“अभियानले भत्काउन नसकेको डर”


कर्णालीका जुम्ला मुगु, हुम्ला डोल्पामा छैनन् छाउगोठ,यहाँ मनको डर, त्रास भत्काउन आबश्यक छ

सागर परियार,

मध्य तथा सुदुरका जिल्लामा छाउपढी प्रथाको अन्धविश्वास धेरै ज्यान गईसकेको छ । सबैभन्दा बढि अछाम जिल्लामा छाउपढि प्रथाको भयाभव अबस्था छ । अछाम जिल्लाकै घटनालाई लिएर गृहले देशभरका छुईगोठ भत्काउन निर्देशन दिएको थियो । सोहि अनुसार देशभर अभियान संचालन भयो ।

अभियानले अन्न भन्दा सुदुर तथा कर्णालीका जिल्लामा केही परिर्वतन ल्याउने आशा समेत गरे । अभियान संचालन भएदेखि हाल सम्म कर्णालीमा करिब १४ सय र सुदुरपश्चिमा करि १ हजार ६ सय बढि छुईगोठ भत्काईएको छ । यति संख्यामा गोठ भत्काईदा प्रहरी प्रशासन र अभियान कर्तालाई महशुस भएको कुरा के हो ? भने,भौतिक संरचना भत्काउदा सलिकै छुईप्रथा उन्मुलन नहुने रैछ । हो पनि त्यहि ।

अछाममा छुईगोठ भत्काएकै भोली पल्ट जिर्ण गोठमा जोखिम मोलेर एक महिला बसिरहेको भेटियो । साथै सुर्खेतमा छुईगोठ भत्काए लत्तगै एकजनाले शौचालको माथि छानामा छुईगोठ निर्माण गरेको तस्बिर बाहिरीयो । यी प्रतिनिधि घटनाले पनि के प्रष्ट पार्छ भने साचिकै रुपमा अभियानले छुईप्रथा सम्बन्धीको अन्धविश्वास,डर संकिण सोचाईलाई भत्काउन सकेन् ।

जुम्लामा अभियान संचालन भय यता छुई मान्दैनौ भनेर प्रतिबदता लिने क्रम चलेको छ । छुईप्रथा उन्मुलनका लागि महाअभियान भनेर भव्य शुरुवात गरियो । तर हाल सम्म केके गतिविधि भए कुनै जानकारी तथ्य छैन् । सरकारी सेवा कटौती गर्छौ भन्ने डर देखाएर सिधै गोठ भत्काउदा के अभियानले सार्थकता पाउला त ? संरचना भत्काउनु जतिकै मनको डर भत्काउन सजिलो छ त ?

थोरै भएपनि परिणाम मुखि काम गर्न कस्ता कार्यक्रम आबश्यक छन् ? यो विषयमा गहन छलफल तथा बहस हुन सकेकै छैन् । गृहको निर्देशन भन्दै समुदायको आबश्यकता एक अभियानको काम अर्कै भएपछि धेरै टिकाटिप्पणी मुलक लेख स्टोरीहरु पछिल्लो समय दैनिक आउन थालेका छन् । सुधार जादुको छडी पनि हैन, समय लाग्छ । तर पनि ढिलो चाडो सुधार हुनका लागि पनि वर्तमानमा भैईरहेको गतिविधिले निर्भर गर्छ ।

मुलतः छुईगोठ भत्काएर डर,सोचाई भत्कीदै भन्ने कुरा किलियर भैसकेको छ । समुदायमा भने एकखालको अर्को डर उब्जीएको छ । गोठमा बसौ सरकारको डर,घरमा बसौ देवताको डरू झनै तनावमा महिलाहरु परेका छन् । सरकारले गोठमा बसे सबै सेवा कटौती गर्न चेतावनी दिएको छ ।

कालिकोटकी एक महिलाले भनिन, घरमा बसौ देवता रिसाउछन् भन्ने डर कायमै छ । अहिले सम्म विरामी परेका अधिकांश महिला छुईछाई गरि देवता रिसाएको र प्रजनन स्वाथ्यमा असर भएकै कारण मृ्त्युवर्ण गर्नु परेको छ । त्यसैले अब सरकारी तथा गैरसरकारी निकायले डर कसरी भत्काउन सकिन्छ भन्ने,विषयमा गम्भीर रुपमा बहस गरि योजना बद ढंगबाट कार्यक्रम चलाउनु पर्छ ।

जुम्लामा प्रतिबदता लिने काम बाहेक अरु केही भएको छैन् । यश भन्दा अगाडि प्रतिबदता धेरै नलगिएको पनि हैन । छाउगोठ मुत्त घोषणा नगरिएको पनि हैन् । तर सबेै औपचारिकतमै सिमित छन् । अगुवा महिलाहरुनै गोठमा बस्छन् । तर बाहिर देखावटी नेतृत्व भाषण भने उनिहरुनै गर्छन् । हात्तीका देखाउने दाँतू जस्तै हाम्रा अभियान, र अभियान्ताले गर्दानै छाउपढि प्रथाका क्षेत्रमा बजेट खर्च लक्ष्य अनुसार उपलब्धी गर्न नसिएको पत्रकार मोहन विक्रम शाहि बताउछन् ।

कुनै संस्थाको कार्यक्रम सकुन्जेल छाउमान्दैनौ, भन्ने संस्थाको कार्यक्रम सकिपछि फेरी उस्तै हुने समस्याले जुम्लामा विगत देखि छुईप्रथा उन्मुलनको विषय सबैको प्रथामिकतामा पर्छ । सोहि अनुसार जुम्लामा सर्वोदय नेपाल, एक्सन वक्र्स लगायत अन्य गैसस र सरकारी निकायको समन्वयमा करिब २६र२७ गाँउबस्ती छाउगोठ मुत्त घोषणा भैईसकेका छन् । यो खुसी कुरा हो ।

तर दुख कुरा के छ भने, घोषणा भैईसकेका बस्तीका महिला हरुनै महिनावारि हुँदा सिधै पुजा कोठा, भान्सामा जादैनन्। के घोषणा हुदैमा मन बदलिएको छ त ? छातिमा हात राखेर यो कुप्रथा हामीले बुझ्यौ,अरुलाई बुझाउछु भन्ने स्तर जुम्ली महिलाको छ ? जो सजिला कुरा गर्छ उसैलाई छाउप्रथा महाभारत छ । जुम्लामा छाउ गोठ छुटै हुदैनन् । भत्काउने भनेकै डर त्रास हो ।

नागरिक समाजका अध्यक्ष राज बहादुर महतले भने, सरकारी सेवा कटौती गर्छौ भनेर जति डर फैलाएर प्रतिबदता लिने, गोठ भत्काउने काम भएका छन् । तर अब प्रहरी प्रशासन, स्थानीय तहले छाउ मान्ने यति जनाको सरकारी सेवा जस्तो, बालपोषण भत्ता, बृद भत्ता, एकल महिला भत्ता रोकेको, जन्मदर्ता, नागरिकता सिफारिस लगायत अन्य काम छाउ मानेकै कारण रोकिएको तथ्यांक सहित सार्वजानिक गर्नु पर्छ ।

यो प्रहरी प्रशासन तथा स्थानीय तहलाई ठुलो चुनौती पनि हो । यसका लागि सबै निकाय कडाईका साथ अघि बढ्नु पर्छ । गाउँ गाउँमा गएर छाउ नमान्ने जोडीलाई, छुईप्रथा मान्ने परिवारका अगाडि भव्य सम्मान गर्ने, प्रोत्साहन गर्ने, स्याबासि दिने जस्ता काममा बढि जोड पनि दिनुपर्छ ।
जसले गर्दा कतिपय महिलाहरु ईर्साले छोड्न सक्छन् । यो एक विकल्प हो । यस्ता अन्य क्रेटिप महिला बुझ्ने चाडै अनुसरण गर्ने खालका कार्यक्रमहरु साविक कर्णालीमा आबश्यक छ । जसले गर्दा मनको डर थोरै भएपनि भत्कीन सक्छ ।

घर त घरै भए जुम्लाको एक विधालय यस्तो छ जहाँ शिक्षिका नै महिनावारी हुदा विधालय जादैनन् । भने छात्राहरु त झन पाइला टेक्दैनन् ।
तातोपानी गाउँपालिका ८ मा पर्ने जनजागृति मावि विधालयमा यस्तो घटना छ । त्यहाका स्थानीय बरु त्यहाबाट विधालय सार्ने तर विधालय भित्र भएका मन्दिरहरु सार्न नसकिने बताउछन् । धेरै किशोरीहरु विबाह गरेर जादा पनि बिरामि हुदा विधालयमा छुईछाई गरेकै कारण देखाएको छ । यो त्रास डरले गर्दा त्यहाका छात्राको पढाइ निकै प्रभावित भएको छ ।

भने शिक्षिका जस्तो मान्छे, जसले हरेक दिन सिकाउछन्, छुई मान्नु हुदैन, यो अन्धविश्वास हो, यसलाई अन्त्य गर्नु पर्छ भनेर भन्न शिक्षिकानै छाउपढि प्रथाको गहिरो खाडमा फसेका छन् । धेरै पटक विरामी भएर देवता देखाउदा सन्चो भएको र महिनावारी हुदा विधालय आएको गल्ती देखायो ।

जुम्लाको प्रशासनलाई ठुलो चुनौती पनि यहि हो । विभिन्न मिडियामा जनजागृती विधालयको समचार आएपछि, गृहले तत्तकाल जवाफ पठाउन प्रशासनलाई निर्देशन दियो । तर गृहको निर्देशन प्रशासनले पठाएको जवाफ, लेखिएका समचारले, अरुले दिएको दबाबले जनजागृति विधालयका शिक्षिका तथा छात्राको डर, त्रास र सोचाईलाई भत्काउन सकेन ।

तातोपानी ८ का कर्ण बुढा भन्छन, विधालयमा छुईप्रथा नमान्ने हो भने विधालय सार्नुको विकल्प छैन् । देवता रिसाउछन्, पछि भविष्यमा छोरि दुख पाउँछन् उनले सुनाए । अर्का स्थानीय लाल बहादुर बुढाका अनुसार शिक्षिका छात्राहरु भएर पनि डर मान्ने सबै अन्धविश्वास हो विधालय जानुपर्छ केही हुँदै भन्दा पनि स्वयम् शिक्षिका तथा छात्रा जान मान्दैनन् ।

अब छुईप्रथा उन्मुलनको अभियान त्यहा केन्द्रित हुने कि नाई ? विधालयमै छुईप्रथाको भुत छ भने घरमा समुदायमा महिलाको डर त्रास कति होला सजिलै अनुमान गर्न सकिन्छ । त्यसैले अब गोठ भत्काउने हैन,डर भत्काउने तर्फ लाग्नु पर्छ । स्वयम् महिला दत्त चित्त भएर छुईगोठ भत्काउन सक्रिय हुने गरि चेतना विस्तार गर्न सुझाब छ ।

यता प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार ढिलो चाडो छुईप्रथालाई न्युनिकरण गरेरै छाडिन्छ । उनले थपिन,जुम्लामा गोठ छैनन्, अब मनको डर भत्काउनु पर्ने छ । जिल्लालैभरी प्रशासनले सक्दैन, स्थानिष तह संग समन्वय गरि काम गरिने उल्लेख गरिन् । कसरी हुन्छ मनको डर भत्काउन सक्छौ त्यस तर्फ केन्द्रित भएर काम भैईरहेको बताईन ।

सबै लाई यस अभियानमा हातेमालो गर्न पनि प्रजिअ बञ्जाडेको आग्रह छ । साविकको कर्णालीमा छुटै गोठ नभएकोले सोचाई र डर भत्काए अभियानले सार्थकता पाउने आशा छ । तर भनेजितकै कुरा करे जतिकै सदियौ देखि जगडिएको छुईप्रथाको डर त्रासलाई भत्काउन सम्भव छैन् । गाउँस्तरमा चेतनामुलक कार्यक्रमलाई निरन्तरता दिईरहनु पर्छ । आज नभए भोली चेतनाको घन्टि सबैको दिमागका बज्यो भने परिवर्तन सम्भव छ ।

 

तपाईको प्रतिक्रिया