सडक जोडिए संगै रैथाने बाली लोप


 रैथानेबाली लोप हुँदा किसान चिन्तीत, जोगाउने स्थानीतहका योजना मात्रै

 

 


सागर परियार÷;हस्त बुढा,

जुम्लामा उत्पादन हुँदै आएको रैथाने अन्नबाली लोपोन्मुख हुँदै गएपछि जुम्लाका किसान चिन्तीत भएका छन् । पहिला सबैका घरघरमा पाईने, चिनो कागुनो, फापर,मार्से, गहत, कालो भट्मास लगायत शरिरलाई पोषण दिने रैथाने अन्न उत्पादनै हुन छाडेपछि लोपउन्मुख भएको हो । जसले गर्दा अहिले रैथानेबालीको बीउ पनि पाउन छोडेपछि किसान चिन्तामा रहेको स्थानीय मक्करे बुढाले बताए । केही वर्ष अघि सबै खाले रैथाने अन्न बाली उत्पादन हुने उनको घरमा आजभोली आयातित खाधन्न मात्रै छ ।

‘पहिला घरमा अपुगको भएको रासन तराईबाट भेडारबाख्रा, खच्चर र घोडाबाट ल्याउने गरिन्थ्यो । तातोपानी गाउँपालिका–७ का तिलक बुढाले भने, ‘अहिले तराईको चामल नखाने घर कोही पनि बाँकी रहेनन् । आफ्नो जग्गा बाझो राखेर भएपनि विकासी चामल खाने बानी परेको छ ।
किन्न पनि सस्तो र दुःख पनि कम हुने भएपछि हाम्रा घरमै उत्पानद हुने अन्न ९खाद्यान्न० विस्तारै हराउँदै गएका हुन् । कुटेको चामल र पिसेको पिठो नै घरमा आउन थालेपछि खेतबारीमा काम गरेर स्थानीय उब्जनी खानेको संख्या हरेक वर्ष घट्दैं गएको बुढाले उल्लेख गरे ।
केही वर्षअघि विभिन्न प्रकारका रैथाने बाली पाईने रण बुढाका घरमा अहिले मुस्किलले पनि ३र४ जातको अन्न छ । बाहिरको खानेबानीले गर्दा रैथाने अन्न जोगाउनै मुस्किल परेको उनको भनाई छ । अहिले चिनो कागुनो कालामास मार्स खोजेर पनि भेटिदैन् ।

सडक सञ्जालमा जोडिएसँगै जिल्लामा आयातित बाली र खाद्य वस्तुको प्रयोग बढ्न थालेपछि जिल्लाका स्थानीय बालीहरू लोप हुँदै गएकोमा किसान चिन्तीत हुन थालेका हुन् ।
आयातित उपभोग्य वस्तु सस्तो हुने जति बेला पनि पाइने भएकोले रैथाने बालीको खेती गर्ने क्रमशः घट्दै गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख बालाराम देवकोटाले बताए ।

‘जुम्लामा उत्पादित धान, मकै, जौं, गहुँ, सिमी, भटमास, केराउ, कागुनो, चिनो र फापरजस्ता रैथाने बाली अहिले निकै लोभ हुँदै गएका छन् ।’ उनले भने, ‘बजारमा पाईने आयातित खाद्य वस्तुले कृषक अल्छी भए भने पुराना बाली बाली लोभ हुन थाले ।
हाल जुम्लाको ३९ हजार हेक्टर खेतीयोग्य जमिन मध्य २६ हजार हेक्टर जमिनमा मात्र खेती गरिएको छ । भने अझै १३ हजार हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको देवकोटाले जानकारी दिए ।

सुविधाका नाममा पछिल्लो समय स्वास्थ्यलाई नहेरी सस्तोलाई हेर्ने गरेकाले गाउँका रैथाने बाली मध्ये धेरैको बिऊ नै पाउन छाडेको जानकारी दाबी गरेका तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेको छ । बाहिरबाट आयात गरेको जङ्कफुड, चामल र मैदाले कृषि क्षेत्रमासमेत परनिर्भरता बढाएको प्रति उनले चिन्ता व्यक्त गरे ।
‘जिल्ला सडक सञ्जालको पहुँचमा पुगेर यातायातका साधन पुगेपछि त स्थानीय उत्पादन निकै कम भयो । अध्यक्ष न्यौपाने भने, ‘स्वास्थ्यका लागि फाइदाजनक र पोसिलो हाम्रो स्थानीय बालीको बिऊ जगाउनै अब मुस्किल भइसक्यो ।

जिल्लाको भूगोल र माटो सुहाउँदो जातका स्थानीय बाली लोभ हुन थालेपछि आफूले बीऊ बैंक बनाएर रैथाने बाली संरक्षणमा लगेको पञ्चदेवल बीऊ बैंकका उपाध्यक्ष हस्त दमाईले जानकारी दिए । उनका अनुसार पञ्चदेवल बीऊ बैंकले अहिले स्थानीय २५ जातका अन्न बालीको बीऊ संरक्षण गर्दै खेती गर्ने कृषकलाई हरेक वर्ष उक्त बीऊ वितरण गर्ने काम गर्दै आएको छ ।

हरेक वर्ष खेतीयोग्य जमिन बाँझो राख्ने दर बढ्दै जाने र स्थानीय बालीको बीऊसमेत लोभ हुँदैं जान थालेपछि आफूले गाउँपालिकाकै तर्फबाट रैथाने बाली संरक्षण कार्यक्रम सञ्चालन गरेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

हरेक वर्ष घुम्तिकोष मार्फत् १० जना किसानलाई रैथानै बीऊ संरक्षण गर्न र खेती गर्न अनुदान दिईदै आएको बताएका अध्यक्ष योगीले सरकारी तवरबाट सबै नलाग्ने हो भने कर्णालीको रैथाने बालीको बीऊ एकादेशको कथामा परिणत हुनेतर्फ सजग हुनुपर्नेमा जोड दिए ।कृषिका व्यवसायीक योजना बनाएर रैथाने बाली जोगाउने प्रयास गरिएको अध्यक्ष योगीले उल्लेख गरे ।

आफ्नै खेतबारीमा उत्पादन भएको परिकार स्वास्थ्यका लागि फाइदाजनक भए पनि हाम्रा बानी बजारमा पाइने जङ्कफुड र अन्य हेर्नमा आर्कषक लाग्ने परिकारतर्फ केन्द्रित भएको उल्लेख गरेका योगीले घरमै उत्पादन भएका खानेकुरा खाँदा तल पर्छौ भन्ने किसानको गलत धारणाले पनि कर्णालीका स्थानीय बाली लोभ हुनुमा भूमिका खेलेको तर्क गरे । राष्ट्रिय कृषि गणना २०६८ अनुसार जुम्लामा १७ प्रतिशत कृषक परिवार १२ महिना खान नपुग्ने सूचिमा रहेको निचोड निकालेको छ ।

तपाईको प्रतिक्रिया