यौपाने र सहसंयोजक मानदत्त रावलको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरिएको हो । सत्ताधारी पार्टी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट पूर्व प्रेस चौतारी र पूर्व प्रेस सेन्टरको एकता सहितको प्रेस संगठन नेपाल जिल्ला कार्य समिति गठन भएको हो । नेकपा जिल्ला अध्यक्ष विरबहादृर कुँवर, पूर्व राज्यमन्त्री गोमा कुँवर सहित कर्णाली प्रदेश पार्टी सदस्य तथा प्रदेश प्रेस संगठनको रोहवरमा प्रेस संगठन नेपाल जुम्लाको समिति गठन गरिएको हो ।
सदस्यहरुमा नौरते नेपाली, दिलमाया शाही, सागर परियार, अमृत बुढाथोकी मगर, गोल्डेन बुढा, दिपेन्द्र उपाध्याय, शिवानी विक, धर्मसिंह कठायत, नरेन्द्र रोकाया, शुभाकर कामी, रामप्रकाश वि.क, हस्त बुढा, नपेन्द्र थापा, धनलाल बस्नेत, साङ्मु लामा, टंकशरण आचार्य, तिर्थजंग महत, हिना श्रेष्ठ, दाना शाही, ललिजंग थापा, कल्पना रावत, जुनदेवी शाही (सुमित्रा), खगेन्द्र बहादुर मल्ल, धनकृष्ण रावल, उमेश बुढा, लिलाराज रावल, पदम रोकाया, विमला सहकारी, गिता शाही, लक्ष्मी न्यौपाने, हरिकृष्ण महत, हिरा रोकाया र जीवराज शाही रहेका छन् । यसैगरी ७ सदस्यी सचिवालय र ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको हो । सल्लाहकार समितिमा पूर्णप्रसाद चौलागाई, बरमबहादुर महत, नेत्रबहादुर शाही, गोरख थापा र रमेश आचार्य रहेका छन् । यसैगरी जिल्ला समिति र यस अघि चयन भएका प्रदेस समितिलाई वधाई तथा शुभकामना दिईएको छ ।

पूर्व राज्यमन्त्री गोमा कुँवरले मिडिया समाजको आखा भएको हुदा सकारात्मक सवालमा जोड दिन प्रेस संगठन लागि पर्ने निर्देशन दिए । जिल्ला अध्यक्ष बिरबहादुर कुँवरले मिडियाले पार्टीका पार्टी गरिव र निमुखा बर्गको प्रतिनिधित्व गर्ने भएकाले उनको आवाज मिडिया र प्रेस संगठनले उठाउने आशा गरिएको बताए । संयोजक उपेन्द्र न्यौपानेले प्रदेशमा चयन हुने जिल्ला कमिटिका सवैलाई शुभकामना दिदै कार्यकाल सफल गर्न सुझाब दिएका थिए ।
७ सदस्यीय सचिवालय कार्यसमिति ः
यसैगरी ७ सदस्यीय जिल्ला सचिवालय समिति गठन भएको सहसंयोजक मानदत्त रावले जानकारी दिनसुभयो । सचिवालयमा संयोजक न्यौपाने, सहसंयोजक रावल, नौरते नेपाली, दिलमाया शाही, सागर परियार, दिपेन्द्र उपाध्याय र धर्मसिंह कठायत रहेका छन् ।

तपाईको प्रतिक्रिया