अन्‍नपूर्ण पदयात्रामा गएका चार चिनियाँ बेपत्ता


पोखरा । अन्नपूर्ण पदयात्रामा गएका चार चिनियाँ पर्यटक मनाङमा सम्पर्कविहीन भएका छन्। थोरङ भन्ज्याङ हुँदै मुस्ताङ निस्कने क्रममा उनीहरु बिहीबारदेखि परेको हिमपातका कारणसम्पर्कमा आउन नसकेको प्रहरीको भनाइ छ।

‘मनाङ निस्याङ गाउँपालिका ९ स्थित अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) चेकपोस्टमा पुस २७ गते अनुमति लिएका उनीहरु हालसम्म थोरङ भन्ज्याङ नकटेको र सम्पर्कमा नआएको खबर छ’, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० दीपक रेग्मीले भने।

हराएका ४ जनामध्ये २ महिला र २ पुरुष छन्। उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको रेग्मीले जानकारी दिए।

सम्पर्कमा आउन नसकेका चिनियाँ पर्यटकमा पासपोर्ट नम्बर ईजी ११२९६२ भएकी ह्वाङ यिविन र ईओ ५२५६४८० पासपोर्ट नम्बरकी छाथ स्याउ थिङ हुन्। यिनीहरु दुवै महिला हुन्। त्यसैगरी ईसी ३४६७१० पासपोर्ट नम्बरका मा छ्यानली र ई ६६८७००५ पासपोर्ट नम्बरका आनत चात रहेको प्रहरीले बताएको छ। अन्नपुर्ण पोष्टबाट साभार……

तपाईको प्रतिक्रिया