समचार प्रभावः अनुदानका सोलारमा ठगिएको ३३ लाख फिर्ता


सागर परियार

अनुदानका सोलारमा ठगिएको ३३ लाख रकम फिर्ता भएको छ । उर्जा प्रर्बदन केन्द्रबाट पुर्ण अनुदानमा जुम्ला पठाईएका २ हजार २ सय एक थान सोलार सेट व्यापारी मीन बहादुर मल्लले प्रतिगोटा १५ सयमा बिक्रि गरि ३३ लाख तीन हजार असुलेका थिए ।

हाम्रो साझा बहुउदेश्यी सहकारीले अनुदानका सोलारबाट ३३ लाख ठगी गरेको कुर्तुत सार्वजानिक गरेको थियो । चन्दननाथ नगरपालिकाको न्यायीक सिमितमा उजुरी परेर पाँच पटक सम्म पैसा फिर्ता गर्न मानेनका थिएनन् । अन्ततस् यो विषयको चिरफार गर्न र पिडितलाई न्याय दिन स्थानीय तथा राष्टिय मिडियाले जिम्मा लिएपछि व्यापारी मल्लले विभिन्न चरणमा गरेर गठी गरेको ३३ लाख फिर्ता गरेको चन्दननाथ नगरपालिकाकी उपमेयर अप्सरा देवि महतले बताईन् ।

धैरै पटक मौखिक अनुरोध गर्दा पैसा फिर्ता गर्न अटेरी गरेका व्यापारी मल्ले विभिन्न मिडियामा निरन्तर समचार आएपछि बाध्य भएर सबै रकम फिर्ता गरेको उपमेयर न्यौपानेको भनाई छ । कर्णाली पोष्ट दैनिकले   गरेको निरन्तर फलोअपकै प्रभावले (सिआरसी) कम्पन्निलेनै व्यापारी मल्ललाई पैसा फिर्ता गर्न दबाब दिदा ३३ ला फिर्ता भएको हो । उपमेयरले भनिन, सबै रकम फिर्ता गरिसकेपछि पनि व्यापारी मल्ललाई राखेर माफि माग्न लगाईने छ ।

जुम्लाका चन्नदननाथ नगरपालिका, गुठिचौर, तातोपानी र तिला गाउँपालिकाका विभिन्न वडाबाट संकलन गरिएको लाखौ बजेट वडाकै खातामा फिर्ता गरेको छ । पहिला ढुवानी मार्फत प्रति सोलार १५ सय उठाएको जिकिर गरिरहेका व्यापारी मल्लले सबै प्रमाण जुटेर ठगी गरेको सावित भएपछि नाथिएर दुई महिनाभित्र ३३ लाख रकम फिर्ता गरेको हाम्रो साँझा बहुउदेश्यी सहकारी संस्थाका अध्यक्ष मनसुर सुनारले बताए ।

उनका अनुसार, चन्दननाथ नगरपालिकाको १५ लाख, गुठिचौर गाउँपालिकाको २ लाख ५० हजार, तातोपानी गाउँपालिकाकोे १,२,र ३ नम्बर वडामा गरी ७ लाख ५ हजार र तिला गाउँपाकिाको १ लाख ३५ हजार गरी सबै ३३ लाख फिर्ता गरिएको हो । जिल्लामा सोलारमा ठगिएको मुदा समेत पर्दा थाहा नपाएका स्थानीयले एकाएक रकम फिर्ता हुने कुराले दंग भएको तातोपानी ३ का वडाध्यक्ष डिल्ली रावलले बताए ।

जनप्रतिजिधिलाईनै झुक्याएर सिफारिस लिई १५ सय रकम उठाएका व्यापारी मल्ललाई पैसा फिर्ताका लागि चौतर्फि दबाब दिएपछि ३३ लाख फिर्ता गर्न सफल भएको रावलको भनाई छ ।

उर्जा प्रर्बदन केन्द्रबाट अनुदानमा सोलार वितरणको ठेक्का पाएको ९ सिआरसी० कम्पनीले पनि ३३ लाख ठगीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ । कम्पन्नीमा निर्देशक भरत मल्लले भने, सोलार जुम्ला पुराएर वितरण गर्न भनी ढुवानी सहितको पैसा दिदा पनि व्यापारी मीन बहादुरले कम्पन्नीकै बेईजत हुने गरि ३३ लाख गठी गरेको खुलेपछि फिर्ता गर्न दबाब दिएको उल्लेख गरे ।

विभिन्न मिडियामा समचार आईसकेपछि ९सिआरसी कम्पन्नी माथिनै नैतिक प्रश्न उठ्न थालेका थिए । तर कुनै संलग्नता नहरेको भन्दै सिआरसी कम्पन्नी पन्छीएको छ । भने व्यापारी मल्लले नियत बसनै प्रति सोलारको १५ सय उठाएको स्थानिय कृष्ण सुनारले बताए ।

कर्णाली उज्यालो कार्यक्रम अन्तरर्गत साविक कर्णालीमा अनुदानमा वितरण गर्दै आएको सोलारमा जुम्लामा मात्रै ठगि भएको हो । यता ३३ लाख रकम फिर्ता भईसकेपनि वितरण भने भएको छैन् । चारै स्थानीय तहका स्थानियको घरमा पुगेर रकम फिर्ता गरिने छ । तर रकम फिर्ता, सोलार विक्रिका बारेमा बुझ्न खोज्दा व्यापारी मल्ल फोन सुईचअफ गरेर बसेका छन् । कहिले फोन लाग्दा पनि केही बोल्न चाहादैनन् ।

तपाईको प्रतिक्रिया